Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

अवाले परिवार पुग्यो सडकमाः डेढ अरबको घर–जग्गा भू–माफियाको चंगुलमा

खबरडबली संवाददाता

काठमाडौं । मिनभवनस्थित गणेश अवालेको झण्डै साढे १ अरब बराबरको घर–जग्गा भू–माफियाहरुकोे चंगुलमा परेसँगै अवाले परिवार सडकमा आएको छ । बिहिबार संवाद डबलीमा अवाले परिवारले पत्रकार सम्मेलन गरि अदालतले पनि भूमाफियाहरुकै पक्षमा फैसला गरेको आरोप लगाउँदै सामाजिक न्यायको निम्ति अपिलसमेत गरेको छ ।

न्यायको अन्तिम आशाको किरणकारुपमा रहेको सर्बोच्च अदालतले गत भदौ १५मा पीडित विरोधी फैसला गरेपछि आफूहरु सडकमा पुगेको अवालेले भावुक हुँदै बताए । करिब एक दशक न्यायको लागि अदालतको चक्कर काटेको अवाले परिवारको सर्बोच्चको फैसलाले न्यायको पूणविराम नै लगाएको कानुन व्यवसायी विष्णु बास्तोलाले बताए ।

सर्बोच्चले पुनरावेदन दोहोर्याई पाउँ भन्ने निबेदनमा निस्सा नपाउने निर्णय सुनाएपछि न्यायपालिकाबाट न्यायको घाँटी रेटिएको पीडित श्रीमती चिरि महर्जन अवालेले रुदै बताईन ।

अवालेको मिनभवनस्थित ४ रोपनी ८ आना ३ पैसा १ दामको जग्गा र सो जग्गामा बनेका घरलाई विभिन्न जालसाजि र किर्ते गरेर भूमाफियाहरुले आफ्नो स्वामित्वमा लगेका छन् । पीडितका अधिकृत वारेस रहेका समाजसेवी छविन्द्रराज कडेलले अदालतबाट नभए पनि सामाजबाट न्याय दिलाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

मेलमिलापको लागि भन्दै काठमाडौं महानगरपालिकाले गत मंसिर १२ गते पीडितलाई बोलाएर पीडकहरुबाटै कुटपीट गर्न लगाएको आरोपसमेत लगाएका छन् । पीडित गणेश लाल अवाले, श्रीमती चिरी महर्जन अवालेका  अधिकृत वारेस छविन्द्रराज कडेलसहितलाई नगरपालिका कार्यालयमा बोलाएर महानगर प्रहरी प्रमुख राजनाथ पाण्डे र कानुन अधिकृत वसन्त आचार्यकै अगडी हतपात भएको पीडितहरु बताउँ छन् । किर्ते जालसाजी गरेर झुक्याएर आफ्नो सम्पत्ति लिन खोजे पनि कुनैपनि हालतमा नछाड्ने पीडित बताउँ छन् ।

कालु गुरुङले घर परिवारलाई फूटाउने र घर–जग्गा खालि गराउने कुनियतका साथ योजनाबद्ध रुपमा ४ आना जग्गा पास गर्ने र पुनःसोही जग्गा आफैले किनेको देखाई महानगरीपालिकामा उजुरी हाल्न लगाएको पीडितको गुनासो छ । 

सो जग्गामा घरसमेत पर्ने भएकोले घर खालि गर्न भनि पीडितको छोरा रविन अवालेलाई कालु गुरुङले उचाली घर खालि गराउन काठमाडौं महानगरपालिकामा उजुरी हलेको बताइन्छ ।

नगरपलिकाले कारवाही गरी फैसला गर्दा रविन अवालेलाई जिताईएको र फैसला बमोजिम घर खालि गर्ने १० दिने म्याद पीडित गणेश लाल अवालेको घरमा आएको थियो । सो म्याद पीडितका जेठा छोरा प्रकाश अवालेले बुझि पीडितलाई जानकारी गराएको थियो ।

नगरपालिकामा परेको उजुरीका विरुद्धमा जेष्ठ नागरिक ऐन र विश्वव्यापी मानव अधिकार ऐन लगाई नगरपालिकामा निबेदन दर्ता गर्न लग्दा सुरुमा दर्ता नगरे पनि बेलुका पख दर्ता गरेको पीडितले जानकारी दिए । सो निवेदनमा कालु गुरुङ, रविन्द्र अवाले र प्रकाश अवालेलाई छलफलको लागि नबोलाईएको भएपनि उनिहरु आएको पीडित बताउँ छन् ।

पीडितका अनुसार, निबेदनमा मनोजकुमार मिश्र, प्रविर सम्सेर जवरा र नारायणबहादुर कार्कीलाई झिकाई छलफल गराई पाउँ भन्ने थियो । प्रविर सम्सेरसमेतलाई जानकारी नै नदिई महानगरपालिकाले पीडितका सहयोगी छविन्द्र राज कडेललाई छोरा प्रकाश अवालेबाट कुटाउने नियतले कालु गुरुङको योजना भएको महानगरपालिकामा भएको घटनाले पुष्टि गर्द छ । त्यस्तो घटनाको विषयमा महानगरपालिका मौन बस्नुले उसको पनि पीडक पक्षदधरतालाई मलजल गर्दछ ।

अवाले जग्गा परकरणको नालिबेलीः
२०५४ सालमा अहल्या श्रेष्ठलाई नारायाण बहादुर कार्कीले मौखिक रुपमा घर बनाउने भनि पीडित जग्गा धनी गणेश लाल अवालेबाट १ रोपनी जग्गा हालैदेखिको वकस पत्र गरि लगिएको पीडित अवालेको दाबी छ । 

का.जि.कामनापा वडा नं १० हालको वडा नं. ३१ स्थित सिट नं. १०२–११८६–०४ को कित्ता नम्बर ३४१ (४ रोपनी ८ आना ३ पैसा १ दाम)लाई कित्ताकाट गरि दुई कित्ता बनाई १ कित्ता ३४२ र आर्को कित्ता ३४३ बनाइयो । पीडित अवालेबाट २०५४ भदौ २२ गते ३४२ नं.को १ रोपनी जग्गा रजिष्ट्रेसन नम्बर ११३२ले (रु.१० लाख)मा अहल्या श्रेष्ठले फिर्ता गर्ने सर्तमा हालैदेखिको वकस पत्र गरि लिएकी थिइन् । तर  आजसम्म पनि फिर्ता नगरी उल्टै सबै जग्गा किर्ते गरी पूर्जा चोर्ने कार्य गरेको पीडितको दाबी छ ।

सोही ३४२ कित्ताको जग्गा पुनः कित्ताकाट गरी ३६७ र ३६८ बनाई ३६७ कित्ता (८ आना जग्गा) र.नं. २३५० ले मिति २०५७ असोज १० गते रु. ६ लाखमा माथवर सिंह बस्नेतलाई राजिनामा पास गरी अहल्या श्रेष्ठले दिएको देखिन्छ । 

बाँकी ३६८ नं. कित्ता को ८ आना जग्गालाई रु. १० लाखमा  अहल्या श्रेष्ठले प्रविर सम्सेर जबरालई र.नं. १२२८१÷‘क’ले मिति २०६२ फागुन ९ गते राजिनामा पास गरेर दिएको देखिन्छ । पुनः माथवर सिंह बस्नेतले प्रविर सम्सेर जबरालाई र.नं. १२९२७÷ ‘क’ले मिति २०६२ फागुन २४ गते रु १० लाखमा बेचिएको देखिन्छ । 

यसरी फिर्ता गर्छु भनेर वकस गरि लगिएको ३४२ नम्बर कित्तालाई विभिन्न व्यक्तिलाई किनबेच गरेको विषयमा पीडित अवाले परिवारलाई कुनै थाहाजानकारी नभएको बुझिन्छ ।

दोस्रो जग्गा ३४३ नं. कित्ताको (३ रोपनी ८ आना ३ पैसा १ दाम) जग्गालाई धितोमा दिन भनी २०६१ चैत १९ गते पहिलो पक्ष पीडित गणेश लाल अवाले र दोस्रो पक्ष (१० तले अपार्टमेन्ट भवन बनाइदिने भनि विभिन्न सर्त राखिएको एक करारनामा)का नारायण बहादुर कार्कीले हस्ताक्षर गरेका छन्, जसमा मनोज कुमार मिश्र र प्रकाश अवाले(पीडित अवालेका जेठा छोरा)हरु साक्षि रहेका छन् ।

त्यसैगरी र.नं. ११९७७÷‘क’ले २०६२ फागुन २ गते उल्लेखित करार बमोजिम १० तले अपार्टमेन्ट भवन बनाउने सर्तमा दृष्टिबन्धक पास गर्ने नाममा झुक्याएर राजीनामा पास  गरी लगिएको रहेछ भन्ने पीडितको गुनासो छ । राजीनामा पास गर्दा लिखतमा ७९ लाख ३१ हजार १ सयको मुल्याङ्कन राखिएको रहेछ ।

यहाँसम्म आईपुग्दा पीडित अवालेको ४ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा योजनाबद्ध रुपमा प्रविर सम्सेर जबराको नाममा लगिएको र सो जग्गाको जम्मा मुल्य ९९ लाख ३१ हाजर १ सय गराएको देखिन्छ । सो सालमा उक्त जग्गाको सरकारी मुल्याङकन अनुसार १ रोपनीको रु.४८ लाख हुँदा ४ रोपनी ८ आना ३ पैसा १ दामको जम्मा मुल्य २ करोड १८ लाख ४३ हजार ७ सय ५० हुनु पर्नेमा निज प्रविर सम्सेर जबराले ९९ लाख ३१ हजार १ सयमा किनेको देखाएका छन् ।

यसरी एकातिर जग्गाधनीउपर जालसाजी गरेको देखिन्छ भने अर्कातिर मालपोतका कर्मचारीसँगको मिलेमतोमा राजश्व छलेकोसमेत पुष्टि हुन्छ । निज प्रविर सम्सेर जबराले र.नं.४६४४÷‘घ’ले २०६४ असार ३१ गते तीनै कित्ता जग्गालाई ९९ लाख ३१ हजार १ सयबाट पनि घटाई राजश्व छलि गर्ने नियतले रु.९१ लाख २५ हजारमा प्रमा डेभलपर्स प्रा.लि.लाई राजिनामा पास गरेको बुझिन्छ । 

पुनः २ वर्षपछि २०६४ सालमा जग्गाको सरकारी मुल्याङकन प्रति रोपनीको ६४ लाख हुँदा त्यसमा पनि राजश्व छलि गर्ने कुनियतका साथ झण्डै ३ करोड पर्ने जग्गालाई ९१ लाख २५ हजारमा कारोबार गरेको देखिन्छ । किनबेच गरेकै दिन जबरासमेत रहेको पर्मा डभलपर्स प्रा.लि.ले र.नं. ४६५५÷‘घ’ले कुमारी बैंक लिमिटेड पुतलीसडक साखा कार्यालयलाई रु. ३ करोड ७२ लाख ३७ हजारमा धितोमा दिएको पाईन्छ ।

प्रमा डेभलपर्स प्रा.लि.का सञ्चालक मनोज कुमार मिश्रले उक्त कम्पनी चन्द्र कुमार कार्की (नारायाण बहादुर कार्कीको भाई) हुँदै अरु ६/७ जना व्यक्तिलाई बिक्रि गरी नन्द किसोर बस्नेतको पालामा २०७१ सालमा धितो बन्धक राखिएको कुमारी बैंकलाई उचालि लिलाम गर्न लगाएको पाइन्छ ।

लिलाम गरिएको उक्त जग्गा रामकृष्ण हुमागाईले २०७१ असोज २७ गते सकारेपछि हुमागाईले इन्टर नेस्नल डेभलपमेन्ट बैंक लगनखेल साखामा र.नं. ११३४-‘घ’ले मिति २०७१ असोज २८मा धितोमा राखि ८ करोड ९० लाख लिई कुमारी बैंकको ७ करोड १५ लाख तिरेको पाईन्छ ।

त्यसपछि मनोजकुमार मिश्रले उक्त जग्गा कालु गुरुङको रोड सो रियल स्टेट प्रालिलाई आफ्नै नामबाट नामकरण गरिएको आर.के.एच डेभलपर्स प्रालिको सम्पूर्ण सम्पत्ति र.नं. ८२०÷‘घ’ले २०७२ चैत्र २४मा बिक्रि गरि सोही दिन नेपाल बंगलादेश बैंक हालको नबिल बैंक लिमिटेडमा धितो राखि १३ करोड ७८ लाख २५ हजार रुपैयाँ लिएको देखिन्छ । 

कालु गुरुङले र.नं. ११०५-‘घ’ले २०७४ जेठ २६ गते ३४३ नं. कित्तकाट गरी ५३८बाट ०–७–१–३ जग्गा ६ करोड २० लाखमा सचला श्रेष्ठ र अनुजमान सिंह श्रेष्ठलाई राजिनामा पास गरी दिएको देखिन्छ । उक्त जग्गा सचला श्रेष्ठले ११५३-‘घ’ले २०७४ जेठ २८ गते प्रभू बैंक लिमिटेडमा धितो राखी १ करोड २३ लाख लिएको देखिन्छ । बाँकी जग्गा ५३९को कित्ताकाट गरी ५४० र ५४१ बनाई ५४०को ४ आना जग्गा पीडित आवालेका कान्छा छोरा रविन अवालेलाई कालु गुरुङले बेचेको देखाईको छ । पुनः सोही ४ आना जग्गालाई कालु गुरुङले नै किनेर लगेको देखिन्छ ।

यसरी ०७१ सालमा नागरीक दैनिकमा आफ्नो घर–जग्गा कुमारी बैंकले लिलाम गर्ने भनि जारी गरिएको सूचनाबाट आफूहरुले थाहा पाएपछि न्यायको निम्ति कानुनी उपचारमा लागेको पीडित बताउँछन् ।

२०७१ सालमा पहिलोपटक न्यायको निम्ति मुद्धा दायर गरेर ६ वर्ष काठमाडौं जिल्ला अदालतमा विभिन्न २७ वटा मुद्धहरु दायर गरेपनि परिणाम उल्टो आएपछि पुनः उच्च अदालत पाटनमा पुनरावेदन गरिएको पीडितले बताए । ‘झण्डै २ वर्षपछि उच्च अदालतले पनि भूमाफियाहरुकै पक्षमा फैसाला गर्यो’ पीडित अवाले थप्छन् ।

त्यसपछि अन्तिम न्यायको निम्ति सर्बोच्च अदालतमा मुद्धा दायर गरिएको र २०८० भदौ १५ गते भएको फैसला पनि भूमाफियाहरुकै पक्षमा आयोे । सो फैसलामा पुनरावेदन दोहोर्याई पाउँ भन्ने निबेदनमा निस्सा नपाउने निर्णय सुनाएपछि न्यायपालिकाबाट पीडित अवाले परिवारको न्यायको पूर्णविराम लागेको छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिफन्टले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृट...

विदेशी नागरिकता लिने थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार ...

सिमरा सेजको ४९० बिघा जमिन अतिक्रमित

पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहर...

मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ

काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्...

रोल्पा जीप दुर्घटना : मृत्यु हुनेमा एकै घरका ७ सहित १४ आफन्त

राेल्पा  । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइत...

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता...

पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानील...

शल्यक्रियापछि मृत्यु विवाद टुंगियो: १ लाख क्षतिपूर्ति सहमतिपछि परिवारले शव बुझ्यो

काठमाडौं । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। ...

डीएसपीसम्मको सम्पत्ति छानबिन दायरामा, विशेष आयोगलाई व्यापक अधिकार

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...

अपराध बढेको रिपोर्टपछि अनलाइन छली नियन्त्रणमा भारतले कडाइ गर्दै

नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending