Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

प्राधिकरणले काट्याे सडक बत्तीको लाइन, स्थानीय सरकारलाई छैन चासाे

खबरडबली संवाददाता

रौतहट । नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रले सडकबत्ती (टावर लाइट) को लाइन काटेपछि वडावासी समस्यामा परेका छन् । 

चन्द्रपुर नगरपालिकाको वडा ४, ५ र ६ मा ३७ वटा, वृन्दावनको विभिन्न वडामा १७ वटा र गुजरा नगरपालिकामा ७ वटा गरी ६१ वटा सडक बत्तीको लाइन काटिएको हो ।

लाइन काटिए पनि वडा कार्यालयले विद्युतीय मिटर जडानमा चासो दिएको छैन । चन्द्रपुर–६ का कामेश्वर चौधरीका अनुसार टावर लाइट जडान भएपछि रातिको समयमा हिँड्डुल गर्न सहज भएको थियो । टावर लाइटको उज्यालो निकै परसम्म पुग्ने हुँदा राती हिड्डुल गर्दा डर नहुने गरेको उनको भनाई छ । 

लाइन काटेसँगै स्थानीय बासिन्दा निरास बनेका छन् । टावर लाइट जडान हुँदा चोरीको घटनामा समेत कमी आएको औल्याउँदै स्थानीयले लाइन पुनः जडान गरिनुपनर्ने आग्रह गरेका छन् । करिब ११ मिटर अग्लो टावर लाइटको चारदेखि ६ वटा प्यानलसहित बालिएको सडक बत्तीको लाइन काटिएपछि सम्बन्धित वडाका वडाध्यक्षले मिटर जडान गर्न आनाकानी गरिरहेको स्थानीयको भनाइ छ । 

यता, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले नगरपालिका मातहतमा रहेका नगरपालिका कार्यालय, स्वास्थ्य संस्था, पशु तथा कृषि कार्यालय र वडा कार्यालयमा जडित मिटरको मात्र बक्यौता रकम भुक्तानी गर्ने बताए । 

नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार दसैँअघि नै जडान भएका ती बत्तीको मिटर राख्न वितरण केन्द्रले पटक–पटक आग्रह गर्दा पनि वडा अध्यक्षले वास्ता नगरेको कारण बाध्य भई लाइन काट्नुपरेको हो ।

वडा कार्यालयले मिटर लिन चाहेमा निःशुल्क उपलब्ध गराई पुनः लाइन जोडिने उनले बताए । यसअघि चन्द्रपुर नगरपालिकाले जडान गरेको सडक बत्तीको बक्यौता महसुल दुई करोड ६५ लाख रुपियाँ रहेको जानकारी दिनुहुँदै प्रमुख यादवले भुक्तानीका लागि नगरपालिकामा कैयौँ पटक पत्राचार गरेको, भेटेरै पनि नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग संवाद गरेको तर पनि भुक्तानी नभएको बताए ।

प्राधिकरण चन्द्रपुर वितरण केन्द्रले चन्द्रपुर, गुजरा र बृन्दावन नगरपालिकाको सडक बत्तीको लाइन काटिदिएको हो । पालिकाका वडा अध्यक्षले बिनामिटर सडक बत्ती जडान गरेका कारण लाइन काटिएको वितरण केन्द्रले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: