काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् ।
कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउसस्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ केजीसहित धादिङ गजुरी गाउँपालिका-३ घर भएका २० वर्षीय बिनोद बिक पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.१ प १२९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बिकलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका-८ पशुपति बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ९ सय ७० मिलिग्रामसहित गुलरीया नगरपालिका-११ बस्ने ४२ वर्षीय कलिम अहमद मनिहार र ३५ वर्षीय अयोध्या प्रसाद धोबी पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१ प ८३७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको बिराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ वर्षीया लक्ष्मी कामत अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्रामसहित पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय साजित चौधरी पक्राउ परेका छन् । प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित चितवन रत्ननगर नगरपालिका-३ लौरीचोक बस्ने २० वर्षीया सरिता लामा आइतबार बिहान पक्राउ परेकी छिन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले धनगढीबाट काकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ३४११ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार लामालाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: