रौतहट । नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रले सडकबत्ती (टावर लाइट) को लाइन काटेपछि वडावासी समस्यामा परेका छन् ।
चन्द्रपुर नगरपालिकाको वडा ४, ५ र ६ मा ३७ वटा, वृन्दावनको विभिन्न वडामा १७ वटा र गुजरा नगरपालिकामा ७ वटा गरी ६१ वटा सडक बत्तीको लाइन काटिएको हो ।
लाइन काटिए पनि वडा कार्यालयले विद्युतीय मिटर जडानमा चासो दिएको छैन । चन्द्रपुर–६ का कामेश्वर चौधरीका अनुसार टावर लाइट जडान भएपछि रातिको समयमा हिँड्डुल गर्न सहज भएको थियो । टावर लाइटको उज्यालो निकै परसम्म पुग्ने हुँदा राती हिड्डुल गर्दा डर नहुने गरेको उनको भनाई छ ।
लाइन काटेसँगै स्थानीय बासिन्दा निरास बनेका छन् । टावर लाइट जडान हुँदा चोरीको घटनामा समेत कमी आएको औल्याउँदै स्थानीयले लाइन पुनः जडान गरिनुपनर्ने आग्रह गरेका छन् । करिब ११ मिटर अग्लो टावर लाइटको चारदेखि ६ वटा प्यानलसहित बालिएको सडक बत्तीको लाइन काटिएपछि सम्बन्धित वडाका वडाध्यक्षले मिटर जडान गर्न आनाकानी गरिरहेको स्थानीयको भनाइ छ ।
यता, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले नगरपालिका मातहतमा रहेका नगरपालिका कार्यालय, स्वास्थ्य संस्था, पशु तथा कृषि कार्यालय र वडा कार्यालयमा जडित मिटरको मात्र बक्यौता रकम भुक्तानी गर्ने बताए ।
नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार दसैँअघि नै जडान भएका ती बत्तीको मिटर राख्न वितरण केन्द्रले पटक–पटक आग्रह गर्दा पनि वडा अध्यक्षले वास्ता नगरेको कारण बाध्य भई लाइन काट्नुपरेको हो ।
वडा कार्यालयले मिटर लिन चाहेमा निःशुल्क उपलब्ध गराई पुनः लाइन जोडिने उनले बताए । यसअघि चन्द्रपुर नगरपालिकाले जडान गरेको सडक बत्तीको बक्यौता महसुल दुई करोड ६५ लाख रुपियाँ रहेको जानकारी दिनुहुँदै प्रमुख यादवले भुक्तानीका लागि नगरपालिकामा कैयौँ पटक पत्राचार गरेको, भेटेरै पनि नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गरेको तर पनि भुक्तानी नभएको बताए ।
प्राधिकरण चन्द्रपुर वितरण केन्द्रले चन्द्रपुर, गुजरा र बृन्दावन नगरपालिकाको सडक बत्तीको लाइन काटिदिएको हो । पालिकाका वडा अध्यक्षले बिनामिटर सडक बत्ती जडान गरेका कारण लाइन काटिएको वितरण केन्द्रले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: