काठमाडौं । गैर आवासीय नेपाली संघमा अध्यक्ष पदको दाबी गरिरहेका राजेन्द्रकुमार शर्माले विवाद समाधान गरिदिन सरकारलाई आग्रह गरेका छन् ।
उनले संघको अनलाइन निर्वाचनमा भएको धाँधलीबारे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अध्ययन प्रतिवेदन उपलब्ध गराई संघमा चुलिएका विवाद समाधान गरिदिन सरकारलाई आग्रह गरेका हुन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले वर्तमान अध्यक्ष डा. बद्री केसी नेतृत्वले अनलाइन भोटिङमा धाँधली गरी आफ्नो पक्षमा मत बढाएको उल्लेख गर्दै संघभित्र पछिल्लो समय चुलिएको विवाद समाधान गर्न सरकार गुहारेका हुन् ।
उनले केसी नेतृत्वको समूहले निर्वाचन प्रक्रिया नै परिवर्तन गरी गैरकानूनी रुपले आफ्नो पक्षमा नतिजा पारेको भन्दै आफूहरुले निर्वाचनमा भएको धाँधलीको निष्पक्ष अनुसन्धान गराउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) मा गरेको उजुरीबारे अनुसन्धान प्रतिवेदन पाउनुपर्ने बताए ।
उनले भने, ‘सीआइबीमा हामीले छानबिनका लागि उजुरी हालेको ३५ दिनभन्दा बढी भयो । सोबारे सत्यतथ्य के हो भनेर कागजपत्र माग्दा हामीसम्म आइपुगेको छैन । तर, केही मिडियामार्फत जान्ने मौका मिल्यो, सीआइबीको अनुसन्धान गरेको कुरा बाहिर आइससकेको रहेछ ।’
शर्मा नेतृत्वको समूहले वर्तमान केसी नेतृत्वको एनआरएनए गैरकानूनी भएको दाबी गर्दैै पुनः निर्वाचन गराउनुपर्ने माग गर्दै आएको छ । शर्माले समस्या समाधानका लागि पुनः निर्वाचन गर्नुपर्ने मागसहित हाल चुलिएको विवादलाई समाधान गरिदिन सरकारलाई आग्रह गरेका छन् ।
उनले भने, ‘म विनंम्रपूर्वक नेपाल सरकारलाई आग्रह गर्छु, यो गैरआवासीय नेपाली संघका विवाद समाधान गर्दिनुस् र निर्वाचनमा भाग लिएको उम्मेदवारले सीआइबीमा हालेको निवेदनका आधारमा सीआइबीले गरेको अनुसन्धानको अफिसियल रिपोर्ट उपलब्ध गराइदिनुहोस् ।’
शर्मा नेतृत्वको समूहले पुनः निष्पक्ष निर्वाचन हुनुपर्ने माग गर्दै विज्ञप्ति पनि जारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...



प्रतिकृया लेख्नुहोस्: