सप्तरी । ३६ वर्षमा चारपटक शिलान्यास भएको सप्तरीकाे राजविराज बसपार्कको निर्माण कार्य अझै पूर्ण हुन सकेको छैन । पटक–पटक स्थानीय जग्गाधनीको अवरोधका कारण निर्माणमा समस्या हुँदै आएको बसपार्क अहिले भने ठेकेदारको ढिलाइका कारण निर्माण कार्य ओझेलमा परेको हो ।
सहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजार ५१९ रुपैयाँमा काम गर्ने ठेक्का पाएको काठमाडौंको कुलेश्वरस्थित सिनर्जी बिल्डर्स प्रालीले बसपार्क निर्माणका लागि २०७४ पुस १६ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले २०७७ साल पुस १८ गते भित्र बसपार्क निर्माण गरिसक्नु पर्ने थियो । तर, निर्माण कम्पनीले तीन पटक म्याद थप गराए पनि ८५ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।
राजविराज बसपार्कको बिषयमा निकै गम्भीर रहेको सघन शहरी तथा भवन निर्माण आयोजना राजविराजका प्रमुख प्रदीप कुमार सिंहले बताए । उनले ठेकेदार कम्पनी सिनर्जी बिल्डर्सलाई आगामी ६ महिना भित्र जसरी पनि निर्माण कार्य सकेर हस्तान्तरण गर्न निर्देशन दिएको बताए ।
संसदीय समितिको अनुगमन पछि चाड पर्व आएकाले केही समय ढिलो भए पनि ‘करो या मरो’ हिसाबले ६ महिना भित्र जसरी पनि निर्माण कार्य सकेर हस्तान्तरण गर्न निर्देशन दिएको उनले बताए ।
पञ्चायतकाल देखि चारपटक शिल्यान्यास भएको बसपार्क निर्माण सम्पन्न नहुँदा सर्वसाधरण भने मारमा परिरहेका छन् । बसपार्क २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले पहिलोपटक बसपार्कको शिलान्यास गरेका थिए ।
त्यसपछि ०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन वलीले बसपार्कको शिलान्यास गरे । ०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।
यसपछि ०७४ मा सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले संयुक्त रूपमा बसपार्कको शिलान्यास गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: