धरान । लामो समयको अन्तरालपछि धरानमा आगामी मंसीर १५ शुक्रबार र १६ गते शनिबार गरी दुई दिन धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य म्युजिकल कन्सर्ट "धरान म्युजिक फेस्ट २०८० " आयोजना हुने भएको छ ।
स्थानीय तथा नयाँ कलाकारहरुलाई समेत बिशेष स्थान दिईने अभिप्रायका साथ पहिलोपल्ट उत्सवको रुपमा आयोजना हुन् लागेको हाे ।
कार्यक्रममा बिशुद्ध सांगीतिक कार्यक्रम "धरान म्युजिक फेस्ट २०८० "को पहिलो दिन मंसीर १५ शुक्रबार युवा पुस्ताहरुमाझ लोकप्रिय ब्याण्ड "पहेंलो बत्ति मुनि " संगै धोकेबाज हौ तिमी गीत बाट निक्कै नै चर्चामा आएकी लोकप्रिय गायिका एलिना चौहानको बिशेष प्रस्तुति रहनेछ । "पहेंलो बत्ति मुनि " को गौंथली , लोरी , बरी लै , म बाटो हिँड्ने लगायतका गीतहरु युवाहरु माझ निक्कै नै चर्चित छन् ।
त्यस्तै अहिले निक्कै नै व्यस्त एलिना चौहानको धोकेबाज संगै भाग्यमा खोट छ , तिम्रो मायाले बाँधेर राख , के माया लाग्छ र लगायतका थुप्रै गीतहरु लोकप्रिय छन्। उनि पहिलो पल्ट धरानमा आफ्नो प्रस्तुति दिन आउंदैछिन् । सोही दिन धरानको सबमर्ज ब्याण्डले समेत आफ्नो प्रस्तुति दिनेछन् ।
"धरान म्युजिक फेस्ट २०८० " को दोस्रो तथा अन्तिम दिन मंसीर १६ शनिबार चर्चित गायिका तथा भ्वाईस अफ नेपाल की कोच मिलन नेवार र अहिले निक्कै चर्चामा आइरहेका धरानका प्रतिभावान गायक पूर्ण राईको बिशेष प्रस्तुति रहनेछ। जहिले सम्म संसार , गाला रातै ,इट्स स्लोली , फुल बुट्टे सारी जस्ता थुप्रै चर्चित गीतहरुकी गायिका मिलनको पनि धरानमा आउटडोर पहिलो कन्सर्ट हो।
धरानको सांगीतिक प्रतिभा पूर्ण राईको गीत " तिमी सेतो चिल्लो गाडी "
करीब एक महिनादेखि युट्युबको संगीत विधा तर्फ नेपालको ट्रेन्डीङ्गमा पहिलो स्थानमा रहिरहेको छ।त्यस्तै उनको "मनका कुरा"ले युट्युबमा १७ मिलियन बढी भ्युज पाईसकेको छ भने उनको धुर्वतारा , स्पर्शसंगीत , बिराम लगायतका अन्य गीतहरु पनि युवाहरु माझ निक्कै नै रुचाईएका छन्। अहिले काठमान्डौ लगायत बिभिन्न शहरहरुमा उनको माग एकदमै बढिरहेको छ ।
धरानमा उनी आफ्नो पहिलो ठुलो कन्सर्टमा आफ्नो ब्याण्ड दाजुभाईहरु संगै प्रस्तुति दिन एकदमै आतुर छन् । उक्त दिन धरानकै लासोज ब्याण्ड र दिब्यासन घिमिरेको समेत प्रस्तुति रहनेछ। त्यस्तै धरानमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान दिने केही संगीतकर्मीहरुलाई "धरान म्युजिक फेस्ट २०८० "को स्टेजमा सम्मान समेत गर्ने योजना आयोजकको रहेको छ।
साउण्ड र लाईट व्यवस्थापनको जिम्मा सुन्दर साउण्डले लिएको कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी अगाडी बढाईसकेको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ। कन्सर्टमा प्रवेशको लागि टिकट दर २०० र ३०० को टिकटको व्यवस्था गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १०:२९
मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु
मंसिर २७ गते, २०८२ - ०९:५५
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...
मंसिर २७ गते, २०८२ - ०९:३०
मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...
मंसिर २७ गते, २०८२ - ०९:१०
एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...
मंसिर २७ गते, २०८२ - ०८:५५
भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...
मंसिर २७ गते, २०८२ - ०८:५०
काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...
मंसिर २७ गते, २०८२ - ०८:३५
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...
मंसिर २६ गते, २०८२ - १३:२६
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...
मंसिर २६ गते, २०८२ - १३:२४
काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...
मंसिर २६ गते, २०८२ - १३:२०
सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...




प्रतिकृया लेख्नुहोस्: