Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

सयाैं सहकर्मी कर्मचारीबाट लाखौँ ठगेर सम्पर्क विहीन भए शाही

खबरडबली संवाददाता

काठमाडौं । एकजना कर्मचारीले आफ्नै सहकर्मी देखि स्थानीय तहका सयौं कर्मचारीहरुलाई ठगेर बेपत्ता भएका छन् । कालिकोटको रास्कोट नगरपालिका ५ स्युनाका अर्जुन शाहीले सयौँ कर्मचारीलाई ठगेर सम्पर्क बिहिन भएका हुन् । 

शाही यतिबेला जागिरको सिलसिलामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा प्राविधिक फाँटमा कार्यरत रहेका छन् । उनले सयौँ कर्मचारीलाई ठगेको गुनासो अहिले व्यापक रुपमा फैलिरहेको छ ।

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कोषाध्यक्ष समेत रहेका शाही दशैंको मुखमा स्थानीय तहका कर्मचारीहरु सडक संघर्षमा हुँदा उनी पनि आन्दोलनमा मिसिन आइपुगेका थिए । आन्दोलनका क्रममा भेटिएका विभिन्न जिल्ला र स्थानीय तहका कर्मचारीहरुसँग उनले चिनजान र सम्पर्क बढाए । सोही सम्पर्कका आधारमा उनले पैसा माग्दै म्यासेज पठाए । म्यासेज थियो श्रीमती विरामी भएर अस्पतालमा भर्ना भएको, एपेन्डिक्सको आजै अप्रेशन गर्नुपर्ने ।

आन्दोलनकै क्रममा भेटिएका साथीको पीडा पछि धेरै जसो साथीहरुले उनले मागे अनुसार ८ हजार, १० हजार त कसैले १५ हजारसम्म सहयोग गरे । यसरी उनले कम्तिमा पनि एक सय भन्दा बढी कर्मचारीबाट रकम उठाएको विवरण अहिले छरपष्ट भएको छ ।

साथिहरुले सहयोग गरेको रकम फिर्ता माग्न थालेपछि शाही नम्बर ब्लक गरेर समपर्क बिहिन हुदै आएका छन् । शाहीलाई नजिकबाट चिन्नेहरुका अनुसार शाहीले कहिले कलेजको फि तिर्न त कहिले श्रीमती बिरामी भएको बहानामा रकम ठग्दै आएका छन् ।

यस अघि नेल्टा नामक पशु चिकित्सकहरुको संस्थामा आवद्ध रहँदा उनले १३२ कर्मचारीहरुसँग २ हजारदेखि ४० हजार रकमसम्म त्यसैगरी उठाएका थिए । त्यहाँको बदमासी चाल पाएपछि उनले अहिले स्थानीय तहका कर्मचारी आन्दोलनमा जोडिएर कर्मचारीहरु ठगेका हुन ।

यस अघि नेल्टामा आवद्ध १३२ बढी प्राविधिकहरुलाई यसैगरी ठगेर फरार भएका उनी यस पटक स्थानीय तहका कर्मचारीलाई ठग्ने प्लानले नै कर्मचारी आन्दोलनमा मिस्सिएको खुलेको छ ।
शाही अहिले पालिकाको सम्पर्कमा छैनन् । दशैं बिदामा कालिकोट गएका उनी कार्यालयमा हाजिर भइ नसकेको पालिकाले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

कांग्रेसले कैलाली–५ बाट चार उम्मेदवार सिफारिस, आरजु राणा देउवा अग्रस्थानमा

धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...

भिमाद नगरपालिकाद्वारा दूध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान

तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...

हायात रिजेन्सी बन्द अवधिमा पनि कर्मचारीलाई न्यूनतम तलब दिने सहमति

काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...

काठमाडौंमा चिसो बढ्यो, तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...

कांग्रेसले उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्र गर्न मातहतलाई निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...

नदीजन्य पदार्थ ओसारपसार गर्ने १३ वटा ट्याक्टर नियन्त्रणमा

मकवानपुर  । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...

पूर्वमुख्यमन्त्रीका सहोदर भाइ महावीर चौधरी हत्या आरोपमा पक्राउ

धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending