Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

सांसद यादवका ससुरा मिटरब्याजी, कारबाही नहुदाँ आन्दोलनमा उत्रीन बाध्य सिरहाका मिटरव्याजी पिडित

खबरडबली संवाददाता

सिरहा । सिरहामा मिटरब्याज सम्वन्धी ऐन–कानुन् कार्यान्वनको माग गर्दै मिटर व्याज पीडितहरु फेरी आन्दोलनमा उत्रिन बाध्यय भएका छन् । मिटरव्याज पीडितहरुको लामो आन्दोलन पछि सरकारले कानुन् बनाएपनि कार्यान्वयमा ढिलासुस्ती र पीडककै हालिमुहाली हुन थालेपछि पीडितहरु पुनः आन्दोलनमा उत्रीन बाध्य भएका हुन् । 

पीडितको दवावपछि सरकार कानुन् बनाउन बाध्य भएपनि कार्यान्वयन गर्ने पदाधीकागरीहरु पीडकबाट प्रभावित भएर कानुन कार्यन्वनमा बेवास्ता गरेकाले आफूहरु फेरी सडकमा उत्रनु परेको बताए । आन्दोलनरत्त मिटरव्याजीहरुले सिरहा सदरमुकाममा प्लेकार्डमा ‘मिटरव्याजीको समर्थनमा लागेका सरकारी अधिकारी मुर्दावाद, ‘सिडियो कार्यालयमा गरिने ढिलासुस्ती अन्त्य गर, सुदखोरीलाई कारवाही गर, सुदखोरी विरुद्ध जाहिरी दर्ता गर, भ्रष्ट प्रशासन मुर्दावाद’ लगायतका नाराबाजी गरेर सदरमुकाम परिक्रमा गरेका थिए। 

न्यायको पर्खाइमा मिटरव्याज पिडित 

सरकारले अनुचित लेनदेन (मिटरव्याज)को कारोवार गर्ने विरुद्ध ऐन पारीत गरेपछि सिरहामा करिव ३७ सय उजुरी दर्ता भएका थिए । मिटरव्याजी पीडितहरुले सुदखोर विरुद्ध उजुरी दर्ता गराएपनि जिल्ला प्रशासनका तोकिएका कर्मचारी र मिटरव्याजी विचको साठगाँठमा करिव ३ सय समान्य लेनिदेनिका मुदाहरु मात्र मिलापत्र भएको पीडितहरु बताउँछन् । 

जिल्ला प्रशासन कार्यालयले नामुद मिटरव्याज साहुहरुसँगको मिलेमत्तोमा उनीहरुकै बचाउमा हुनेगरी निर्णय गरेको मिटरव्याज पीडितहरुले आरोप लगाएका छन्; धेरै मुद्दाहरु पेन्डिङ्ग बनाएर राखेको पीडितहरुको आरोप छ ।

‘कर्मचारी र सुदखोरको सेटिङ्गले कतिपय मुद्दा पेन्डिङ नै छ, सुनवाही नै अगाडि बढाई रहेका छैनन्; गोलबजार नगरपालिका ८ का मिटरव्याज पीडित विरेन्द्र कुमार यादवले भने, ‘मैले न्यायको लाग जिल्ला प्रशासन कार्यालयमा पहिलो लटमै उजुरी हालेपनि अहिलेसम्म छलफल हुन सकेको छैन। म धेरै पटक जिल्ला धाईसके कुनै सुनवाईनै भइरहेको छैन।’

यादवले गत २०६९ साल ५ महिना २० गते आर्नामा गाउँ पालिका १ बुढियाचापका नामुद मिटरव्याजी राम सेवक यादबसँग सैकडा ३ रुपैयाँ (वर्षिक ३६ प्रतिशत) दरले व्याँज तिर्ने सहमतिमा करिव दुइ करोड वरावरको जग्गा पासगरी ५ लाख रुपैयाँ लिएका थिए। उनले करिव १ वर्षको अवधिमा पटक पटक गरी १४ लाख ७५ हजार रुपैयाँ ऋण लिएकोे राम सेवकले नै व्याज सहित हिसाव गरी दिएको हस्तलिखित लेखतमा उल्लेख गरेका छन्। 

त्यसपछि मिटरव्यज पीडित विरेन्द्रले पछिल्लो ३ वर्षको अवधिमा  राम सेवक यादब (मास्टर)संग पटक–पटक गरी ८१ लाख रुपैयाँ लिएको बताए। यसरी लिएको ऋणको व्याजसहित आफूले ३ करोड नगद बुझाएपनि धितो राखेको जमिन फिर्ता गरेको छैन । उनले भने, ‘ऋण लिएको चार वर्षमा करिव ३ करौड रुपैयाँ बुझाई सके, यो मैले सर्त गरेर लिएको ३६ प्रतिशत व्याजले पनि बढी रकम हो। पछि मैले हिसाव गरौं भन्दा भागेर हिड्ने र धितोको लागि राखिएको ८ करौड भन्दा बढीको करिव २ विघा जग्गा समेत फर्काएनन्। बरु उनले धितोको जमिन पनि बेचे र त्यतिले पनि पुगेन भन्दै अन्त्यमा १८ लाखको कपालि पनि गरायो।’ 

अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा राम सेवक यादबको नाममा विरेन्द्रसहित १४ वटा भन्दा बढी उजुरी परेको छ। जिल्लाकै नामुद मिटरव्याजीको रुपमा जिल्लामा परिचित यादवको विरुद्ध धेरै उजुरी परेपनि उनी राजनीतिक प्रभावका कारण खुल्लमखुल्ला हिडिरहेका छन्। बरु रामसेवकले उल्टै पीडितहरुलाई धम्याउने गरेको पीडितहरु बताउँछन्। रामसेवक पूर्व मन्त्री तथा वर्तमान सिरहा निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य राजकिशोर यादवका ससुरा हुन्। 

अर्का पीडित अर्नामा गाँउपालिका १ महनौरकै मायादेव चौधरीले उनै नामुद मिटर व्याजी राम सेवक यादबको चपेटामा परेका छन्। उनले २०५७ सालमा राम सेवकसंग घरखर्चका लागी २५ हजार रुपैयाँ पाचँ रुपैया सैकडा (वार्षिक ६० प्रतिशत) व्याजदिनेगरी लिएका थिए । चौधरीले ऋण लिएको एक दिन अगावै रामसेवककी श्रीमती दौलत देवी यादबको नाममा हालको चलनचल्ती मुल्य करिव २० लाख प्रतिकठ्ठा पर्ने ८ कठ्ठा जग्गा धितोबापत पास गरेको बताउँछन् । 

चौधरीले थप ११ वर्षको अन्तरालमा पटक पटक गरी ७ लाख ८१ हजार रुपैयाँ ऋण लिएको बताए। उनले भने, ‘मैले ऋण लिएको तिन वर्षपछि व्याज सहित तिन लाख २५ हजार नगदी दिएँ, वाँकी रहेको साँवा र व्याज सहित लिएर म उनको घरमा पुग्दा पैसा लिन मानेनन्।’

‘पछि बुझ्दै जाँदा रामसेवकले धितो राखेको जग्गा अरुलाई नै वेचिदिएको कुरा सुने, मालपोतमा जादाँ श्याम सुन्दर कामतीको नाममा पास गरेको रहेछ; उनले थपे, ‘म सोझो मान्छे, मलाई थाहै थिएन। उसले मालपोतमा जानुपर्छ भनेर लिएर गयो। मैले उसले भनेका ठाउँमा ल्याप्चे लगाइदिएँ। आवश्यकपर्दाका बखत मैले उनीसंग नै लेनदेन गर्थे, पटक पटक गरी करिव १ विघा १४ कठ्ठा जग्गा पास गरेछ। अहिले उनले त मलाई उठिवास नै गराइदियो।’

मिटरव्याज पीडित यादवले ऋणीको जग्गा जमिनमात्र हड्पेनन्। अहिले जिल्ला प्रशासनलाई नै प्रभावमा पारेर फर्जि मिलापत्रको निवेदन दिने र मिलापत्र भएको भन्ने हल्ला चाएका छन्। गोलबजार ८ का विरेन्द्र यादवको नामको उजुरीमा एक दिन पनि छलफल नगरी मिलापत्रका फर्जि निवेदन हालेर मिलापत्र गरेको भन्दै प्रशासन नै भनिरहेका छन्। त्यहि आधारमा प्रशासन पनि उनको बचाउँमा लागेका छन्। यस्तो खालको गतिविधिले प्रशासन पनि संकाको घेरामा परेको छ।

यता, जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ नरेश कुमार यादवसङ्ग जिज्ञासा् राख्दा ` मिटरब्याजी रामसेवक यादव र पिडित बिरेन्द्र यादवको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ। उनले ` छिटै कुनै निकास निसकिन्छ हामी अनुसन्धानकै क्रममा छौ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शनिबार उदयपुरमा बिजुली नहुने

उदयपुर । शनिबार (भोलि ) उदयपुरको गाईघाटसहित अधिकाश ठाउँमा बिजुली नहुने भएको छ । नेपाल विद्युत प्राधिकरणले जलजलेस्थित सबस्टेशनको ट्रान्सफर्मरको पावर फि...

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौँ । बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभिया...

बढ्दो यौन हिंसा र हत्याका घटनाप्रति सिजपको ध्यानाकर्षण

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले पछिल्लो समय बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, बलात्कार, हत्या तथा शोषणका घटनाप्रति च...

आठ पदाधिकारी पराजित: कांग्रेसभित्र नेतृत्व बहस तीव्र

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो लोकतान्त्रिक संघर्ष र राजनीतिक विरास...

कम्युनिस्टहरूले किन धक्का खाए ?

विभाजन, सत्ता राजनीति, वैचारिक अस्पष्टता र बदलिँदो जनमतको कथा

एन आई सी एशिया बैंकद्वारा शान्ति सेवा गृहका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं  । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा आश्रित १५० भन्दा बढी विद...

ऐतिहासिक न्यूनतामा कांग्रेस: हारपछि नेतृत्वमाथि प्रश्न, अब के रणनीति ?

काठमाडौं । प्रतिनिधिसभाको पछिल्लो निर्वाचनले नेपाली कांग्रेसलाई संसदीय इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ। लामो समय सत्ता र प्रतिपक्ष दुवै भूमिकामा ...

ओलीको बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने– पिता पात्र एक, भूमिका अनेक

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र सााह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व...

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: