Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

मर्यादित महिनावारी प्रवद्र्धनका लागि स्यानेटरी प्याड बनाउने तालिम

खबरडबली संवाददाता

सल्यान  । मर्यादित महिनावारी र स्यानेटरी प्याड निर्माण सम्बन्धी तालिम सल्यानको छत्रेश्वरी गाउँपालिकामा सुरु भएको छ । महिनावारी सम्बन्धी संकुचन हटाउन र घरेलु स्यानीटरी प्याड निर्माण गरी यसको प्रयोगलाई प्रर्बद्धन गर्नका लागि दुई दिने तालिमको आयोजना गरिएको हो ।

छत्रेश्वरी गाउँपालिका, वास ईकाइको आयोजनामा सोमबारदेखि सुरु भएको तालिममा महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका छात्रा, महिला शिक्षक, धामी, झाँक्री तथा पुजारीहरुको पनि सहभागिता रहेको छ ।
तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा, स्वास्थ्य संयोजक केशरीदेवी भट्टराई, वास सम्पर्क व्यक्ति मिलन कुमार वली लगायतको सहभागिता थियो । 

महिनावारी प्राकृतिक कुरा भएको र यसका बारे सचेतना फैलाउन आवश्यक रहेकाले धामी तथा पुजारीहरुलाई पनि तालिममा सहभागि बनाइएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । 

घरेलु प्याड निर्माण तालिम संगै मर्यादिन महिनावारी र प्याडको बजारीकरणका विषयमा पनि अभिमुखिकरण गरिने उनले जनाए ।

वास संयोजक निमराज केसी र पुस्पा केसीले तालिममा प्रशिक्षण तथा अभिमुखिकरण गरिरहेका छन् । छत्रेश्वरी गाउँपालिका र सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (सुस्वा) परियोजना अन्तर्गत मर्यादित महिनावारी प्रवद्र्धन एवम् महिनावारी स्वच्छता सुधारका लागि तालिमको आयोजना गरिएको गाउँपालिकाका वास सहजकर्ता सुरज वलीले जानकारी दिए ।

सरसफाइ तथा स्वच्छता सामग्री प्रदर्शन

यसैविच छत्रेश्वरीमा सरसफाइ तथा स्वच्छता सामग्री प्रदर्शन गरिएको छ । छत्रेश्वरी–६ लान्तीमा भएको कार्यक्रममा कम पानी चाहिने सुधारिएको सौचालय निर्माणका लागि नया स्याटोका उत्पादित सामग्रीहरुको प्रदर्शन गरिएको हो ।

अशक्त, अपांगता भएका, बालबालिका, जेष्ठ नागरिक लगायतका प्रयोगकर्तामैत्री सुधारिएको सौचालय निर्मान गर्न जरुरी रहेको भन्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले सरसफाइ र स्वच्छता अभियानलाइ प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताए ।

सुस्वा आयोजनाका सरसफाइ बिज्ञ गोविन्द रोकायले स्याटो उत्पादनका नया सामग्रीहरुः आइ ट्रयाप, स्टुल, स्याटो प्यान, स्याटो हात धुने स्थान र एडप्टरको प्रदर्शन संगै, यी सामग्रीका विशेषता र प्रगोग गर्ने तरिकाको बारे जानकारी गराएका थिए । उनले स्याटोका सबै सामग्रीहरु उच्च गुणस्तरको पोलिप्रोपिलिन प्लास्टिकबाट बनाइएको हुने बताएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending