Ntc summer Offer
Khabar Dabali २१ फाल्गुन २०८० सोमबार | 4th March, 2024 Mon
NIMB

प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले ७ दिनको तलब भूकम्पपीडितलाई दिने

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त, आयुक्तसहित कर्मचारीले जाजरकोट भूकम्प पिडितलाई सात दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएको छ । 

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक तथा आयोग एवम् आयोगअन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिव र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको छ ।  

 

प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्ति :

 

२०८०/०८/१३

आयोगको मिति २०८०/०८/१३ गतेको निर्णय बमोजिम संवत् २०८० साल कार्तिक १७ गते शुक्रबार जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको भूकम्पबाट मृत्यु भएका नेपाली नागरिकहरू प्रति आयोगको तर्पmबाट श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै तत्काल राहतको लागि नेपाल सरकारबाट स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट दिन सात (७) को पारिश्रमिक तथा आयोग एवम् आयोग अन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिब र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।  

 

शालिग्राम शर्मा पौडेल
सहसचिव एवम् प्रवक्ता

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बुढानीलकण्ठमा काँग्रेस पदाधिकारीको बैठक सुरु

काठमाडौं । नेपाली काँग्रेस पदाधिकारीको बैठक बुढानीलकण्ठमा सुरु भएको छ । काँग्रेसका सभापति शेरबहादुर देउवाले आह्वान गरेको बैठकमा पदाधिकारी र पूर्वपदाधि...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारको मूल्यमा एकैपटक २ हजार रुपैयाँले बढेर आइतबार प्रतितोला १ लाख २१ हजार ...

माओवादी बैठकमा नयाँ समीकरणबारे प्रधानमन्त्री दाहालकाे ब्रिफिङ

बामपन्थी एकतासम्मका लागि समीकरण

बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरु सहभागी छन् । उन...

प्रधानमन्त्री सहमत भए रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दै

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री प्रचण्...

सभापति लामिछानेकै नेतृत्वमा सरकारमा जाने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निश्चित भएको छ । पार्टी सरकारमा जाने भए सँगै सभापति रवि लामिछानेकै नेतृत्व...

जनयुद्ध लडेकाे दल सरकारमा हुँदा पनि संक्रमणकालीन न्याय नटुंगिनु दुःखदः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सशस्त्र क्रान्तिबाट आएको दल सरकारमा हुँदा पनि पीडितलाई न्याय हुने गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण ...

एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दै

काठमाडौं । गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बन्ने भएको छ । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन् । रास्...

शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने छ: मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रिया चाडै टुङ्गोमा पुग्ने बताएकी छन् । माओवादी केन्द्र दाङको घोराही नगर समितिले आयो...

फेरियो सत्ता समीकरण

एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन, आजै ४ मन्त्रीले शपथ लिने

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies