रुकुम । पूर्वअर्थमन्त्री जनार्दन शर्माले भूकम्पप्रभावित क्षेत्रमा एक हप्ताभित्र अस्थायी आवास निर्माण गरिसक्नुपर्नेमा जोड दिएको छन् । दिन प्रतिदिन चिसो बढ्दै गएको र चिसोका कारण भूकम्पपीडित समस्यामा पर्दै गएकाले एक हप्ताभित्र ३० हजार अस्थायी बासस्थान बनाउनुपर्ने बताएको हो ।
आज रुकुम पश्चिम पुगेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिसँगको छलफलमा प्रतिनिधिसभा सदस्य शर्माले विभिन्न निकाय अस्थायी आवास निर्माणमा लागेका बताउँदै अस्थायी बसोबासको व्यवस्थाका निम्ति पर्याप्त स्रोतसाधन र जनशक्ति नभएको गुनासो गरे ।
“चिसो निकै बढ्दै गएको छ, पानी पर्यो भने महामारीको जोखिम हुन्छ, अहिलेको मुख्य प्राथमिकता भनेको अस्थायी आवास निर्माण हो, त्रिपालले चिसो छल्न सकेको छैन”, उनले भने ।
सरकारले अस्थायी टहरा निर्माणका लागि रकम निकासा गरेको भए पनि पालिकाहरुबाट अझै पनि कागजात नआएका कारण त्यो रकमले अस्थायी टहरा निर्माणमा विलम्ब भएको पूर्वमन्त्री शर्माले बताए ।
यसैबीच, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले भूकम्पप्रभावित क्षेत्रमा तीनवटै तहका सरकारबीच समन्वय हुन नसकेको बताएको छ । आज जिल्ला विपत् व्यवस्थापन समिति रुकुम पश्चिमले आयोजना गरेको छलफलमा समितिले यस्तो बताएको हो ।
उद्धार तथा राहतमा तीनै तहका सरकारबीच केही समन्वय भएकोे देखिए पनि पुन:निर्माण र अस्थायी आवास कार्यक्रममा भने त्यति समन्वय नभएको समितिले टिप्पणी गरेको छ ।
समिति सभापति दिलकुमारी रावल थापाले भूकम्पप्रभावित क्षेत्रमा राहत, उद्धार र पुन:निर्माणको काममा तीनै तहका सरकारबीचको समन्वय अपरिहार्य भएकोे बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...



प्रतिकृया लेख्नुहोस्: