Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

आक्रोशित बन्दै सिरहाका मिटरब्याज पीडितहरू, साहुले हडपेको जमिनको धान काटेर भित्र्याए

खबरडबली संवाददाता

सिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले मिटरब्याज (अनुचित लेनदेन)का उजुरीहरुको समयमा समाधान दिन नसक्दा उजुरीकर्ताहरु आक्रोशित बन्न थालेका छन्। यसैको परीणाम जिल्ला सदरमुकाम सिरहा नगरपालिका १९ सन्हैठामा बिहीबार मिटरब्याजपीडितले साहुले हडपेको जमिनको धान काटेर भित्र्याएका छन्।  

रामशरण यादवले गाउँकै योगेन्द्र यादवसँग २०६१ पुस १ गते १ लाख रुपैया लिएबापतको धितो दुई कित्ता जमिन १० कठ्ठा ११ धुर र ३ कठ्ठा ९ धुरसहित जम्मा १४ कठ्ठा जमिन धितोबापत राजीनामा पास गरेर लिएको ऋण तिरिसके पनि सबै जमिन हडपेको मुद्दा समयमा मिलापत्र हुन नसक्दा पीडिले बिहीबार खेतको धान काटेकार भित्र्याएका हुन्।  

रामशरणले एक लाख रुपैयाँ लिएबापत थप ४ लाखको कपाली र १४ कठ्ठा जमिनसमेत धितोबापत राजीनामा पास गरेको बताए।

उनले रकम लिएको दुईवर्ष भित्रै योगेन्द्रको घर बनाउने बेलामा इँटा, बालुवा र गिट्टी आफ्नै ट्याक्टरमा घरसम्म पुर्‍याएर उनको रकम हिसाव मिलान भइसकेको बताए ।

त्यसपछि जमिन फिर्ता गरिदिन आग्रह गर्दागर्दै योगेन्द्रले ४ लाखको कपाली अदालतमा मुद्दा लगाएर  थप दुई बिगाहा १० कठ्ठा छ धुर जमिन डाक लिलाम गरेर लियो। तत्कालीन अवस्थामा ४ लाखको ब्याज जोडेर पुग्ने गरी जमिनको मूल्याङ्कन गर्ने अधिकारीलाई समेत प्रभावमा पारेर उनले आफ्नो जमिन हडपेको रामशरणका छोरा विन्देश्वर यादवले बताए।  

२०६५ पछि पटक पटक गाउँमै सामाजिक छलफलहरु भए पनि उनले वास्ता गरेनन्। पटक–पटकको सामाजिक छलफलहरु उनले जमिन फिर्ता गरिदिने भने पनि जमिन फिर्ता गरेनन्।  समाजको दवावपछि योगेन्द्रले २०६९ माघ १८ गते योगेन्द्रको छोरा अमितको नामबाट रामशरण यादव र रामनाथ यादवको नाममा एक विगहा ४ कठ्ठा जमिन फिर्ता गरिदिए। 

त्यसलगतै योगेन्द्रका छोरा, श्रीमतीले हकदावी मुद्दा लगाएर २०७५ जेष्ठ २ गते जमिन पुन: फिर्ता लिए। उनीहरुले जवरजस्ती हडपेको जमिनमध्ये ५ कट्टा १६ धुर पाँच लाखको दरले बेचेको पनि पीडितहरुले सुनाए। 
पटक पटक जालझेल गरेर हाम्रो जमिन उनीहरुले लिए पनि सबै जमिन आफैले भोग चलन गर्दै आएका थिए। पछिल्लो दुई वर्ष देखि योगेन्द्रले हकभोगसमेत खोसेपछि उनीहरु अहिले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनमा उजुरी दिएका छन्।

जिल्ला प्रशासन कार्यालयले पटक पटक पत्र काटेर छलफलमा बोलाए पनि योगन्द्र उपस्थित नहुने बताए। उनीहरु बिच पछिल्लो पटक यहि मंसिर ११ गतेको छलफलमा योगेन्द्रले १४ कट्टा जमिन किनेको र बाँकी जमिन आफूसँग लिएको ऋण बापत अदालतबाट जमिन डाक लिलामगरी लिएको उल्लेख भएको छ। 

जिल्ला प्रशासन कार्यायको डिला सुस्ती र अक्रमण्यताले पीडितहरु झन पीडित र आक्रोशित बनेका छन्। यहि घटनाले पनि पीडितहरुको आक्रोश देखिएको स्थानीय जानकारहरु बताउँछन्। यसअघि पनि मिटरव्याज पीडितहरुले जिल्ला सरमुकाममा प्रमुख जिल्ला अधिकारीको विरुद्ध नाराबाजी गरेका थिए। 

स्थानीय जानकारहरुका अनुसार अनुचित लेनदेन समितिले यस्ता मुद्दाहरुलाई समयमै सहि ढङ्गले निर्णय नगरे मिटरव्याज पीडितरु अझ आकोषित हुने देखिन्छ। यसखालको घटनाले झडप र विग्रहको अवस्था आउनसक्ने सामाजिक अगुवाहरु बताउँछन्। न्युज कारोबार

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...

सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने

बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...

कानुन मन्त्री गौतमको सय दिन: २४ नियमावली र २८ विधेयकमा सहमति

डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)

सरकारको सय दिनमा एमालेको समीक्षा: सरकारका सय दिनका काम फितलो र विवादास्पद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...

प्रा.डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने तयारी

काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...

बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...

शिक्षा क्षेत्रलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता छ: गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending