Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

मझौला भूकम्पले ९२ प्रतिशत घरमा क्षति, ठूलो आए के होला ?

खबरडबली संवाददाता

काठमाडौं । गत कात्तिक १७ गते जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पले गरेको क्षति ‘अकल्पनीय’ छ ।  ‘अकल्पनीय’ सामान्य मानिसलाई लागेको होइन, विज्ञहरूलाई नै यस्तो लागेको हो । नलागोस् पनि किन, तथ्याङ्क नै तर्साउने खालको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संकलन गरेको तथ्याङ्कले भन्छ– कात्तिक १७ गतेको ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोटका ९२.११ प्रतिशत र रुकुम पश्चिमका ७१.१४ प्रतिशत घरमा क्षति गरेको छ ।

अर्थात्, जाजरकोटका ९२ प्रतिशत र रुकुम पश्चिममा ७४.१२ प्रतिशत घर केही ध्वस्त भएका छन् भने केही ठडिएकै देखिए पनि ती बस्न लायक छैनन् ।  “मात्र ६.४ म्याग्निच्युडको भूकम्पले यति ठूलो क्षति गर्ला भनेर हामीले सोचेकै थिएनौं,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाह्रखरीसँग भने, “भूकम्पले ती क्षेत्रमा रहेका घरहरू कति बलिया र सुरक्षित रहेछन् भन्ने छर्लङ्ग पारिदिएको छ ।”

राष्ट्रिय जनगणना २०७८ अनुसार, जाजरकोटमा ३७ हजार ४५३ घरहरू छन् । तीमम्ध्ये कात्तिक १७ गतेको भूकम्पले ३४ हजार ५०१ घरमा क्षति गरेको छ । अर्थात ९२.११ प्रतिशत घर बस्न अयोग्य बनेका छन् ।  जाजरकोटमा भूकम्पपछि २ हजार ९५२ वटा घर बस्न लायक रहेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ । जाजरकोटको शिवालय गाउँपालिकामा रहेका २ हजार ८०६ घरमध्ये भूकम्पले सबै घरमा क्षति गरेको छ । उक्त गाउँपालिकामा एउटा घर पनि जोगिएको छैन ।

प्राधिकरणका अनुसार, जाजरकोटको भेरी नगरपालिकामा ६ हजार ७६८, छेडागाड नगरपालिकामा ६ हजार ४९०, जुनीचाँदे गाउँपालिकामा ३ हजार ९७८, कुशे गाउँपालिकामा ४ हजार ६०२, त्रिवेणी नलगाड नगरपालिकामा ६ हजार ५३६ र बारेकोट गाउँपालिकामा ३ हजार ३२१ घरमा भूकम्पले क्षति गरेको छ ।

कात्तिक १७ गतेको भूकम्पले सबैभन्दा बढी भानवीय र भौतिक क्षति जाजरकोट र रुकुम पश्चिममा गरेको थियो ।  उक्त भूकम्पले रुकुम पश्चिम जिल्लाका ७१.१४ प्रतिशत घरमा क्षति गरेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, रुकुम पश्चिममा ३७ हजार २९० घर रहेका थिए । तीमध्ये २६ हजार ५३१ घरमा भूकम्पले क्षति गरेको छ र बस्न अयोग्य बनेका छन् ।  भूकम्पले रुकुम पश्चिमका आठबिसकोट नगरपालिकामा ७ हजार १८४, मुसिकोट नगरपालिका ५ हजार ८००, चौरजहारी नगरपालिकामा ६ हजार ३६१, बाँफीकोट गाउँपालिकामा १२५, त्रिवेणी गाउँपालिकामा ३ हजार १९३ र सानीभेरी गाउँपालिकामा ३ हजार ८५८ घरमा क्षति गरेको छ ।

विज्ञहरू ६ देखि ७ म्याग्निच्युडको भूकम्पलाई ‘मझौला’ खालको भूकम्प भन्न रुचाउँछन् । मझौला खालका भूकम्पले ठूलो क्षति नगर्नु पर्ने हो, तर नेपालमा यस्ता भूकम्पले पनि ठूलो जनधनको क्षति गर्ने गरेको छ । यसको पछिल्लो उदाहरण हो, जाजरकोट भूकम्प ।
 
यदि मझौला नभई ठूलो भूकम्प आएको भए जाजरकोट वरपरका जिल्लाको अवस्था के हुन्थ्यो होला ? प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल भन्छन्, “मझौला खालको भूकम्पले जुन क्षति गरेको छ, यसका आधारमा यो भन्न सकिन्छ– ठूलो भूकम्प आउने हो भने निकै सानो संख्यामा मात्र घरहरू जोगिन्छन् ।”   पछिल्ला केही महिनायता कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आएका भूकम्पले ती क्षेत्रमा रहेका भौतिक सरंचना कति सुरक्षित रहेका छन् भन्ने सतहमा ल्याइदिएको छ । ती भूकम्पले चेतना जगाउने काम गरेको भनाई उनको छ । 

गत असोज १६ गते बझाङको जयपृथ्वी केन्द्रविन्दू भएर ५.३ र ६.३ म्याग्निच्युडको दुईवटा भूकम्प गएका थिए । ती भूकम्पले बझाङका ३१.३८ प्रतिशत र बाजुरामा ३९.४१ प्रतिशत घरमा क्षति गरेको प्राधिकरणको अध्ययनले देखाउँछ । भूकम्पले बझाङमा १२ हजार ५५९ र बाजुरामा ५ हजार ७७२ घरमा क्षति गरेको छ । प्राधिकरणको अध्ययन अनुसार, २०८० असोज र कात्तिकमा कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लालाई केन्द्रविन्दु बनाएर गएको साना र मझौला भूकम्पले ८० हजार ८४२ भन्दा बढी घरमा क्षति गरेको छ । 

“पछिल्ला दुई महिनामा गएका भूकम्पले हामीलाई स्पष्ट सन्देश दिएको छ– हामी जुन घरमा बसिरहेका छौं, ती सुरक्षित छैनन् । ठूलो भूकम्प आयो भने निकै सानो संख्यामा मात्र घर जोगिन्छन् । अब हामीले ढिलो नगरी सुरक्षित आवासमा ध्यानमा दिनुपर्छ,” पोखरेल भन्छन् । सुरक्षित आवासका लागि सबैभन्दा पहिलो भएका घरहरूको जाँच गर्नुपर्ने उनी बताउँछन् । जाँच गरेपछि कुन कति सुरक्षित छ थाहा हुन्छ । त्यसपछि असुरक्षित घरलाई प्रवलीकरण गर्ने हो वा भत्काएर पुनः बनाउने भन्ने निर्णय लिनुपर्ने उनको धारणा छ । 

सुरक्षित आवासका लागि अर्को गर्नै पर्ने कुरा हो– भवन संहिताको पालना । घर बनाउँदा सरकारले बनाएको भवन संहिताको पालना गरी मापदण्ड पूरा गरेर मात्र घर बनाउनुपर्ने उनी बताउँछन् ।  “सिमेन्ट र पिल्लर सिस्टमका घर बनाउँदा मात्र भवन संहिताको पालना गर्ने होइन । माटो, ढुंगा र काठले बनेका घर बनाउँदा पनि भवन संहिताको पालना अनिवार्य गर्नुपर्छ । मापदण्ड पूरा गरी निर्माण भएका माटो, ढुंगा र काठले बनेका घरहरू पनि सिमेन्ट र पिल्लर सिस्टमका घरजस्तै बलिया हुन्छन्,” प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले भने ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार उदयपुरमा बिजुली नहुने

उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...

आठ पदाधिकारी पराजित: कांग्रेसभित्र नेतृत्व बहस तीव्र

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...

कम्युनिस्टहरूले किन धक्का खाए ?

विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा

एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं  । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...

ऐतिहासिक न्यूनतामा कांग्रेस: हारपछि नेतृत्वमाथि प्रश्न, अब के रणनीति ?

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...

ओलीको बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने– पिता पात्र एक, भूमिका अनेक

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: