Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

पर्सा मिलन केन्द्रले गर्‍यो विभिन्न व्यक्तिहरुलाई सम्मान

खबरडबली संवाददाता

काठमाडौं । पर्सा मिलन केन्द्र स्थापनाको तेइसौँ वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक भव्य समारोहकाबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा रहेर योगदान दिएका व्यक्तिहरुलाई सम्मानित गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा विभिन्न विधाका १० व्यक्तित्वहरु रहेका छन् । आयोजक पर्सा मिलन केन्द्रका अध्यक्ष उमेशकुमार गुप्ता रौनियारका अनुसार शिक्षातर्फ प्रा.डा. रामदेव तिवारी, स्वास्थ्यतर्फ स्त्री रोग विशेषज्ञ प्रा.डा. अचला वैद्य, कलातर्फ लोकगायक सलीम अहमद, साहित्यतर्फ कवि दिनेश गुप्ता, उद्योगतर्फ ताराचन्द्र केडिया र व्यवसायतर्फ उर्मिला श्रेष्ठ प्रधान रहेका छन् ।

त्यसैगरी, खेलकुदबाट कुस्तीका राष्ट्रिय खेलाडी कुन्दन साह तुरहा, सामाजिकतर्फ मनोज राम, संचारतर्फ रेडियोकर्मी ध्रुवकमार साह तेली, विज्ञान तथा प्रविधितर्फ इञ्जिनियर चन्द्रेश्वर राई र विविध सञ्चारतर्फ टेलिभिजनकर्मी प्रतिमा चौधरी सम्मानित भएका छन् ।

कदर पत्र पाउनेहरुमा प्रतिमा चौधरी (सञ्चार), रुबी राणा शाह (प्रथम मिस नेपाल), उषा खड्गी (मिस नेपाल), प्रसिद्धि शाह (मिस नेपाल इन्टरनेशनल २०२३), प्रविण मानन्धर (रक्तदान संचार सेवा), प्रदर्शनी कुमारी (महिला पुर्व प्रमुख जिल्ला अधिकारी), डा.सुरेन्द्र महतो (विद्यावारिधि), मिरा शाह (पोषण विज्ञ), अरविन्द साह (खल्ती एप), प्रथा बस्नेत  (Affordable Thriftstore Nepal), राजन श्रीवास्तव (समाज सेवा), ई।आयुष केडिया (युवा व्यवसाय), हिमान्सु गुप्ता (रजत पदक जुडो), मुस्कान खातुुन (एसिड आक्रमण विरुद्धको अभियन्ता), रिंकु कुमारी ठाकुर (बाल विवाह विरुद्धको अभियन्ता), श्रवण प्रसाद साह (दैनिक भोजपुरी टाईम्स र मनिष पौडेल (डिजिटल मेडिया), डा. ज्याउल हक अंसारी (विद्यावारीधि), ईन्जिनियर अंकु जयसवाल रहेका छन् ।

त्यस्तै प्रशंसा पत्र पाउनेहरुमा मुकेश महतो नुनियाँ (पेन्टीङ), अमोद प्रसाद गुप्ता (भोजपुरी कविता) र नरेश कुमार पटेल रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि रहेका उपराष्ट्रपति यादव र विशेष अतिथि रहेका उद्योग तथा वाणिज्य मन्त्री रमेश रिजालले सम्मानित गरेका थिए ।

उक्त कार्यक्रमको सभापतित्व केन्द्रका अध्यक्ष रौनियारले गरेका थिए भने कार्यक्रममा निवर्तमान अध्यक्ष महेशबहादुर श्रेष्ठ, प्रथम उपाध्यक्ष अमु सिंह सिजापति, पर्सा दिवस समारोह तथा केन्द्रका उपाध्यक्ष अताउल्लाह अंसारी, महासचिव ललन प्रसाद साह, पूर्व अध्यक्ष तथा सल्लाहकारहरु बेदमान सिंह मल्ल, विरभद्र विक्रम शाह, प्रमोद प्रसाद नेपाल, लक्ष्मी गोपाल श्रेष्ठ लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

२००७ सालमा पर्साबाट प्रजातन्त्रका लागि भएको आन्दोलनको सम्झनामा हरेक कार्तिक २६ गते यो कार्यक्रम गर्ने गरिएको भए पनि यसपालि तिहारको लक्ष्मीपूजा परेकाले मंसिर ९ गते गरिएको अध्यक्ष गुप्ताको भनाइ रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending