Ntc summer Offer
Khabar Dabali १३ फाल्गुन २०८० आईतवार | 25th February, 2024 Sun
NIMB

प्रसाईं समर्थकको प्रदर्शनमा गाैशलामा लाठीचार्ज

खबरडबली संवाददाता

काठमाडौं । मेडीकल व्यवसायी दुर्गा प्रसाईं समर्थकको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ ।  काठमाडौंको गौशालामा प्रदर्शन गरिरहेकाहरुमाथि प्रहरीले बल प्रयोग गरेको हो ।

उनीहरूले गौशाला चोकमा बाटो बन्द गरेर आमसभा गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो ।  धर्मगुरुको अगुवाइमा भएको आन्दोलनमा प्रसाईं पुगेपछि प्रदर्शनकारीले आधा घण्टा गौशाला चोकमा सडक जाम गरेर आमसभा गर्न दिनुपर्ने माग गरेका थिए। 

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेपछि प्रहरीले बल प्रयोग गरेको थियो । अहिले प्रदर्शनकारी तितरवितर भएका छन् । राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नाममा केही दिन यता काठमाडौंमा विरोध प्रदर्शन भइरहेको छ। 

प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरेपछि प्रसाईंले सम्बोधन गर्न पाएनन्। 
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माैका पर्दा मन्त्री र सभामुख पड्काउने, अनि व्यवस्थाको विरोध गर्नेः माधव सापकाेटा

काठमाडौं । माओवादी सांसद माधव सापकोटाले वर्तमान व्यवस्था र संविधानको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल...

नयाँ जहाज खरिदमा १८ करोड कमिसनको खेल भएकाे सांसद खतिवडाकाे आरोप

काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नयाँ जहाज खरिदमा कमिसनको खेल सुरु भएको दाबी गरेका छन् । आइतबार संसदको विशेष समयमा सांसद...

गृह मन्त्रालयले पत्र पठाउँदै मिटरब्याज पीडितलाई वार्तामा बोलायो

काठमाडौं । गृह मन्त्रालयले पत्र पठाउँदै  मिटरब्याज पीडितलाई वार्तामा बोलाएकाे छ ।  २३ दिनसम्म पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितलाई वार्ताम...

भीमदत्त नगरपालिकाको वडा कार्यालयभित्र युवती मृत भेटिइन्

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडा कार्यालयभित्र युवती मृत फेला परेकी छिन् । भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र एक युवती झुण...

संसदमा उठाएका विषयहरु सरकारले बेवास्ता गरेको भन्दै संसदको पुनःध्यानाकर्षण

काठमाडौं ।  प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै प्रमुख प्रतिपक्ष दलले यसअघिका बैठकमा उठाएका विषयहरु सरकारले बेवास्ता गरेको भन्दै संसदको पुनःध्यानाक...

हिन्दू देवी देवताको पूजाआजा र चाडपर्वमा द्वन्द्व र हिंसा भड्काउन खोजिएको सांसद जैसवालको आरोप

काठमाडौं । राप्रपाकी सांसद बिणा जैसवलालले पछिल्लो समय मधेशका जिल्लाहरूमा हिन्दू देवी देवताको पूजाआजा र धार्मिक विसर्जनका क्रममा द्वन्द्व सिर्जना गर्न ...

नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य पाँच रुपैयाँ बढेको छ ।  आज छापावाल...

‘शून्य र विशेष समयमा उठेका विषयमा सरकार जवाफदेही भएन’

काठमाडौं । नेकपा एमालेकी सांसद विजुला रायमाझीले संसदमा शून्य र विशेष समयमा उठेका विषयहरूमा सरकार जवाफदेही नभएको बताएकी छन् । आइतबार प्रतिनिधि सभाको...

नेपाल टेलिकमका केबुल तार चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । नेपाल टेलिकमको केबुल तार चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कास्कीका २९ वर्षीय रमेश सार्की, २१ वर्षीय विजय नेपाली र...

सङ्घीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु (प्रत्यक्ष प्रसारण)

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies