धनकुटा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज बिहान धनकुटामा प्रभातफेरी गरिएको छ । स्थानीय सङ्घसंस्थाहरूसँग समन्वय गरेर धनकुटा नगरपालिकाले प्रभातफेरी आयोजना गरेको हो ।
अन्तर पार्टी महिला सञ्जाल, महिला पुनस्थापना सेवा केन्द्र, हुसाडेक नेपाल, जिल्ला प्रहरी कार्यालय, पारालिगल समिति, हाम्रो बहुमुखी पाठशाला, वेष्ट नेपाल लगायत सङ्घसंस्थाहरूसँगको समन्वयमा टुँडिखेलबाट सुरु भएको प्रभातफेरीले बजार क्षेत्रको परिक्रमा गर्यो । तल्लोकोप्चे, बिहीवारे हटिया, माथ्लोकोप्चे, भीमनारायण चोक, विचबजार, हुलाकटोल हुँदै मदनचोकमा पुगेर प्रभातफेरी कोणसभामा परिणत भयो ।
प्रभातफेरिमा धनकुटा नगरपालिकाका कर्मचारी, महिला अधिकारकर्मी, सुरक्षाकर्मी, स्थानीयवासी लगायत सहभागि थिए । उनीहरूले ‘घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ, सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान, बलात्कार हत्या हिंसा अन्त्य गरौँ, हिंसामुक्त सभ्य समाज निर्माण गरौँ’ लगायत नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित बजार परिक्रमा गरेका हुन् ।
प्रभातफेरी पश्चात आयोजित सभालाई सम्बोधन गर्दै धनकुटा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नगेन्द्रमणि श्रेष्ठ, धनकुटा–७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, नगरपालिकाकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख फुलमाया तामाङ र वेष्ट नेपालका अध्यक्ष संगीता चापागाईँले लैङ्गिक हिंसा अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
शनिबारबाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मंसिर २४ गतेसम्म सञ्चालन हुनेछ । अभियान अन्तर्गत धनकुटामा दीप प्रज्वलन, सडक नाटक, सचेतना कक्षा, अभिभुखिकरण कार्यक्रम लगायत गर्ने तयारी गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १०:२९
मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु
मंसिर २७ गते, २०८२ - ०९:५५
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...
मंसिर २७ गते, २०८२ - ०९:३०
मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...
मंसिर २७ गते, २०८२ - ०९:१०
एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...
मंसिर २७ गते, २०८२ - ०८:५५
भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...
मंसिर २७ गते, २०८२ - ०८:५०
काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...
मंसिर २७ गते, २०८२ - ०८:३५
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...




प्रतिकृया लेख्नुहोस्: