Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्छ: सांसद पौड्याल

खबरडबली संवाददाता

काठमाडौँ। छ वर्षअघि निकै उत्साहका साथ राष्ट्रियसभा सदस्यको जिम्मेवारी सम्हालिरहँदा सांसद डा विमला राई पौड्यालाई कानुन निर्माण र जनताका आवाज सम्बोधनमा केही गर्न सकिन्छ भन्ने लागेको थियो । 

कानुन बनाउने त्यस बेलाको उच्च मनोबल अहिले घटिसकेको भने छैन तर आफ्ना तर्फबाट प्रयास गर्दा गर्दै जति सोचिएको थियो, त्यति गर्न नसकिएको उनको अनुभव छ ।

ललिथपुरस्थित स्वीस दूतावासमा काम गर्दा गर्दै राष्ट्रिय योजना आयोगको सदस्य भएकी उनी आयोगको सदस्यपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको स्वकीय सचिव पनि भइन् । नेदरयाण्डस्को ‘इन्टरनेशन इस्टिच्युट अफ सोसियल स्टडिज’बाट ‘विकास अध्ययन’मा विद्यावारिधि गर्नुभएकी भोजपुर निवासी उहाँले महिला हिंसा, शिक्षा, सुशासन, राष्ट्रियताका सवालमा सदनमा सशक्त आवाज उठाउँदै आएकि छिन् ।            

मुुलुक र जनताका विषयवस्तुलाई गहनरुपमा प्रस्तुत गर्न सक्ने नेकपा ९एमाले० का सांसद पौड्याल सङ्घीय संसद्मा सुरुका दुई वर्ष संविधानको मौलिक हकसँग सम्बन्धित मुुुलुकी ऐनहरू निर्माणमा सरकार र संसद्को सक्रियता रहेको तर पछिल्ला समयमा सरकारले पर्याप्त काम नदिँदा कानुन निर्माणको कार्यमा शिथिलता आएको ठान्न्छिन् । आफ्नो छ वर्षे कार्यकाल आगामी फागुन २० गते सकिने भए पनि संसदीय गतिविधिमा उत्तिकै लागिरहने पूर्वपरराष्ट्रमन्त्री डा पौड्याल सुरुका दुई वर्षपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्रको विभाजन, संसद् विघटन र राजनीतिक खिचातानीका कारण कानुन निर्माणका कार्य प्रभावित हुँदा खिन्न न्छिन् ।

कानुन निर्माणका अतिरिक्त सांसदले सरकारका कामको निगरानी र जनताका समस्या तथा गुनासालाई सदनमा आवाज उठाउन निर्वाह गर्नुुपर्ने भएकाले आफूले छ वर्षे अवधिमा ती सवामा सन्तोषजनकरुपमा भूमिका निर्वाह गरेको डा पौड्यालको आत्ममूल्याङ्कन छ । सरकारले ‘बिजनेस’ दिएन भन्ने एउटा पक्ष छ, संसद्ले पनि आफै सक्रिय भएर विधेयकहरू मगाउने र छलफल गर्न सक्दैन रु भन्ने प्रश्नमा उनीहाँ भन्न्छिन्, “राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिसिनाले कतिपय मन्त्रीहरूलाई बोलाएर महत्वपूर्ण विधेयक चाँडो ल्याउन पटकपटक भनेको मैले सुनेकी छु । अहिले पनि निजामति कर्मचारीसम्बन्धी विधेयक, प्रदेश प्रहरीको समायोजन विधेयक, विद्यालय शिक्षासम्बन्धी विधेयक, विश्वविद्यालयसम्बन्धी विधेयक प्रस्तुत तथा पारितमा ढिलाइ भएको छ । यसमा सरकार नै सक्रिय नभई हुँदैन ।”

कानुन निर्माणका सवालमा प्रतिनिधिसभा र राष्ट्रियसभाका बीचमा जिम्मेवारीमा बाँडफाँट गरेर जान सुझाव दिने डा पौड्याल प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबाट निर्वाचित हुने बौद्धिक एवं विभिन्न समुदायको प्रतिनिधित्व हुने माथिल्लो सदनलाई सङ्घीयता तथा समावेशीतासम्बन्धी विधेयक र नीतिहरूमा बढी अभ्यस्त बनाइनुपर्छ भन्न्छिन् । “दुई सदनबीच समन्वय भएमा विधेयकहरू छिटो पारित हुने र दोहोरोपना नहुने अवस्था आउँछ ।” उनले भनिन् । वर्तमान सरकारले प्रतिनिधिसभामा बढी विधेयक दर्ता गर्ने गर्नुले राष्ट्रियसभाका कतिपय बैठक बिजनेश नभएर बस्दै नबसी स्थगन गर्नुपरेका घटना पनि उनी स्मरण गर्छिन् ।

नेपाल सरकारको वार्षिक बजेट र नीति तथा कार्यक्रममा सांसदहरूले राख्ने सुझावलाई दर्ज मात्रै गरिने तर प्रस्तुत कार्यक्रममा कुनै संशोधन नगर्ने परिपाटी चाँही उहाँलाई चित्त बुझेको छैन । “सत्ता पक्षकै कतिपय सांसदले राखेका जायज कुरा पनि संशोधन हुँदैन । बहुमत र दलीय ब्हिपका आधारमा जे प्रस्तुत भएको छ, त्यही पारित हुन्छ । हामी सांसदले जति कराए पनि कुनै अर्थ हुँदैन । यो पद्धतिमा परिवर्तन गर्नुपर्छ ।”

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको समन्वय र सन्तुलनमा सन्दर्भमा सोधिएको प्रश्नमा सांसद डा पौड्यालले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद् विघटनलाई पुन:स्थापनाबाहेक अन्य सवालमा न्यायालयाले हस्तक्षेप नगरेको तर्क गर्छिन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस–एमाले बराबरी सिट बाँडेर निर्वाचनमा जान सक्छन् : थापा बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न स...

रवी, बालेन र कुलमानको एकताप्रति ओली: घैँटामा बोकेको पानीले महासागरसँग कसरी प्रतिस्पर्धा सम्भव हुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले जनअनुमोदित नेतृत्व र आगामी निर्वाचनका लागि तयारी रहेको स्पष्ट सन्देश दिएको...

एमाले मुख्यालय च्यासलमा पेस्तोल फेला

काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा मंगलबार पेस्तोल फेला परेको छ। पार्टी मुख्यालयको सरसफाइको क्रममा उक्त पेस्तोल भेटिएक...

विचार र बलिदानविहीनका केहि मानिसहरू देशै कब्जा गरिसक्यौं जसरी हल्ला फैलाइरहेको छन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही मानिसहरू सामाजिक सञ्जालमा “देशै कब्जा गरिसक्यौं” जस्तो हल्ला फैलाइरहेको ...

भयरहित वातावरणमा निर्वाचन हुन सक्दैन: नेता ज्ञवाली

काठमाडौँ। नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकको राष्ट्रिय स्वाभिमान खतरामा परेकाले सबै देशभक्त नेपाली चनाखो हुनुपर्ने बताएको...

लोकन्थलीमा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीमा आज ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर घाइते ...

उज्यालो नेपालका समानुपातिकको संख्या १८ बाट घटेर १४ मा सीमित

काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ १८ जनाको सूची राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पठाएको थियो। तर, रास्वपाले लाक्पा फुट...

नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा अभिवृद्धिका लागि आन्तरिक खपत वृद्धि, आपात प्रति...

काठमाडौँ उपत्यकामा तमु ल्होसारको रौनक

काठमाडौँ। गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने...

कांग्रेसले आयोगमा बुझायो समानुपातिक उम्मेदवारको बन्दसूची

काठमाडौं। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सभापति शेरबहादुर देउवाको डिजिटल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending