काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई युवा नेताले चुनौती दिन थालेका छन् । राजावादीको सक्रियता बढेसँगै एमालेका योगेश भट्टराई र कांग्रेसका गगन थापाले पूर्व राजासँग आक्रोशित हुँदै मैदानमा आउन चुनौती दिएका हुन् ।
दलका युवा नेताहरुले पूर्व राजालाई जस्केलाबाट छिर्ने कोसिस गर्नुभन्दा सिधै चुनावी मैदानमा आउन चेतावनी दिएका छन् । नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभाका सांसद योगेशकुमार भट्टराईले पार्टी खोलेर राजनीतिमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।
पत्रकार महासङ्घ ताप्लेजुङले आइतबार बिहान फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले जस्केलाबाट छिर्ने कोसिस नगर्न चेतावनी दिएका हुन् । पूर्व राजाले आफ्नो हैसियत बिर्सिएर तमासा देखाउन आवश्यक नरहेको बताउँदै उनले नेपाली जनताको समृद्धिको चाहनामा अवरोध सृजना गर्ने कार्य कुनै हालतमा सह्य नहुने बताए ।
यस अघि हिजो गुल्मीमा भएको एक कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजतन्त्र फर्काउन मन भने पार्टी खोलेर चुनाव लड्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका थिए ।
शनिवार काँग्रेसको गुल्मी जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले पूर्व राजाले जुवाको खालमा च्याँखे थापिरहेको बताएका थिए । पूर्व राजाले जुवाको च्याँखे खालमा दाउ हान्ने होइन खेल्ने भए सिधै खालमा भिड्न आउन आग्रह गर्दै उनले काँग्रेस भिड्न तयार तयार रहेको बताएका थिए ।
पछिल्लो समय राजतन्त्रको नारा दिएर राप्रपा, दुर्गा प्रसाईँ समूहले गरिरहेको प्रदर्शनतर्फ लक्षित गर्दै थापाले ज्ञानेन्द्र शाहलाई आफैँ चुनाव लड्न आग्रह गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: