Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अवाले परिवार पुग्यो सडकमाः डेढ अरबको घर–जग्गा भू–माफियाको चंगुलमा

खबरडबली संवाददाता

काठमाडौं । मिनभवनस्थित गणेश अवालेको झण्डै साढे १ अरब बराबरको घर–जग्गा भू–माफियाहरुकोे चंगुलमा परेसँगै अवाले परिवार सडकमा आएको छ । बिहिबार संवाद डबलीमा अवाले परिवारले पत्रकार सम्मेलन गरि अदालतले पनि भूमाफियाहरुकै पक्षमा फैसला गरेको आरोप लगाउँदै सामाजिक न्यायको निम्ति अपिलसमेत गरेको छ ।

न्यायको अन्तिम आशाको किरणकारुपमा रहेको सर्बोच्च अदालतले गत भदौ १५मा पीडित विरोधी फैसला गरेपछि आफूहरु सडकमा पुगेको अवालेले भावुक हुँदै बताए । करिब एक दशक न्यायको लागि अदालतको चक्कर काटेको अवाले परिवारको सर्बोच्चको फैसलाले न्यायको पूणविराम नै लगाएको कानुन व्यवसायी विष्णु बास्तोलाले बताए ।

सर्बोच्चले पुनरावेदन दोहोर्याई पाउँ भन्ने निबेदनमा निस्सा नपाउने निर्णय सुनाएपछि न्यायपालिकाबाट न्यायको घाँटी रेटिएको पीडित श्रीमती चिरि महर्जन अवालेले रुदै बताईन ।

अवालेको मिनभवनस्थित ४ रोपनी ८ आना ३ पैसा १ दामको जग्गा र सो जग्गामा बनेका घरलाई विभिन्न जालसाजि र किर्ते गरेर भूमाफियाहरुले आफ्नो स्वामित्वमा लगेका छन् । पीडितका अधिकृत वारेस रहेका समाजसेवी छविन्द्रराज कडेलले अदालतबाट नभए पनि सामाजबाट न्याय दिलाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

मेलमिलापको लागि भन्दै काठमाडौं महानगरपालिकाले गत मंसिर १२ गते पीडितलाई बोलाएर पीडकहरुबाटै कुटपीट गर्न लगाएको आरोपसमेत लगाएका छन् । पीडित गणेश लाल अवाले, श्रीमती चिरी महर्जन अवालेका  अधिकृत वारेस छविन्द्रराज कडेलसहितलाई नगरपालिका कार्यालयमा बोलाएर महानगर प्रहरी प्रमुख राजनाथ पाण्डे र कानुन अधिकृत वसन्त आचार्यकै अगडी हतपात भएको पीडितहरु बताउँ छन् । किर्ते जालसाजी गरेर झुक्याएर आफ्नो सम्पत्ति लिन खोजे पनि कुनैपनि हालतमा नछाड्ने पीडित बताउँ छन् ।

कालु गुरुङले घर परिवारलाई फूटाउने र घर–जग्गा खालि गराउने कुनियतका साथ योजनाबद्ध रुपमा ४ आना जग्गा पास गर्ने र पुनःसोही जग्गा आफैले किनेको देखाई महानगरीपालिकामा उजुरी हाल्न लगाएको पीडितको गुनासो छ । 

सो जग्गामा घरसमेत पर्ने भएकोले घर खालि गर्न भनि पीडितको छोरा रविन अवालेलाई कालु गुरुङले उचाली घर खालि गराउन काठमाडौं महानगरपालिकामा उजुरी हलेको बताइन्छ ।

नगरपलिकाले कारवाही गरी फैसला गर्दा रविन अवालेलाई जिताईएको र फैसला बमोजिम घर खालि गर्ने १० दिने म्याद पीडित गणेश लाल अवालेको घरमा आएको थियो । सो म्याद पीडितका जेठा छोरा प्रकाश अवालेले बुझि पीडितलाई जानकारी गराएको थियो ।

नगरपालिकामा परेको उजुरीका विरुद्धमा जेष्ठ नागरिक ऐन र विश्वव्यापी मानव अधिकार ऐन लगाई नगरपालिकामा निबेदन दर्ता गर्न लग्दा सुरुमा दर्ता नगरे पनि बेलुका पख दर्ता गरेको पीडितले जानकारी दिए । सो निवेदनमा कालु गुरुङ, रविन्द्र अवाले र प्रकाश अवालेलाई छलफलको लागि नबोलाईएको भएपनि उनिहरु आएको पीडित बताउँ छन् ।

पीडितका अनुसार, निबेदनमा मनोजकुमार मिश्र, प्रविर सम्सेर जवरा र नारायणबहादुर कार्कीलाई झिकाई छलफल गराई पाउँ भन्ने थियो । प्रविर सम्सेरसमेतलाई जानकारी नै नदिई महानगरपालिकाले पीडितका सहयोगी छविन्द्र राज कडेललाई छोरा प्रकाश अवालेबाट कुटाउने नियतले कालु गुरुङको योजना भएको महानगरपालिकामा भएको घटनाले पुष्टि गर्द छ । त्यस्तो घटनाको विषयमा महानगरपालिका मौन बस्नुले उसको पनि पीडक पक्षदधरतालाई मलजल गर्दछ ।

अवाले जग्गा परकरणको नालिबेलीः
२०५४ सालमा अहल्या श्रेष्ठलाई नारायाण बहादुर कार्कीले मौखिक रुपमा घर बनाउने भनि पीडित जग्गा धनी गणेश लाल अवालेबाट १ रोपनी जग्गा हालैदेखिको वकस पत्र गरि लगिएको पीडित अवालेको दाबी छ । 

का.जि.कामनापा वडा नं १० हालको वडा नं. ३१ स्थित सिट नं. १०२–११८६–०४ को कित्ता नम्बर ३४१ (४ रोपनी ८ आना ३ पैसा १ दाम)लाई कित्ताकाट गरि दुई कित्ता बनाई १ कित्ता ३४२ र आर्को कित्ता ३४३ बनाइयो । पीडित अवालेबाट २०५४ भदौ २२ गते ३४२ नं.को १ रोपनी जग्गा रजिष्ट्रेसन नम्बर ११३२ले (रु.१० लाख)मा अहल्या श्रेष्ठले फिर्ता गर्ने सर्तमा हालैदेखिको वकस पत्र गरि लिएकी थिइन् । तर  आजसम्म पनि फिर्ता नगरी उल्टै सबै जग्गा किर्ते गरी पूर्जा चोर्ने कार्य गरेको पीडितको दाबी छ ।

सोही ३४२ कित्ताको जग्गा पुनः कित्ताकाट गरी ३६७ र ३६८ बनाई ३६७ कित्ता (८ आना जग्गा) र.नं. २३५० ले मिति २०५७ असोज १० गते रु. ६ लाखमा माथवर सिंह बस्नेतलाई राजिनामा पास गरी अहल्या श्रेष्ठले दिएको देखिन्छ । 

बाँकी ३६८ नं. कित्ता को ८ आना जग्गालाई रु. १० लाखमा  अहल्या श्रेष्ठले प्रविर सम्सेर जबरालई र.नं. १२२८१÷‘क’ले मिति २०६२ फागुन ९ गते राजिनामा पास गरेर दिएको देखिन्छ । पुनः माथवर सिंह बस्नेतले प्रविर सम्सेर जबरालाई र.नं. १२९२७÷ ‘क’ले मिति २०६२ फागुन २४ गते रु १० लाखमा बेचिएको देखिन्छ । 

यसरी फिर्ता गर्छु भनेर वकस गरि लगिएको ३४२ नम्बर कित्तालाई विभिन्न व्यक्तिलाई किनबेच गरेको विषयमा पीडित अवाले परिवारलाई कुनै थाहाजानकारी नभएको बुझिन्छ ।

दोस्रो जग्गा ३४३ नं. कित्ताको (३ रोपनी ८ आना ३ पैसा १ दाम) जग्गालाई धितोमा दिन भनी २०६१ चैत १९ गते पहिलो पक्ष पीडित गणेश लाल अवाले र दोस्रो पक्ष (१० तले अपार्टमेन्ट भवन बनाइदिने भनि विभिन्न सर्त राखिएको एक करारनामा)का नारायण बहादुर कार्कीले हस्ताक्षर गरेका छन्, जसमा मनोज कुमार मिश्र र प्रकाश अवाले(पीडित अवालेका जेठा छोरा)हरु साक्षि रहेका छन् ।

त्यसैगरी र.नं. ११९७७÷‘क’ले २०६२ फागुन २ गते उल्लेखित करार बमोजिम १० तले अपार्टमेन्ट भवन बनाउने सर्तमा दृष्टिबन्धक पास गर्ने नाममा झुक्याएर राजीनामा पास  गरी लगिएको रहेछ भन्ने पीडितको गुनासो छ । राजीनामा पास गर्दा लिखतमा ७९ लाख ३१ हजार १ सयको मुल्याङ्कन राखिएको रहेछ ।

यहाँसम्म आईपुग्दा पीडित अवालेको ४ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा योजनाबद्ध रुपमा प्रविर सम्सेर जबराको नाममा लगिएको र सो जग्गाको जम्मा मुल्य ९९ लाख ३१ हाजर १ सय गराएको देखिन्छ । सो सालमा उक्त जग्गाको सरकारी मुल्याङकन अनुसार १ रोपनीको रु.४८ लाख हुँदा ४ रोपनी ८ आना ३ पैसा १ दामको जम्मा मुल्य २ करोड १८ लाख ४३ हजार ७ सय ५० हुनु पर्नेमा निज प्रविर सम्सेर जबराले ९९ लाख ३१ हजार १ सयमा किनेको देखाएका छन् ।

यसरी एकातिर जग्गाधनीउपर जालसाजी गरेको देखिन्छ भने अर्कातिर मालपोतका कर्मचारीसँगको मिलेमतोमा राजश्व छलेकोसमेत पुष्टि हुन्छ । निज प्रविर सम्सेर जबराले र.नं.४६४४÷‘घ’ले २०६४ असार ३१ गते तीनै कित्ता जग्गालाई ९९ लाख ३१ हजार १ सयबाट पनि घटाई राजश्व छलि गर्ने नियतले रु.९१ लाख २५ हजारमा प्रमा डेभलपर्स प्रा.लि.लाई राजिनामा पास गरेको बुझिन्छ । 

पुनः २ वर्षपछि २०६४ सालमा जग्गाको सरकारी मुल्याङकन प्रति रोपनीको ६४ लाख हुँदा त्यसमा पनि राजश्व छलि गर्ने कुनियतका साथ झण्डै ३ करोड पर्ने जग्गालाई ९१ लाख २५ हजारमा कारोबार गरेको देखिन्छ । किनबेच गरेकै दिन जबरासमेत रहेको पर्मा डभलपर्स प्रा.लि.ले र.नं. ४६५५÷‘घ’ले कुमारी बैंक लिमिटेड पुतलीसडक साखा कार्यालयलाई रु. ३ करोड ७२ लाख ३७ हजारमा धितोमा दिएको पाईन्छ ।

प्रमा डेभलपर्स प्रा.लि.का सञ्चालक मनोज कुमार मिश्रले उक्त कम्पनी चन्द्र कुमार कार्की (नारायाण बहादुर कार्कीको भाई) हुँदै अरु ६/७ जना व्यक्तिलाई बिक्रि गरी नन्द किसोर बस्नेतको पालामा २०७१ सालमा धितो बन्धक राखिएको कुमारी बैंकलाई उचालि लिलाम गर्न लगाएको पाइन्छ ।

लिलाम गरिएको उक्त जग्गा रामकृष्ण हुमागाईले २०७१ असोज २७ गते सकारेपछि हुमागाईले इन्टर नेस्नल डेभलपमेन्ट बैंक लगनखेल साखामा र.नं. ११३४-‘घ’ले मिति २०७१ असोज २८मा धितोमा राखि ८ करोड ९० लाख लिई कुमारी बैंकको ७ करोड १५ लाख तिरेको पाईन्छ ।

त्यसपछि मनोजकुमार मिश्रले उक्त जग्गा कालु गुरुङको रोड सो रियल स्टेट प्रालिलाई आफ्नै नामबाट नामकरण गरिएको आर.के.एच डेभलपर्स प्रालिको सम्पूर्ण सम्पत्ति र.नं. ८२०÷‘घ’ले २०७२ चैत्र २४मा बिक्रि गरि सोही दिन नेपाल बंगलादेश बैंक हालको नबिल बैंक लिमिटेडमा धितो राखि १३ करोड ७८ लाख २५ हजार रुपैयाँ लिएको देखिन्छ । 

कालु गुरुङले र.नं. ११०५-‘घ’ले २०७४ जेठ २६ गते ३४३ नं. कित्तकाट गरी ५३८बाट ०–७–१–३ जग्गा ६ करोड २० लाखमा सचला श्रेष्ठ र अनुजमान सिंह श्रेष्ठलाई राजिनामा पास गरी दिएको देखिन्छ । उक्त जग्गा सचला श्रेष्ठले ११५३-‘घ’ले २०७४ जेठ २८ गते प्रभू बैंक लिमिटेडमा धितो राखी १ करोड २३ लाख लिएको देखिन्छ । बाँकी जग्गा ५३९को कित्ताकाट गरी ५४० र ५४१ बनाई ५४०को ४ आना जग्गा पीडित आवालेका कान्छा छोरा रविन अवालेलाई कालु गुरुङले बेचेको देखाईको छ । पुनः सोही ४ आना जग्गालाई कालु गुरुङले नै किनेर लगेको देखिन्छ ।

यसरी ०७१ सालमा नागरीक दैनिकमा आफ्नो घर–जग्गा कुमारी बैंकले लिलाम गर्ने भनि जारी गरिएको सूचनाबाट आफूहरुले थाहा पाएपछि न्यायको निम्ति कानुनी उपचारमा लागेको पीडित बताउँछन् ।

२०७१ सालमा पहिलोपटक न्यायको निम्ति मुद्धा दायर गरेर ६ वर्ष काठमाडौं जिल्ला अदालतमा विभिन्न २७ वटा मुद्धहरु दायर गरेपनि परिणाम उल्टो आएपछि पुनः उच्च अदालत पाटनमा पुनरावेदन गरिएको पीडितले बताए । ‘झण्डै २ वर्षपछि उच्च अदालतले पनि भूमाफियाहरुकै पक्षमा फैसाला गर्यो’ पीडित अवाले थप्छन् ।

त्यसपछि अन्तिम न्यायको निम्ति सर्बोच्च अदालतमा मुद्धा दायर गरिएको र २०८० भदौ १५ गते भएको फैसला पनि भूमाफियाहरुकै पक्षमा आयोे । सो फैसलामा पुनरावेदन दोहोर्याई पाउँ भन्ने निबेदनमा निस्सा नपाउने निर्णय सुनाएपछि न्यायपालिकाबाट पीडित अवाले परिवारको न्यायको पूर्णविराम लागेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

पश्चिमी वायुको आंशिक प्रभावले वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ। जसका कारण सोमबार गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेश...

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending