रुकुमपश्चिम । रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा उक्त रकम पठाउन लागिएको हो ।
जिल्ला विपत् व्यवस्थापन समितिले त्रिवेणी गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि ६४ घर परिवारका लागि पहिलो किस्ता वापतको रकम पठाउने निर्णय गरेको हो । भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि-२०८० (दोस्रो संम्शोधन समेत) परिच्छेद २ को ३ (१) बमोजिम उक्त रकम निकासा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडूवालले जानकारी दिए ।
उनका अनुसार पहिलो किस्तामा एक घरपरिवारले पाउनुपर्ने रु २५ हजार रकम स्थानीय जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको कोषमा पहिलो किस्तामा १६ लाख रकम पठाइने छ । अस्थायी आवास पूर्ण निर्माण भएपछि बाँकी रकम पठाइने उनको भनाइ छ ।
भूकम्पबाट घर क्षति भएकालाई अस्थायी आवास निर्माणका लागि सरकारले रु ५० हजार राहत उपलध गराउने निर्णय गरिसकेको छ । त्रिवेणी बाहेक अन्य पालिकाबाट कुन-कुन घर परिवारले रकम पाउने भन्ने विवरण नआइसकेकाले ती पालिकाका लागि रकम निकासा भने हुन सकेको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८१ - १५:२८
नकपुरधाम । भंगहा-जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एकजना गम्भीर घाइते भएका छन् । जनकनन्दनी गाउँपालिका- ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छो...
श्रावण १२ गते, २०८१ - १५:२२
काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ३९ जनाको मृत्यु भ...
श्रावण १२ गते, २०८१ - १५:१३
काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो मेडल काजकिस्तानले जितेको छ । काजकिस्तानले १० मिटर एयर राइफल मिक्स टिममा तेस्रो स्थान हासिल गरेसँगै काश्य पदक जितेक...
श्रावण १२ गते, २०८१ - १४:३५
काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति घटेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र...
श्रावण १२ गते, २०८१ - १४:२९
काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराईरमधेश द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्...
श्रावण १२ गते, २०८१ - १४:२२
गण्डकी । पोखराको विजयपुरवारीको लेखनाथ क्षेत्र सात ताल नामबाट चर्चित छ । यहाँका सातवटै ताल रामसार सूचीमा सूचीकृत छन् । तर लेखनाथ क्षेत्रमा तालका कारण न...
श्रावण १२ गते, २०८१ - १४:१७
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । जसपा नेपालका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार बैठक साउन २७, ...
श्रावण १२ गते, २०८१ - १३:५४
काठमाडौं । चलचित्र “नमेटिने घाउ’’ मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । शुक्रबार रेडियो नेपालको स्...
श्रावण १२ गते, २०८१ - १३:५०
धनगढी । १७ वर्षीय नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै धनगढीको नोभा अस्पतालमा तनाब उत्पन्न भएको छ । सामान्य अवस्थामा ल्याइएका क...
श्रावण १२ गते, २०८१ - १३:३५
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लायन्स क्लबहरुले समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएको छन्। लायन्स क्लव विरा...
प्रतिकृया लेख्नुहोस्: