सुनसरी । धरानमा किसानका एक करोडभन्दा बढीको फूल नष्ट भएको छ । कृषिउपज बजारको शीतगृहमा राखिएको सयपत्री फूल नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।
धरान उपमहानगरपालिका–२० विष्णुपादुका बराहक्षेत्र नगरपालिका ६ र ९ मा पर्ने श्रीलङ्का टप्पु, धनकुटाको राजारानी, सिधुवा र तेह्रथुमका विभिन्न ठाउँका स्थानीय फूल व्यवसायीले यसपटकको तिहारका लागि छ लाख थान माला बनाउन पुग्ने सयपत्री फूल धरानस्थित शीतगृहमा भण्डारण गरेका थिए ।
त्यसमध्ये करिब चार लाख माला उन्न पुग्ने फूल बिक्री भएको कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । बाँकी दुई लाख थान मालाका लागि पुग्ने फूल बिक्री नहुँद नष्ट भएको उनको भनाइ छ । भण्डारण गरिएका फूल कुहिन थालेपछि नष्ट गरिएको उनले बताए ।
व्यवस्थापक भट्टराईका अनुसार विगतका वर्षमा धरानमा करिब पाँच लाख माला उन्न पुग्ने सयपत्रीको फूल बिक्री हुने गरेको थियो । अघिल्लो वर्षको तिहारमा चार लाख ५० हजार थान माला बनाउन पुग्ने फूल बिक्री हुँदा रु दुई करोडको कारोबार भएको थियो ।
“यसपाली करिब पाँच लाख थान माला उन्न पुग्ने फूल बिक्री हुने अनुमान गरिएको थियो । किसानले पनि त्यही अनुमान गरेर फूल उत्पादन गरेका थिए । त्यसैले करिब छ लाख मालाको फूल कृषिउपज बजारमा आएको थियो । तर सोचे जस्तो भएन”, भट्टराईले भने, “विगतमा माला लगाउनमात्र नभई घर सजावटका लागि पनि धरानमा सयपत्रीका धेरै फूल बिक्री हुने गरेको थियो तर यसपटक मालाका लागि बिक्री भए पनि घर सजावटका लागि कम बिक्री भए ।” बजारमा देखिएको आर्थिक मन्दीको असर फूलका कारोबारमा परेको उनको भनाइ छ । “पहिले फूल रोप्न हौसिएका किसान यसपाली निराश भएका छन्”, उनले भने ।
बराहक्षेत्र–९ श्रीलङ्का टप्पुमा एक बिघा जमिन भाडामा लिएर फूलको व्यावसायिक खेती गर्दै आउनुभएका किसान कुमारमगरले पनि धरानको कृषि बजारको शीतगृहमा सयपत्री फूल भण्डारण गर्नुभएको थियो । रैथाने सयपत्री फूलखेती गरेर आर्थिक आम्दानी गरौंला भन्ने सपना देख्नुभएका कृषक मगरले यसपाली सोचेजस्तो व्यवसाय नभएको गुनासो गरे । “उत्पादन भएकामध्ये ७५ प्रतिशत फूल नष्ट भएपछि लाखौँ रकमको नोक्सानी बेहोर्नु प¥यो”, उनले भने ।
धरान कृषिउपज बजारको तथ्याङ्कअनुसार विगतमा धरान बजारमा फूलको माग उच्च थियो । स्थानीय उत्पादनले नपुगेर अघिल्लो वर्षमात्र हाइब्रिड सयपत्री फूलका डेढ लाख माला भारतको कोलकत्ताबाट आयात गरिएको थियो ।
यसपाली भने स्थानीय कृषक, कृषि समूह, कलेजका विद्यार्थीको समूहलेसमेत फूलखेती गरेका थिए । स्थानीय उत्पादन पर्याप्त भएपछि धरानमा यसपटक भारतबाट सयपत्री फूल आयात प्रतिस्थापन भए पनि स्थानीय फूल कृषकले कम मूल्य पाएकाले नोक्सानी बेहोर्नु परेको कृषि बजारका व्यवस्थापक भट्टराईले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: