पर्वत । पर्वतको भौतिक पूर्वाधार विकास कार्यालय इन्जिनियरविहीन बनेको छ । जिल्लाको भौतिक विकास निर्माणको जिम्मेवारी लिएको सरकारी निकाय विगत विगत तीन वर्षदेखि इन्जिनियरविहीन भएको हो ।
कार्यलयमा इन्जिनियर नहुँदा जिल्लको विकास निर्माणको काम नै प्रभावित भएको छ । तीन जना इन्जिनियर सातौँ र आठौँ तहको दरबन्दी रहेको भए पनि कार्यालयमा अहिले इन्जिनियरका सबै कुर्ची खाली रहेका छन् । जिल्लाको ग्राभेल सडक, पुल, माटे सडक, झोलुङ्गे पुललगायत निर्माण गर्ने कार्यालय यस्तो अवस्थामा पुगेपछि जिल्लाबासी जिल्लाको विकासमा अबरोध भएको गुनासो गर्न थालेका छन् । कायौलयमा सबइन्जिनियर अधिकृतस्तर पाँचौँ र छैटौँको सात वटा दरबन्दी रहेपनि हाल दुई जना मात्रै कार्यरत रहेका छन्।
सीमित जनशक्तिले डिटेल स्टिमेट तयार गर्ने, योजनाको डिपिआर निरीक्षण गर्ने, योजनाको मूल्याङ्कनलगायत कामले अत्यधिक भार परेको कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताए । बिहान र बेलुका नभनी कार्यालयको काम गर्दासमेत भनेको समयमा निर्माण कार्यको भने जस्तो गरी समयमा मूल्याङ्कन र निरीक्षण गर्नसमेत सक्ने अवस्था नरहेको उनको भनाइ छ । कतिपय सडक निर्माणको सम्झौता गरेका ठेकेदारलाई ठेक्का सम्झौता रद्द गर्ने दबाब दिएपछि मात्रै काममा फर्केका र योजनाको काम प्रभावित हुन नदिन दैनिक ज्यालादारीमा प्रतिव्यक्ति एक हजार दुई सयदेखि एक हजार पाँच सय रुपियाँसम्म दिने गरी प्राविधिक सुपरभाइजरको रूपमा तीन जना सबइन्जिनियरलाई काममा लगाइएको उनले बताए ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेशले करारमा कर्मचारी राख्न नपाइने व्यवस्था गरेपछि ज्यालादारीमा राख्नु परेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पूर्वाधर विकास कार्यालय पर्वतमा इन्जिनियर, लेखा, प्रशासन, हलुका सवारी चालकलगायत सबै गरेर जम्मा १६ जनाको दरबन्दी भए पनि अहिले कार्यरत कर्मचारीको सङ्ख्यामा कार्यालय सहयोगी दुई जनासहित गरी जम्मा आठ जना मात्रै रहेका छन्।
पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार जिल्लामा नौ वटा बहुवर्षीय सडक योजना सञ्चालनमा छन् भने चार वटा आरसिसी पुल बन्दै गरेका छन् । चार वटा आरसिसी पुलमध्ये लिदीखोला सडक पुल राम्जा र छत्तीसघाट सडक पुल पैयुँ गरी दुई वटा पुल निर्माणाधीन छन् । अन्य दुई वटा सडक पुल ठेक्का प्रक्रियामा गइसकेको अवस्था छ। पूर्वाधार विकास कार्यालय अन्तर्गत यस वर्ष साना र ठुला गरी १७२ वटा भौतिक विकास निर्माणका योजना सञ्चालनमा छन् ।
यस वर्ष पर्वतको भौतिक पूर्वाधार विकासमा एक अर्ब पाँच करोड रकमको बजेट विनियोजित छ । पूर्वाधार विकास कार्यालयको मुख्य भौतिक प्रगति विवरण अनुसार अहिलेसम्म ८१.३७ किमी पक्की सडक, ग्राभेल सडक ३४.७ किमी र माटे सडक १७.५७ किमी सम्पन्न भइसकेको छ । दक्ष प्राविधिक जनशक्तिको अभावले विकास निर्माणका गतिविधिलाई तीव्र गति दिन नसक्ने अवस्था रहेको कार्यालयको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...



प्रतिकृया लेख्नुहोस्: