दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो ।
मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ३४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये धनकुटा सागुरीगढी गाउँपालिका–८ का २८ वर्षीय विक्रम राई, ताप्लेजजुङ याङ्बरक–६ का २६ वर्षीय सचिन्द्र लिम्बु, धनकुटा सागुरी गाउँपालिका–७ का ४२ वर्षीय रामप्रसाद राई, सोही ठाउँका २८ वर्षीय बोगिन्द्र राई र ४५ वर्षीय टीकाराज राईको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये धनकुटा साँगुरीगढी–९ का ३८ वर्षीय सन्तोषकुमार राई, कास्कीको पोखरा महानगरपालिका–३१ का ४१ वर्षीय भोजराज सुनार, धनकुटा साँगुरीगढी–८ का ४८ वर्षीय जुनारसिंह राई, ४४ वर्षीय तीर्थबहादुर राई, ५० वर्षीय लक्षु राई, सहचलक कास्कीको पोखरा महानगरपालिकाका ३० वर्षीय अजित परियार, सप्तरी महादेव–६ का२५ वर्षीय शम्भु यादव, बस चालक प्यूठान सरुमहारानी–५ का २३ वर्षीय होमलाल पल्ली मगर, धनकुटा साँगुरी–७ बका ४५ वर्षीय हरिशचन्द्र राईलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै धनकुटा सावरी–७ का ३० वर्षीय हमालप्रसाद राई, सोही ठाँका २९ वर्षीय सन्दिप राई, ३५ वर्षीय लखमन राई, मोरङको विराटनगर महानगरपालिकाका २६ वर्षीय आशिष शर्मा, धनकुटा साँगुरीगढी–७ का ४५ वर्षीय सविन राई, सोही ठाउँका ३६ वर्षीय नरेन्द्र न्यौपाने, २९ वर्षीय विजय राई, ४१ वर्षीय मनिराज राई, सप्तरी महादेव–६ बस्ने २३ को विवजय यादव, १४ वर्षीय सुमन यादव, ४९ वर्षीय आश राई, ४६ वर्षीय तीर्थ राई, ४८ वर्षीय उदेश राई, ४२ वर्षीय सीताराम घाइते, ५२ वर्षीय शत्रुधन राई, २१ वर्षीय किरण राई, धनकुटा चौबिसे–७ का २४ वर्षीय सांसद लिम्बू, ४१ वर्षीय प्रशान्त राई, ४७ वर्षीय जयकुमारा राईको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरी महादेव–६ का १५ वर्षीया प्रिती यादव भने डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: