Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा बम पड्काईदिने देखि कर्मचारीकाे हत्या गर्नेसम्मको धम्की

बैंकद्वारा खेद प्रकट

खबरडबली संवाददाता

काठमाडौं । एकजना ऋणीले  बैंकमा बम पड्काईदिने र कर्मचारीकाे हत्या गर्ने धम्की दिएका छन् ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका एकजना ऋणीले बैंकमा बम पड्काईदिने र कर्मचारीकाे हत्या गर्ने धम्की दिएका हुन् । 

उनले बैंक  तथा बैंकका कर्मचारी माथि अपमान जनक व्यवाहार गर्दै दिएकाे धम्कीको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले खेद प्रकट गरेको छ । बैकले एक विज्ञप्ति सार्वजानीक गर्दै पछिल्ला दिनहरुमा बिभिन्न सामाजिक संजालहरुको प्रयोग गरि बैंकबाट कर्जा उपभोग गरिरहेका ऋणीले गरेको व्यवाहारको खेद गरेको हो । 

श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. तथा श्री बास्कोटा कृषी तथा पशुपालन प्रा.लि. को तर्फबाट राजेश बास्कोटाले बैंकले स्वीकृत गरेअनुसारको कर्जा चार महिना सम्म प्रवाह नगरेको, किस्ता रकम असुल्नको लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिदै आएको अनुदान रकमबाट बन्चित गरिएको, बैंकले ब्यवसायनै बन्द गराएको जस्ता आरोपलाई बैंकले गलतत भएको बताएको छ ।

बैंकद्धारा जारी विज्ञप्तिमा बास्कोटाले आफूलाई आत्मदाह गर्न बाध्य बनाईएको भनी बैंक बिरुद्व प्रचारबाजी गर्दै आएको र बैंकका कर्मचारीहरुलाई मानसिक यातना दिने, बैंकको कर्मचारीको घरमानै गई अपहरणको शैलीमा उठाएर लग्ने, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काईदिने जस्ता धम्की दिने गरेको भनिएको छ ।

विज्ञप्तिमा बैकका ककर्मचारीमाथि गाली गलौज तथा अपशब्द बोल्दै मानहानी गर्ने, शाखा कार्यालयमा गई नारा जुलुस तथा हुलहुज्जत गरि देशको अत्यावश्यकिय सेवा अन्तरगत राखेको बैंकिङ्ग सेवा प्रवाहमानै अवरोध पुर्याउने जस्ता कार्य गरेको  बताइएको छ ।

उनले गरेका यस्ता कार्यको सम्बन्धमा बैंकको गम्भिर ध्यानाकर्षण भएको समेत बैंकले जनाएको छ  ।

 के हो त  घटनाको बास्तविकता ?

श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. तथा श्री बास्कोटा कृषि तथा पशुपालन प्रा.लि. को नाममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (तत्कालिन मेगा बैंक नेपाल लिमिटेड) बाट बिभिन्न शीर्षकमा कर्जासुविधा स्वीकृत भएको थियो ।

जसमध्ये श्री बास्कोटा कृषि तथा पशुपालन प्रा.लि. को नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भईसकेको छ भने श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. को नाममा स्वीकृत बिभिन्न शीर्षकको परियोजना कर्जा (Project Loan)ऋणीको परियोजना निर्माण कार्यमा भएको प्रगतिको आधारमा प्रवाह हुने शर्त बमोजिम ऋणीलाई आंशिक कर्जा सुविधा प्रवाह भईसकेको छ भने बाकी कर्जा रकम ऋणीको परियोजनाको प्रगति नभएको हुदाँकर्जा स्वीकृत गर्दाको शर्तहरु मुतावित प्रवाह नभएको हो ।

ऋणीले आरोप लगाएअनुसार ऋणीलाई कर्जा स्वीकृत गरि चार महिना सम्म कर्जा प्रवाह नभएको भन्ने सम्बन्धमा ऋणीले बैंक समक्ष पेश गर्नुपर्ने सम्पूर्ण लिखत तथा कागजातहरु बैंकमा पेश गर्नासाथ ऋणीको नाममा स्वीकृत भएको कर्जा सुविधा प्रवाह गर्न शुरु भएको अवस्था हो जसको प्रमाण बैंकसमक्ष सुरक्षित छ‘दै नै छ ।

स्वीकृत गरे अनुसार कर्जा प्रवाहको सम्बन्धमा ऋणीको २ वटा कम्पनीमध्ये श्री बास्कोटा कृषी तथा पशुपालन प्रा.लि. को नाममा स्वीकृत सम्पूर्ण कर्जासुविधा प्रवाह भईसकेको र फनपार्क प्रा.लि.को हकमा स्वीकृत भएको दिएको ऋण स्वीकृति पत्रमा स्पष्ट रुपमा उल्लेखित भए अनुसार ऋणीलाई आंशिक रुपमा कर्जा प्रवाह भईसकेको र बाँकी कर्जा परियोजनाको प्रगति नभए पश्चात प्रवाह हुन नसकेको हो ।

श्री बास्कोटा कृषी तथा पशुपालन प्रा.लि. को नाममा सहुलियतपूर्ण कर्जाका लागि नेपाल राष्ट्र बैकको व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि बमोजिम कर्जा स्वीकृत भएकोतथा सोही कार्यबिधिमा उल्लेखित ब्यवस्थामा ऋणीले बैंकलाई ब्याज अनुदान रकम बाहेकको किस्ता तथा ब्याज रकम चुक्ता भुक्तान गरेको अवस्थामा मात्र ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य हुने भन्ने ब्यवस्था रहेकोछ ।

ब्याज अनुदान सुविधा बैंकको स्वविवेकले नभई नेपाल सरकारले नेपाल राष्ट्र बैंक मार्फत बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिबाट निर्देशित हुने हुदाँ सोहि बमोजिम ऋणीले उल्लेखित कार्यबिधि बमोजिम ब्याज अनुदान रकम बाहेकको रकम चुक्ता भुक्तान नगरे पश्चात ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य नभएको अवस्था हो ।

ऋणीले प्रचारबाजी गरे अनुरुप बैंकले स्वीकृत गरे अनुसारको कर्जा प्रवाह नहुदाँ ब्यवसाय बन्द भएको भन्ने आरोपको सम्बन्धमा श्री बास्कोटा कृषि तथा पशुपालन प्रा.लि. को नाममा स्वीकृत भए अनुरुप सम्पूर्ण कर्जा सुविधाको सीमा प्रवाह भई सकेको छ ।

बैंकको प्रतिनिधिले ब्यवसायको निरीक्षण गर्दा ब्यवसाय अस्तित्वमा नै नरहेको अवस्था पाइएको छ भने ऋणी खराव कर्जा अन्तर्गत समेत बर्गिकरण भईसकेको छ । 

त्यति हुदाँ हुदै ब्यवसाय संचालनमा नरहेको तथा निर्माण भएका संरचनाहरु समेत जर्ण हुन लागिसकेको श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. लाई पुनरुत्थान गर्ने उद्धेश्य स्वरुप यथाशिघ्र ब्यवसाय संचालन गर्ने शर्तमा बैंकले हालसालै पेश्की सहित केहि कर्जा सुविधा चरणवद्ध रुपमा प्रवाह हुने गरि ऋण स्वीकृति पत्र जारी गरेकाे छ ।

ऋण स्वीकृति पत्र जारी गर्दा समेत ऋणीले आवश्यक कानुनी कागजातहरु पुरा नगरी अनावश्यक रुपमा सामाजिक संजालमा बैंक बिरुद्द प्रचारबाजी गर्दै बैंकको कर्मचारीलाई निजी निवासबाटै अपहरण गर्ने जस्ता धम्की दिने कार्यले ऋणीको वास्तविक नियत आफ्नो ब्यवसायको पुनरुत्थान गर्ने भन्दा पनि अन्य स्वार्थ पूर्ति गर्ने उद्धेश्यले प्रेरित रहेको देखिएकाे छ ।

मिति २०८० मंसिर १९ गते बैंकसँग भद्र सहमति भई नियामकको नियमभित्र रहि ऋणीलाई बैंकले सक्ने जति सहयोग गर्ने प्रतिवद्वता समेत भएकाे छ । ऋणीले समेतले सहमति जनाईसकेको अवस्थाका बाबजुत ऋणीले आफ्नो मनोमानी ढंगले बैंकलाई आफूले भनेजति कर्जा दिन दवाव दिने उद्धेश्यले ऋणीले परियोजना आफ्नो योजना अनुरुप संचालन गर्न नसके पश्चात ऋणी आफू स्वयमको गल्ति तथा कमजोरी ढाकछोप गर्न पुनः सामाजिक संजालहरुमा बैंक तथा बैंकका कर्मचारीका बिरुद्व लागेकाे प्रष्ट भएकाे छ । 

उनले पछिल्लाे समय बिभिन्न सामाजिक सञ्जालकाे प्रयाेग गरी नकारात्मक अभिब्यक्ति दिने, कर्मचारी तथा निजका एकाघर परिवारका सदस्यहरुलाई गाली गलौज गर्ने, ज्यान मार्ने तथा बम पड्काईदिन्छु भनि धम्की दिँदै आएका छन् । उनले कतिपय अवस्थामा त बैंकको पैसा लुटेर बाँडिदिन्छु भन्ने र  बैंक तथा बैंकका कर्मचारी÷पदाधिकारीको कार्यले आत्मदाह गर्नुपर्ने अवस्था आएको जस्ता निराधार कुराहरू गर्दै आएका छन् । 

यस्ता निराधार कार्यहरु कानुन सम्मत नरहेको समेत बैंकले  स्पष्ट पारेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास आयात पर्याप्त, बजारमा भने अभाव : बिक्रेतालाई अनिवार्य बिक्री विवरण राख्न निर्देशन

काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात पर्याप्त रहेको दाबी गर्दै बजारमा देखिएको अभाव आपूर्तिको कमी नभई बिक्रेताको अनियमितता र उपभो...

रुकुममा बिहेबाट फर्किँदा भेरीमा दुःखद घटना : तीनमध्ये दुई किशोरी मृत, एक अझै बेपत्ता

रुपन्देही । रुकुम पश्चिम मा आफन्तको बिहे हेर्न गएका एकै परिवारका तीन किशोरीमध्ये दुई जना मृत अवस्थामा फेला परेका छन् भने एक जना अझै बेपत्ता रहेकी छन् ...

कोशीमा नयाँ राजनीतिक भूचाल : रास्वपाको १७ सिट र श्रम संस्कृतिको उदयले पुराना दल सिमित

काठमाडाैं  । प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणामले कोशी प्रदेश को परम्परागत राजनीतिक समीकरण नै उल्टाइदिएको छ । वर्षौंदेखि प्रभाव जमाउँदै आएका ठूला ...

वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश मानन्धरको निधन

काठमाडौं । वरिष्ठ पत्रकार तथा भाषा आन्दोलनका अगुवा सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । वरिष्ठ पत्रकार राजेन्द्र स्था...

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE