Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

धानखेती घटेसँगै बढ्यो खाद्य परनिर्भरता

खबरडबली संवाददाता

पाँचथर । धान रोप्नेक्रम घट्दै जाँदा यहाँका उब्जनी हुने खेत बाँझो हुन थालेका छन् । पहाडका फाँटमा यतिबेला धान काट्न र थन्क्याउन कृषकलाई भ्याइनभ्याइ छ । असारदेखि भदौ पहिलो सातासम्म रोपिने धान कात्तिकदेखि मङ्सिर दोस्रो साताभित्र पाकिसक्ने हुनाले यहाँका कृषक धान थन्क्याउने काममा व्यस्त छन् । तर विगतमा जस्तो सिँचाइको सुविधा भएका सबै खेतमा धान फलाउने क्रमभने घट्दै गएको छ । आकर्षक उब्जनी हुने बेंसीमासमेत धानखेती घट्दै गएको छ । 

यहाँका निबु खोला, खुङ खोला, हेंवा खोला, नाँवा खोला, सुभाङ खोला, इवा खोलाको सिँचाइ हुने फाँटमा धेरै धान उत्पादन हुने गर्दछ । प्रशस्तै धान उत्पादन हुँदा कतिपय कृषकले आफ्नै उत्पादनले वर्षदिन खान पुर्‍याउने गर्दथे  तर अहिले सो अवस्था क्रमश: घट्दै गएको छ । फिदिम नगरपालिका वडा नं १०, ११ र १२ का बासिन्दाले खेती गर्ने खुङ खोला क्षेत्रका आकर्षक खेत क्रमश: बाँझो हुँदै गएका छन् ।

फिदिम–१० का टेकबहादुर हाङसरुम्बाले भने, “पहिले धान रोपिने ठाउँ जङ्गल भइसक्यो । मसिनो धान फल्ने ठाउँ जङ्गलले छिर्न नसकिने भयो । यहाँ काहीँ पनि हरियो जङ्गल थिएन ।” हाङसरुम्बाका अनुसार जङ्गल बढ्दै जाँदा बाँदरका कारण भएका खेतमा पनि स्थानीयवासीले खेती लगाउन सकेका छैनन् । गाउँमा युवा नहुँदा पशुपालन पनि घटेको छ । जसको असर पनि धान खेतीमा परेको छ । “अहिले गोरु पाल्ने निकै कम मात्रै छौँ । अर्काको गोरु ल्याएर जोताउँदा धेरै खर्च हुने गर्छ”, हाङसरुम्बाले भने, “अहिले रोजगारी बढ्दै जाँदा खेतीमा काम लगाउने मान्छे भेटिँदैन । सिँचाइको पनि समस्या नै छ ।”

फिदिम–१० कै भुवन जबेगु पनि हाङरुम्बाकै कुरामा सहमत जनाउँदै भन्न्छन्,  “हाम्रो खुङ खोलाको फाँट जिल्लाको सबैभन्दा उत्पादनशील ठाउँ हो । यहाँ निकै उब्जाउ हुने जमिन भएकाले  तीन बालीसम्म खेती हुन्थ्यो”, उनले भने, “तर अहिले पहिलेको तुलनामा धान उत्पादन घटेको छ । एसएलसी पास गरेपछि युवामा विदेश जानुपर्छ भन्ने मानसिकता बढेको छ । जसकारण बालनाली लगाउन सहयोग पुर्‍याउने युवाको सङ्ख्या घटेको छ । अहिले फाट्टफुट्टबाहेक एकै याममा मात्रै खेती हुने गरेको र खेत क्रमश: बाँझिदै गएको र परम्परागत खेतीपातीमा युवाको आकर्षण पटक्कै नहुँदा धानखेती घट्दै गएको हो ।”

हिलिहाङका वीरेन्द्र मङ्ग्रातीले धानखेती घट्नुमा युवाको विदेश पलायन, बसाइँसराइ, सिँचाइको अभाव र धानखेतीमा प्रविधिको उपयोग हुन नसक्नु मुख्य कारण रहेको बताए। “धानखेतीमा प्रविधिको उपयोग र राज्यको लगानी छैन । हिउँदे धानखेतीमा त राज्यको लगानी शून्य छ”, उनले भने, “मानिस क्रमश: प्रविधिमैत्री बन्दै जाँदा धानखेती परम्परागतरुपमै गर्नुपर्ने बाध्यता छ ।” सरकारले धानखेती बढाउन बसाइँसराइ रोकथाम, सिँचाइ र प्रविधिमा थप लगानी गर्नुपर्ने मङ्ग्रातीको सुझाव थियो । 

“धानखेती घट्दै जाँदा खाद्य परनिर्भरता बढेको र यसले समाजलाई पनि गरीब बनाउँदै लगेको छ । अहिले गाउँघरमा हुने सबै आम्दानी चामल खरिदमा खर्च हुन थालेको छ । विगतमा निकै कम घर परिवारले मात्रै चामल खरिद गर्दथे”, उनले भने, यसैगरी मकै कोदोलगायत खाद्य बालीको उत्पादन र प्रयोग पनि घटेको छ । खाद्यान्नमा कोदो र मकै प्रयोग हुन्थ्यो । अहिले त्यसको सट्टामा पनि चामल प्रयोग गर्नाले चामलको खपत अत्यधिक बढेको छ । यसले समाजलाई गरिब बनाउँदै लगेको छ । ”

कृषि ज्ञानकेन्द्रको तथ्याङ्कले पनि जिल्लामा धानखेती घट्दै गएको देखाउँछ । गत वर्ष जिल्लामा आठ हजार नौ सय २६ हेक्टर जमिनमा धानखेती भएको थियो । यस वर्ष धान खेती हुने क्षेत्र गत वर्षभन्दा दुई सय ७६ हेक्टर कम भएको छ । ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने बलियो माध्यम धानखेती भए पनि यस विषयमा स्थानीय सरकारले स्पष्ट नीति र कार्यक्रम तय गर्नसमेत सकेको छैन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...

सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने

बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...

कानुन मन्त्री गौतमको सय दिन: २४ नियमावली र २८ विधेयकमा सहमति

डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)

सरकारको सय दिनमा एमालेको समीक्षा: सरकारका सय दिनका काम फितलो र विवादास्पद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...

प्रा.डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने तयारी

काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...

बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...

शिक्षा क्षेत्रलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता छ: गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending