Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

मर्यादित महिनावारी प्रवद्र्धनका लागि स्यानेटरी प्याड बनाउने तालिम

खबरडबली संवाददाता

सल्यान  । मर्यादित महिनावारी र स्यानेटरी प्याड निर्माण सम्बन्धी तालिम सल्यानको छत्रेश्वरी गाउँपालिकामा सुरु भएको छ । महिनावारी सम्बन्धी संकुचन हटाउन र घरेलु स्यानीटरी प्याड निर्माण गरी यसको प्रयोगलाई प्रर्बद्धन गर्नका लागि दुई दिने तालिमको आयोजना गरिएको हो ।

छत्रेश्वरी गाउँपालिका, वास ईकाइको आयोजनामा सोमबारदेखि सुरु भएको तालिममा महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका छात्रा, महिला शिक्षक, धामी, झाँक्री तथा पुजारीहरुको पनि सहभागिता रहेको छ ।
तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगी, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा, स्वास्थ्य संयोजक केशरीदेवी भट्टराई, वास सम्पर्क व्यक्ति मिलन कुमार वली लगायतको सहभागिता थियो । 

महिनावारी प्राकृतिक कुरा भएको र यसका बारे सचेतना फैलाउन आवश्यक रहेकाले धामी तथा पुजारीहरुलाई पनि तालिममा सहभागि बनाइएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । 

घरेलु प्याड निर्माण तालिम संगै मर्यादिन महिनावारी र प्याडको बजारीकरणका विषयमा पनि अभिमुखिकरण गरिने उनले जनाए ।

वास संयोजक निमराज केसी र पुस्पा केसीले तालिममा प्रशिक्षण तथा अभिमुखिकरण गरिरहेका छन् । छत्रेश्वरी गाउँपालिका र सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता (सुस्वा) परियोजना अन्तर्गत मर्यादित महिनावारी प्रवद्र्धन एवम् महिनावारी स्वच्छता सुधारका लागि तालिमको आयोजना गरिएको गाउँपालिकाका वास सहजकर्ता सुरज वलीले जानकारी दिए ।

सरसफाइ तथा स्वच्छता सामग्री प्रदर्शन

यसैविच छत्रेश्वरीमा सरसफाइ तथा स्वच्छता सामग्री प्रदर्शन गरिएको छ । छत्रेश्वरी–६ लान्तीमा भएको कार्यक्रममा कम पानी चाहिने सुधारिएको सौचालय निर्माणका लागि नया स्याटोका उत्पादित सामग्रीहरुको प्रदर्शन गरिएको हो ।

अशक्त, अपांगता भएका, बालबालिका, जेष्ठ नागरिक लगायतका प्रयोगकर्तामैत्री सुधारिएको सौचालय निर्मान गर्न जरुरी रहेको भन्दै गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले सरसफाइ र स्वच्छता अभियानलाइ प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताए ।

सुस्वा आयोजनाका सरसफाइ बिज्ञ गोविन्द रोकायले स्याटो उत्पादनका नया सामग्रीहरुः आइ ट्रयाप, स्टुल, स्याटो प्यान, स्याटो हात धुने स्थान र एडप्टरको प्रदर्शन संगै, यी सामग्रीका विशेषता र प्रगोग गर्ने तरिकाको बारे जानकारी गराएका थिए । उनले स्याटोका सबै सामग्रीहरु उच्च गुणस्तरको पोलिप्रोपिलिन प्लास्टिकबाट बनाइएको हुने बताएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending