काठमाडौँ । माओवादी केन्द्र र बाबुराम नेतृत्वको नेसपाकाे पार्टी एकता प्रकृया केही दिन पछि सरेकाे छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्र अध्यक्ष प्रचण्ड जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने तयारीमा रहेकाे हुँदा एकता प्रकृया मंसिर अन्तिम साता पछि मात्र अगाडी बढ्ने भएकाे हाे ।
मङ्सिर ६ गते बसेको नेसपाको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसहित समाजवादी धारसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको थियो । बैठकले पार्टी एकताका लागि अध्यक्ष डा.बाबुराम भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय गरेको छ । माओवादीले नेसपाको निर्णयलाई स्वागत गर्दै छिट्टै एकता प्कृया अऊाडी बढाउने बताएकाे छ ।
प्रधानमन्त्री प्रचण्ड जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने तयारीमा रहेका कारण उनी कोप सम्मेलनबाट फर्किएपछि एकता प्रक्रिया अगाडि बढ्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । कोप सम्मेलनअघि एकता प्रक्रिया अगाडि बढाउने सम्भावना नरहेकेा उनकाे भनाइ छ ।
यस्तै उपमहासचिव एवं वार्ता टोली सदस्य गिरिराजमणि पोखरेलले नेसपाको निर्णय पार्टी एकताका लागि सकारात्मक भएको भन्दै छिट्टै बैठक बसेर प्रक्रिया अगाडि बढाउने बताए । एकता समायोजन समिति बनाउने विषयमा बैठकले निर्णय गर्ने उनले उनकाे भनाइ छ । एकतासम्बन्धी धेरै काम गर्न बाँकी रहेकाले तत्काल एकताको सम्भावना नभएको उनले बताए ।
माओवादीको चार महिने अभियान नसकिएसम्म एकता प्रक्रियाले ठोस रूप लिने अवस्था नरहेकाे पाेखरेलकाे भनाइ छ । त्यसपछि विधान सम्मेलन र विशेष महाधिवेशनले एकतासम्बन्धी विषय टुङ्ग्याउँने पखरेलले बताए । पार्टीको बैठक बसेर छिट्टै एकता समायोजन समिति बनाउनेबारे निर्णय गर्ने भए पनि तत्काल बैठक बस्ने अवस्था नरहेकेा र प्रधानमन्त्रीको कोप सम्मेलनपछि बैठक बस्नेमा आफु विश्पस्त रहेकेा उनले बताए ।
मङ्सिर १ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र बाबुरामबिच भएको भेटवार्तामा दुवै पार्टीको शीर्ष नेतृत्वमा एकता समायोजन समिति बनाउने सहमति भएको थियो ।
माओवादीकाे चार महिने अभियान र पार्टीकाे विधान सम्मेलन र विशेष महाधिवेशन पछि एकता हुने भनिए पनि दुई पार्टीकाे एकता जनयुद्ध दिवसकाे अवसर पारेर फागुन १ गते हुने संभावना सहेकाे माओवादी निकट स्राेतले जनाएकाे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: