काठमाडौं । आइशर कमर्सियल भेहिकलको नेपालस्थित आधिकारिक विक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १६ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने ४ दिने सर्भिस क्याम्पको सुरुवात गरेको छ ।
“बदलिँदो मौसमसँगै गाडीमा आइपर्ने विभिन्न समस्याहरूको समाधान गरी ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्ने मुख्य उद्देश्य सहित आइशरले कमर्सिअल भेहिकल सर्भिस क्याम्पको आयोजना गरेको हो ।
यी केन्द्रहरु मध्ये दुईवटा काठमाडौं उपत्यकाका जगाती र सतुंगलबाट ग्राहकहरूले सेवालिन सक्ने बताइएको छ । उपत्यकाबाहिर झापाको बिर्तामोड, सुनसरीको इटहरी, जनकपुर, बिरगन्ज, मकवानपुरको हेटौंडा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगडीमध्ये आफूलाई पायक पर्ने स्थानबाट ग्राहकहरूले सेवालिन सक्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी डिलर मार्फत् पोखरा, बुटवल, नारायणगढ, नौबिसे, त्रिशुलीबाट पनि ग्राहकहरूले सेवालिन सक्ने बताइएको छ । ४ दिने क्याम्पमा आइशरका ५०० भन्दा बढी व्यवसायिक गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले जाँच एवम् मर्मत सम्भार गरिने छ भने जाँच गराउन आउँदा सवारी धनीहरुले स्पेयर्स पार्ट्समा १०% छुट, लुब्रिकेंट्समा १५% छुट, विशेष मर्मतमा २५% सम्मको छुट प्राप्त गन आइशर कमर्सियल भेहिकलका सर्भिस–जनरल म्यानेजर शरद कुमार मिश्रले बताए ।
यसैगरी नियमित मर्मत सम्भार, ड्राइभर ट्रेनिंग, ब्याट्री तथा वायरिंग चेक–अप निशुल्क रुपमा पाउनुका साथै अन्य थुप्रै सुविधाहरु पनि प्राप्त गर्ने उनको भनाइ छ । भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादन गर्दै आएका कारण नेपालसहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको कम्पनीस्ले जनाएको छ ।
विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्याधिक लोकप्रिय ब्रान्ड आइशर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्रीवितरण गर्दै आइरहेको आइशर कमर्सियल भेहिकलका सर्भिस–जनरल म्यानेजर मिश्रले बताए । १६६०१११५५५, ९८०१५७५१११ मा सम्पर्क गरि सर्भिस क्याम्पको बारेमा थपजानकारी तथा प्रि–बुकिङ गर्नसमेत सक्ने उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: