Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन गरिने

सन्जिब दुलाल

भक्तपुर । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ ।  चाँगुनारायण नगरपालिका वडा नम्वर ३ झौखेलमा अवस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले  एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा अनुसन्धान गर्न लागेको हो । 

सुरुवातले नेपालका ७ वटै प्रदेश समेट्ने गरी २२ जिल्लाका १६ देखि ४५ वर्ष उमेरका आदिवासी जनजाति महिलाबारे अनुसन्धान गर्ने भएको छ । नेपालमा एचआइभी एड्सको क्षेत्रमा धेरै अध्ययन अनुसन्धान भए पनि आदिवासी जनजातिको क्षेत्रमा अहिलेसम्म कुनै अध्ययन नभएको सुरुवातका कार्यकारी प्रमुख राजेश दिदियाले बताए । उनले भने-'आदिवासी जनजाति भनेपछि त्यसै पनि पिछडिएका वर्गमा पर्छन् त्यो माथि एचआइभी एड्स सङ्क्रमित भएका महिलाहरूको अवस्था कस्तो होला यो हाम्रो कल्पना भन्दा पनि बाहिरको कुरा हो ।' 

नेपाली परिवेशमा उच्च घरानाकाहरुलाई नै पनि एचआइभी एड्स सङ्क्रमित भएको भन्ने थाह भएमा समाज देखि स्वास्थ्य संस्था सम्म गरिने व्यवहार नै राम्रो नभएकाे बताउँदै उनले आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषय कस्तो होला भनेर साेच्नु कल्पना बाहिरको कुरा रहेकेा बताए । 

उनले भने- 'हामीले विगत दुई वर्ष देखि नै यो विषयमा अध्ययन गर्दै आएका छौँ । हामीले अध्ययनको पहिलो फेजका रूपमा सरकारी तवरका डाटा तथा विभिन्न जर्नलहरूको अध्ययन गर्ने काम गर्‍यो तर आदिवासी जनजाति महिलाहरूको विषयमा कुनै जानकारी पाउन सकेको अवस्था भने छैन ।' 

सुरुवातकाे सायमा देशका सातवटै प्रदेशका २२ जिल्लामा अध्ययन गरिने जानकारी दिँदै उनले भने- 'अव सुरुवातले सात प्रदेशमा प्रत्येक प्रदेशका हिमाल पहाड तराई गरी तीन तीन जिल्ला गरी २१ जिल्ला र काठमाडौँ सबैको केन्द्र भएका कारण यो समेत थप गरी २२ जिल्लाका आदिवासी जनजाति महिलाको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन गर्न लागिएकाे हाे ।' यस्तै अनुसन्धानपछि सङ्क्रमित महिला तथा युवतीको लागि उपचार तथा पुनः स्थापनाका कार्यक्रम अघि बढाउने उनले जानकारी दिए ।

एचआइभी एड्स सङ्क्रमण भएर एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) मा सूचीकृत महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अन्य अधिकारको अवस्था पहिचान गर्ने उद्देश्यले उक्त अनुसन्धान गर्न लागेको दिदियाले बताए । उक्त अनुसन्धान प्रतिवेदनको आधारमा एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवती लक्षित कार्यक्रमसमेत अघि बढाइने उनको भनाइ छ  । 

क्यानडास्थित कम्युनिटिज एलाइन्स एन्ड नेटवर्क (क्यान) को सहयोगमा हुन लागेको उक्त  कार्यक्रमकाे मुख्य उद्देश्य मानिस यौनिक प्राणी हो एचआइभी एड्स सङ्क्रमित भए पनि उनीहरूको यौनिक इच्छा तथा अवस्था के छ भन्ने विषयमा क्वालिटेटिभ स्टडी गर्ने रहेकेा सुरुवातका कार्यक्रम अधिकृत अनुप अधिकारीले जानकारी दिए । 

उनका अनुसार एचआइभी सङ्क्रमित भई सकेपछि यौन तथा प्रजनन स्वास्थ्यको सवालमा अध्ययन नेपालमा भएको छैन जसका कारण उनीहरूलाई के आवश्यक छ भन्ने विषयमा पनि कसैलाई केही थाह छैन सोही कुरा उजागर गर्न आदिवासी जनजाति महिलाहरूको सवालमा अध्ययन गर्न लागेको हाे ।  उनले अनुसन्धानले समग्र एचआइभी सङ्क्रमित महिला, युवती र बालिकालाई समेट्ने बताए ।

अध्ययन एचआइभी संक्रमति आदिवासी तथा जनजाति महिला र युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्यको अवस्था उजागर गर्ने उद्देश्यका साथ हुन लागेको छ । यस्तो अनुसन्धान नेपालसँगै भारत, क्यानडा, पेरु, ग्वाटेमाला, नाइजेरिया र न्युजिल्याण्डमा एकै पटक सुरु हुन लागेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending