पर्वत । पर्वतको भौतिक पूर्वाधार विकास कार्यालय इन्जिनियरविहीन बनेको छ । जिल्लाको भौतिक विकास निर्माणको जिम्मेवारी लिएको सरकारी निकाय विगत विगत तीन वर्षदेखि इन्जिनियरविहीन भएको हो ।
कार्यलयमा इन्जिनियर नहुँदा जिल्लको विकास निर्माणको काम नै प्रभावित भएको छ । तीन जना इन्जिनियर सातौँ र आठौँ तहको दरबन्दी रहेको भए पनि कार्यालयमा अहिले इन्जिनियरका सबै कुर्ची खाली रहेका छन् । जिल्लाको ग्राभेल सडक, पुल, माटे सडक, झोलुङ्गे पुललगायत निर्माण गर्ने कार्यालय यस्तो अवस्थामा पुगेपछि जिल्लाबासी जिल्लाको विकासमा अबरोध भएको गुनासो गर्न थालेका छन् । कायौलयमा सबइन्जिनियर अधिकृतस्तर पाँचौँ र छैटौँको सात वटा दरबन्दी रहेपनि हाल दुई जना मात्रै कार्यरत रहेका छन्।
सीमित जनशक्तिले डिटेल स्टिमेट तयार गर्ने, योजनाको डिपिआर निरीक्षण गर्ने, योजनाको मूल्याङ्कनलगायत कामले अत्यधिक भार परेको कार्यालय प्रमुख गुरुदत्त अधिकारीले बताए । बिहान र बेलुका नभनी कार्यालयको काम गर्दासमेत भनेको समयमा निर्माण कार्यको भने जस्तो गरी समयमा मूल्याङ्कन र निरीक्षण गर्नसमेत सक्ने अवस्था नरहेको उनको भनाइ छ । कतिपय सडक निर्माणको सम्झौता गरेका ठेकेदारलाई ठेक्का सम्झौता रद्द गर्ने दबाब दिएपछि मात्रै काममा फर्केका र योजनाको काम प्रभावित हुन नदिन दैनिक ज्यालादारीमा प्रतिव्यक्ति एक हजार दुई सयदेखि एक हजार पाँच सय रुपियाँसम्म दिने गरी प्राविधिक सुपरभाइजरको रूपमा तीन जना सबइन्जिनियरलाई काममा लगाइएको उनले बताए ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालय गण्डकी प्रदेशले करारमा कर्मचारी राख्न नपाइने व्यवस्था गरेपछि ज्यालादारीमा राख्नु परेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पूर्वाधर विकास कार्यालय पर्वतमा इन्जिनियर, लेखा, प्रशासन, हलुका सवारी चालकलगायत सबै गरेर जम्मा १६ जनाको दरबन्दी भए पनि अहिले कार्यरत कर्मचारीको सङ्ख्यामा कार्यालय सहयोगी दुई जनासहित गरी जम्मा आठ जना मात्रै रहेका छन्।
पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार जिल्लामा नौ वटा बहुवर्षीय सडक योजना सञ्चालनमा छन् भने चार वटा आरसिसी पुल बन्दै गरेका छन् । चार वटा आरसिसी पुलमध्ये लिदीखोला सडक पुल राम्जा र छत्तीसघाट सडक पुल पैयुँ गरी दुई वटा पुल निर्माणाधीन छन् । अन्य दुई वटा सडक पुल ठेक्का प्रक्रियामा गइसकेको अवस्था छ। पूर्वाधार विकास कार्यालय अन्तर्गत यस वर्ष साना र ठुला गरी १७२ वटा भौतिक विकास निर्माणका योजना सञ्चालनमा छन् ।
यस वर्ष पर्वतको भौतिक पूर्वाधार विकासमा एक अर्ब पाँच करोड रकमको बजेट विनियोजित छ । पूर्वाधार विकास कार्यालयको मुख्य भौतिक प्रगति विवरण अनुसार अहिलेसम्म ८१.३७ किमी पक्की सडक, ग्राभेल सडक ३४.७ किमी र माटे सडक १७.५७ किमी सम्पन्न भइसकेको छ । दक्ष प्राविधिक जनशक्तिको अभावले विकास निर्माणका गतिविधिलाई तीव्र गति दिन नसक्ने अवस्था रहेको कार्यालयको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: