काठमाडौं । एकजना कर्मचारीले आफ्नै सहकर्मी देखि स्थानीय तहका सयौं कर्मचारीहरुलाई ठगेर बेपत्ता भएका छन् । कालिकोटको रास्कोट नगरपालिका ५ स्युनाका अर्जुन शाहीले सयौँ कर्मचारीलाई ठगेर सम्पर्क बिहिन भएका हुन् ।
शाही यतिबेला जागिरको सिलसिलामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा प्राविधिक फाँटमा कार्यरत रहेका छन् । उनले सयौँ कर्मचारीलाई ठगेको गुनासो अहिले व्यापक रुपमा फैलिरहेको छ ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कोषाध्यक्ष समेत रहेका शाही दशैंको मुखमा स्थानीय तहका कर्मचारीहरु सडक संघर्षमा हुँदा उनी पनि आन्दोलनमा मिसिन आइपुगेका थिए । आन्दोलनका क्रममा भेटिएका विभिन्न जिल्ला र स्थानीय तहका कर्मचारीहरुसँग उनले चिनजान र सम्पर्क बढाए । सोही सम्पर्कका आधारमा उनले पैसा माग्दै म्यासेज पठाए । म्यासेज थियो श्रीमती विरामी भएर अस्पतालमा भर्ना भएको, एपेन्डिक्सको आजै अप्रेशन गर्नुपर्ने ।
आन्दोलनकै क्रममा भेटिएका साथीको पीडा पछि धेरै जसो साथीहरुले उनले मागे अनुसार ८ हजार, १० हजार त कसैले १५ हजारसम्म सहयोग गरे । यसरी उनले कम्तिमा पनि एक सय भन्दा बढी कर्मचारीबाट रकम उठाएको विवरण अहिले छरपष्ट भएको छ ।
साथिहरुले सहयोग गरेको रकम फिर्ता माग्न थालेपछि शाही नम्बर ब्लक गरेर समपर्क बिहिन हुदै आएका छन् । शाहीलाई नजिकबाट चिन्नेहरुका अनुसार शाहीले कहिले कलेजको फि तिर्न त कहिले श्रीमती बिरामी भएको बहानामा रकम ठग्दै आएका छन् ।
यस अघि नेल्टा नामक पशु चिकित्सकहरुको संस्थामा आवद्ध रहँदा उनले १३२ कर्मचारीहरुसँग २ हजारदेखि ४० हजार रकमसम्म त्यसैगरी उठाएका थिए । त्यहाँको बदमासी चाल पाएपछि उनले अहिले स्थानीय तहका कर्मचारी आन्दोलनमा जोडिएर कर्मचारीहरु ठगेका हुन ।
यस अघि नेल्टामा आवद्ध १३२ बढी प्राविधिकहरुलाई यसैगरी ठगेर फरार भएका उनी यस पटक स्थानीय तहका कर्मचारीलाई ठग्ने प्लानले नै कर्मचारी आन्दोलनमा मिस्सिएको खुलेको छ ।
शाही अहिले पालिकाको सम्पर्कमा छैनन् । दशैं बिदामा कालिकोट गएका उनी कार्यालयमा हाजिर भइ नसकेको पालिकाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: