Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

सांसद यादवका ससुरा मिटरब्याजी, कारबाही नहुदाँ आन्दोलनमा उत्रीन बाध्य सिरहाका मिटरव्याजी पिडित

खबरडबली संवाददाता

सिरहा । सिरहामा मिटरब्याज सम्वन्धी ऐन–कानुन् कार्यान्वनको माग गर्दै मिटर व्याज पीडितहरु फेरी आन्दोलनमा उत्रिन बाध्यय भएका छन् । मिटरव्याज पीडितहरुको लामो आन्दोलन पछि सरकारले कानुन् बनाएपनि कार्यान्वयमा ढिलासुस्ती र पीडककै हालिमुहाली हुन थालेपछि पीडितहरु पुनः आन्दोलनमा उत्रीन बाध्य भएका हुन् । 

पीडितको दवावपछि सरकार कानुन् बनाउन बाध्य भएपनि कार्यान्वयन गर्ने पदाधीकागरीहरु पीडकबाट प्रभावित भएर कानुन कार्यन्वनमा बेवास्ता गरेकाले आफूहरु फेरी सडकमा उत्रनु परेको बताए । आन्दोलनरत्त मिटरव्याजीहरुले सिरहा सदरमुकाममा प्लेकार्डमा ‘मिटरव्याजीको समर्थनमा लागेका सरकारी अधिकारी मुर्दावाद, ‘सिडियो कार्यालयमा गरिने ढिलासुस्ती अन्त्य गर, सुदखोरीलाई कारवाही गर, सुदखोरी विरुद्ध जाहिरी दर्ता गर, भ्रष्ट प्रशासन मुर्दावाद’ लगायतका नाराबाजी गरेर सदरमुकाम परिक्रमा गरेका थिए। 

न्यायको पर्खाइमा मिटरव्याज पिडित 

सरकारले अनुचित लेनदेन (मिटरव्याज)को कारोवार गर्ने विरुद्ध ऐन पारीत गरेपछि सिरहामा करिव ३७ सय उजुरी दर्ता भएका थिए । मिटरव्याजी पीडितहरुले सुदखोर विरुद्ध उजुरी दर्ता गराएपनि जिल्ला प्रशासनका तोकिएका कर्मचारी र मिटरव्याजी विचको साठगाँठमा करिव ३ सय समान्य लेनिदेनिका मुदाहरु मात्र मिलापत्र भएको पीडितहरु बताउँछन् । 

जिल्ला प्रशासन कार्यालयले नामुद मिटरव्याज साहुहरुसँगको मिलेमत्तोमा उनीहरुकै बचाउमा हुनेगरी निर्णय गरेको मिटरव्याज पीडितहरुले आरोप लगाएका छन्; धेरै मुद्दाहरु पेन्डिङ्ग बनाएर राखेको पीडितहरुको आरोप छ ।

‘कर्मचारी र सुदखोरको सेटिङ्गले कतिपय मुद्दा पेन्डिङ नै छ, सुनवाही नै अगाडि बढाई रहेका छैनन्; गोलबजार नगरपालिका ८ का मिटरव्याज पीडित विरेन्द्र कुमार यादवले भने, ‘मैले न्यायको लाग जिल्ला प्रशासन कार्यालयमा पहिलो लटमै उजुरी हालेपनि अहिलेसम्म छलफल हुन सकेको छैन। म धेरै पटक जिल्ला धाईसके कुनै सुनवाईनै भइरहेको छैन।’

यादवले गत २०६९ साल ५ महिना २० गते आर्नामा गाउँ पालिका १ बुढियाचापका नामुद मिटरव्याजी राम सेवक यादबसँग सैकडा ३ रुपैयाँ (वर्षिक ३६ प्रतिशत) दरले व्याँज तिर्ने सहमतिमा करिव दुइ करोड वरावरको जग्गा पासगरी ५ लाख रुपैयाँ लिएका थिए। उनले करिव १ वर्षको अवधिमा पटक पटक गरी १४ लाख ७५ हजार रुपैयाँ ऋण लिएकोे राम सेवकले नै व्याज सहित हिसाव गरी दिएको हस्तलिखित लेखतमा उल्लेख गरेका छन्। 

त्यसपछि मिटरव्यज पीडित विरेन्द्रले पछिल्लो ३ वर्षको अवधिमा  राम सेवक यादब (मास्टर)संग पटक–पटक गरी ८१ लाख रुपैयाँ लिएको बताए। यसरी लिएको ऋणको व्याजसहित आफूले ३ करोड नगद बुझाएपनि धितो राखेको जमिन फिर्ता गरेको छैन । उनले भने, ‘ऋण लिएको चार वर्षमा करिव ३ करौड रुपैयाँ बुझाई सके, यो मैले सर्त गरेर लिएको ३६ प्रतिशत व्याजले पनि बढी रकम हो। पछि मैले हिसाव गरौं भन्दा भागेर हिड्ने र धितोको लागि राखिएको ८ करौड भन्दा बढीको करिव २ विघा जग्गा समेत फर्काएनन्। बरु उनले धितोको जमिन पनि बेचे र त्यतिले पनि पुगेन भन्दै अन्त्यमा १८ लाखको कपालि पनि गरायो।’ 

अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा राम सेवक यादबको नाममा विरेन्द्रसहित १४ वटा भन्दा बढी उजुरी परेको छ। जिल्लाकै नामुद मिटरव्याजीको रुपमा जिल्लामा परिचित यादवको विरुद्ध धेरै उजुरी परेपनि उनी राजनीतिक प्रभावका कारण खुल्लमखुल्ला हिडिरहेका छन्। बरु रामसेवकले उल्टै पीडितहरुलाई धम्याउने गरेको पीडितहरु बताउँछन्। रामसेवक पूर्व मन्त्री तथा वर्तमान सिरहा निर्वाचन क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सदस्य राजकिशोर यादवका ससुरा हुन्। 

अर्का पीडित अर्नामा गाँउपालिका १ महनौरकै मायादेव चौधरीले उनै नामुद मिटर व्याजी राम सेवक यादबको चपेटामा परेका छन्। उनले २०५७ सालमा राम सेवकसंग घरखर्चका लागी २५ हजार रुपैयाँ पाचँ रुपैया सैकडा (वार्षिक ६० प्रतिशत) व्याजदिनेगरी लिएका थिए । चौधरीले ऋण लिएको एक दिन अगावै रामसेवककी श्रीमती दौलत देवी यादबको नाममा हालको चलनचल्ती मुल्य करिव २० लाख प्रतिकठ्ठा पर्ने ८ कठ्ठा जग्गा धितोबापत पास गरेको बताउँछन् । 

चौधरीले थप ११ वर्षको अन्तरालमा पटक पटक गरी ७ लाख ८१ हजार रुपैयाँ ऋण लिएको बताए। उनले भने, ‘मैले ऋण लिएको तिन वर्षपछि व्याज सहित तिन लाख २५ हजार नगदी दिएँ, वाँकी रहेको साँवा र व्याज सहित लिएर म उनको घरमा पुग्दा पैसा लिन मानेनन्।’

‘पछि बुझ्दै जाँदा रामसेवकले धितो राखेको जग्गा अरुलाई नै वेचिदिएको कुरा सुने, मालपोतमा जादाँ श्याम सुन्दर कामतीको नाममा पास गरेको रहेछ; उनले थपे, ‘म सोझो मान्छे, मलाई थाहै थिएन। उसले मालपोतमा जानुपर्छ भनेर लिएर गयो। मैले उसले भनेका ठाउँमा ल्याप्चे लगाइदिएँ। आवश्यकपर्दाका बखत मैले उनीसंग नै लेनदेन गर्थे, पटक पटक गरी करिव १ विघा १४ कठ्ठा जग्गा पास गरेछ। अहिले उनले त मलाई उठिवास नै गराइदियो।’

मिटरव्याज पीडित यादवले ऋणीको जग्गा जमिनमात्र हड्पेनन्। अहिले जिल्ला प्रशासनलाई नै प्रभावमा पारेर फर्जि मिलापत्रको निवेदन दिने र मिलापत्र भएको भन्ने हल्ला चाएका छन्। गोलबजार ८ का विरेन्द्र यादवको नामको उजुरीमा एक दिन पनि छलफल नगरी मिलापत्रका फर्जि निवेदन हालेर मिलापत्र गरेको भन्दै प्रशासन नै भनिरहेका छन्। त्यहि आधारमा प्रशासन पनि उनको बचाउँमा लागेका छन्। यस्तो खालको गतिविधिले प्रशासन पनि संकाको घेरामा परेको छ।

यता, जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ नरेश कुमार यादवसङ्ग जिज्ञासा् राख्दा ` मिटरब्याजी रामसेवक यादव र पिडित बिरेन्द्र यादवको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ। उनले ` छिटै कुनै निकास निसकिन्छ हामी अनुसन्धानकै क्रममा छौ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending