सिरहा । सिरहाको गोलबजार नगरपालिकाले मंसिर ९ गते लिएको परीक्षामा छोरा फेल भएपछि पत्रकार गणेशप्रसाद साहले परीक्षा रद्दको माग गर्दै आमरण अनसनको चेतावनी दिएका छन् । नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष समेत रहेका साहले आज गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापन पत्र बुझाउँदै सो चेतावनी दिएका हुन् ।
कर्मचारी भर्नाका लागि आह्वान गरेको दरखास्त बमोजिम रितपूर्वक आवेदन दिई लिखित परीक्षामा सामेल हुँदा त्यहाँ खटिएका कर्मचारी निरञ्जन शाक्यले छोरा राजा बाबु साहको कपी १५ मिनेट नियन्त्रणमा लिएको आरोप पत्रकार साहको रहेको छ । कपी नियन्त्रणमा लिएर परीक्षामा असफल गराउने नियत देखिएको आरोप पत्रकार साहले लगाएका छन् । उनले भने, ‘मेरो छोरालाई फेल गराउनकै लागि कपी नियन्त्रणमा लिनुभएको थियो ।’
पत्रकार साहले परीक्षा रद्द गरी पुनः अर्को परीक्षा लिन माग गरेका छन् । बदनीयतपूर्ण तरिकाले उत्तर पुस्तीका खोस्ने कार्य गरेकाले निज कर्मचारीलाई छनोट प्रक्रियामा सामेल नगराउन समेत उनले माग गरेका छन् । साथै उनले कर्मचारी निरञ्जन शाक्यलाई प्रशासन प्रमुखबाट हटाएर स्वास्थ्य सेवा तर्फ पठाउन माग गरेको छ ।
यी मागहरू मंसिर १७ गतेभित्र पुरा नभए नगरपालिका प्राङ्गणमा आमरण अनसन बस्ने चेतावनी समेत उनले दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: