काठमाडाैं । ०५९ सालमा गाविस सचिवको रूपमा सरकारी सेवा सुरु गरेका सुरेश अधिकारी यतिबेला निकै चर्चामा रहेका छन् । गाविस सचिव, नेपाल दूरसञ्चार कार्यालयमा सहायक स्तरको कर्मचारी हुँदै यातायात व्यवस्था कार्यालयको लेखापाल नियुक्त भएका कर्मचारी हुन अधिकारी ।
उनै अधिकारी सार्वजनिक सेवामा बहालरत हुँदा ५ करोड १० लाख ३३ हजार रुपैयाँ बराबरको अकुत सम्पत्ति आर्जन गरेका छन् । ०५९ साल असोज १६ गते रोल्पामा गाविस सचिवको रूपमा जागिरमा प्रवेश गरेका अधिकारी ०६० जेठ २६ गतेदेखि २०६५ चैत्र १९ गतेसम्म नेपाल दुरसञ्चार कार्यालयमा सहायक कर्मचारीको रूपमा काम गरेका थिए । दूरसञ्चारमा कार्यरत रहँदा उनको वार्षिक भत्ता, बोनस, प्रोत्साहन समेतको आय जोड्दा ५ लाख ६३ हजार ९२२ रुपैयाँ मात्र बचत देखिएको थियो ।
त्यसपछि २०६५ चैत्र ३० गते लेखापालमा नियुक्त भएका उनले २०६७ चैतसम्म लेखापालको रूपमा कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुरमा काम गरेका थिए । २०६७ चैतदेखि २०७४ वैशाख ६ गतेसम्म यातायात व्यवस्था कार्यालय इटहरीमा लेखापालको रूपमा काम गरेका थिए । यही अवधिमा पदीय हैसियतभन्दा अकुत आर्जन गरेको र आर्जित सम्पत्ति चार श्रीमतीदेखि सासुहरुका नाममा समेत लगानी गरेको भेटिएपछि अख्तियार विशेष अदालतमा पुगेको थियो ।
२०७६ वैशाख २३ गतेअदालतमा गएको उनको मुद्धा अहिले सर्वोच्चमा छ । विशेष अदालतको फैसला चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको छ । अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्धामा विशेषको फैसला चित्त नबुझेर अख्तियार सर्वोच्च पुगेको हो ।
अख्तियारले उनीसहितका उनका चारै जना पत्नीहरु दुर्गा अधिकारी, दीपा श्रेष्ठ, सुस्मिता अधिकारी, सोममाया श्रेष्ठलाई समेत प्रतिवादी बनाउँदै विशेषमा मुद्धा दायर गरेको थियो । उनीहरुको नाममा तराईका विभिन्न जिल्लामा महंगा स्थानमा जग्गा खरिद गरेर आलिशान घर बनाउने काममा लगानी गरेका थिए । सबै श्रीमतीका लागि छुट्टाछुट्टै करोडौंको घर, गाडीका अलवा करोडौंको सुनका गरहना जोडेको भेटिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यस्का अलवा सासुहरुका नाममा समेत करोडौंको घर जग्गामा लगानी गरेको भेटिएको अख्तियारले जनाएको छ ।
अधिकारीको वैध आय ८८ लाख ३४ हजार ८८५ रुपैयाँको तुलनामा ५ करोड १० लाख ३३ हजार ६२३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट अधिकारीको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको थियो।
अख्तियारले उनीविरुद्ध २०७६ वैशाख २३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेषले अधिकारीलाई दोषी ठहर गर्यो । न्यायधीशद्धय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनलाई ६ महिना कैद तथा ३ करोड ९६ लाख रुपैयाँभन्दा बढी जरिवानाका साथै जरिवानाबराबरको सम्पत्ति जफत हुने फैसला गरेको थियो । अख्तियारले मुद्दा दायर गरेको झन्डै चार वर्षपछि अभियोग ठहर हुने फैसला भयो तर पछि ०७६ मंसिर २ गते सर्वोच्च अदालतबाट धरौटीमा रिहा भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...



प्रतिकृया लेख्नुहोस्: