चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला (तीन नम्बर) पुल भएको ठाउँमा नयाँ पुल बनाउन विस्फोट गर्ने तयारी गरिएको छ । भित्तोतर्फ पुल बनाउनका लागि डाँडा भत्काउनुपर्ने भएकाले विस्फोट गर्न लागिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इ. कृष्ण आचार्यका अनुसार तुइन खोलाको पुल बनाउनका लागि ढिस्को पूरै भत्काउन नसकिएपछि विस्फोट गर्न लागिएको हो । पुलको मुग्लिनतर्फको झण्डै ६० मिटर अग्लो पहाडमध्ये २५ मिटर भत्काइएको छ । बाँकी ३५ मिटरका लागि लाई विस्फोट गर्न लागिएको छ ।
यसअघि गएको हिउँदमा सडक रोकेर दुई वटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको छ ।
प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमै विस्फोट गर्ने गृहकार्य गरिए पनि काममा ढिलाइ भएको थियो । उनका अनुसार ढिस्को भत्काउनका लागि विस्फोटक पदार्थ ल्याउन अनुमति पाइसकिएको छ । आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय र पुनः गृहमन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको सूचना अधिकारी आचार्यको भनाइ थियो । यससँगै विस्फोटक पदार्थ ल्याएर राख्न नेपाली सेनासँग रहेको बङ्कर मर्मत गर्ने तयारी गरिएको छ । दश टन विस्फोटक पदार्थ झिकाउन लागिएको उनले जानकारी दिए ।
दुई महिनाभित्रमा विस्फोटक पदार्थ झिकाएर अर्को दुई महिनामा विस्फोट गरी डाँडा भत्काउने तयारी छ । सूचना अधिकारी आचार्यले भने, ‘हाम्रो योजनाअनुसार काम भएमा आगामी असारसम्ममा पुल बनिसक्छ ।’ यो खण्डमा पर्ने १९ पुलमध्ये चार वटा पुल सन् २०२० मा निर्माण गरिएको थियो । बाँकी १५ पुल सँगसँगै निर्माण थालिएको हो । तीमध्ये पाँच वटा पुल निर्माण भएर गाडी चलाउन थालिएको छ ।
खहरे खोलाको पुल मुआब्जाका कारण रोकिएको थियो । मुआब्जा दिई ठाउँ खाली गरेर काम थालेसँगै निर्माणको काम ५० प्रतिशत सकिएको छ । बाँकी नौ वटा पुलमध्ये एउटाको भित्तो भत्काउनुपर्ने भएकाले काम थालिएको छैन भने बाँकी आठ वटाको काम दुई महिनाभित्रमा सम्पन्न हुनेछ । अधिकांश पुलमा पहुँचमार्गको काम भइरहेको छ ।
विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको थियो । पुलको लागत रु. एक अर्ब २८ करोड रहेको छ । पछिल्लो पटक थप गरिएको म्याद यही पुस १० गते सकिँदैछ । यो राजमार्गलाई एसियन विकास बैंक (एडिबी) को सहयोगमा एशियाली मापदण्डअनुसार एघार मिटर चौडा पुल बनाइएको छ । सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: