Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

धानखेती घटेसँगै बढ्यो खाद्य परनिर्भरता

खबरडबली संवाददाता

पाँचथर । धान रोप्नेक्रम घट्दै जाँदा यहाँका उब्जनी हुने खेत बाँझो हुन थालेका छन् । पहाडका फाँटमा यतिबेला धान काट्न र थन्क्याउन कृषकलाई भ्याइनभ्याइ छ । असारदेखि भदौ पहिलो सातासम्म रोपिने धान कात्तिकदेखि मङ्सिर दोस्रो साताभित्र पाकिसक्ने हुनाले यहाँका कृषक धान थन्क्याउने काममा व्यस्त छन् । तर विगतमा जस्तो सिँचाइको सुविधा भएका सबै खेतमा धान फलाउने क्रमभने घट्दै गएको छ । आकर्षक उब्जनी हुने बेंसीमासमेत धानखेती घट्दै गएको छ । 

यहाँका निबु खोला, खुङ खोला, हेंवा खोला, नाँवा खोला, सुभाङ खोला, इवा खोलाको सिँचाइ हुने फाँटमा धेरै धान उत्पादन हुने गर्दछ । प्रशस्तै धान उत्पादन हुँदा कतिपय कृषकले आफ्नै उत्पादनले वर्षदिन खान पुर्‍याउने गर्दथे  तर अहिले सो अवस्था क्रमश: घट्दै गएको छ । फिदिम नगरपालिका वडा नं १०, ११ र १२ का बासिन्दाले खेती गर्ने खुङ खोला क्षेत्रका आकर्षक खेत क्रमश: बाँझो हुँदै गएका छन् ।

फिदिम–१० का टेकबहादुर हाङसरुम्बाले भने, “पहिले धान रोपिने ठाउँ जङ्गल भइसक्यो । मसिनो धान फल्ने ठाउँ जङ्गलले छिर्न नसकिने भयो । यहाँ काहीँ पनि हरियो जङ्गल थिएन ।” हाङसरुम्बाका अनुसार जङ्गल बढ्दै जाँदा बाँदरका कारण भएका खेतमा पनि स्थानीयवासीले खेती लगाउन सकेका छैनन् । गाउँमा युवा नहुँदा पशुपालन पनि घटेको छ । जसको असर पनि धान खेतीमा परेको छ । “अहिले गोरु पाल्ने निकै कम मात्रै छौँ । अर्काको गोरु ल्याएर जोताउँदा धेरै खर्च हुने गर्छ”, हाङसरुम्बाले भने, “अहिले रोजगारी बढ्दै जाँदा खेतीमा काम लगाउने मान्छे भेटिँदैन । सिँचाइको पनि समस्या नै छ ।”

फिदिम–१० कै भुवन जबेगु पनि हाङरुम्बाकै कुरामा सहमत जनाउँदै भन्न्छन्,  “हाम्रो खुङ खोलाको फाँट जिल्लाको सबैभन्दा उत्पादनशील ठाउँ हो । यहाँ निकै उब्जाउ हुने जमिन भएकाले  तीन बालीसम्म खेती हुन्थ्यो”, उनले भने, “तर अहिले पहिलेको तुलनामा धान उत्पादन घटेको छ । एसएलसी पास गरेपछि युवामा विदेश जानुपर्छ भन्ने मानसिकता बढेको छ । जसकारण बालनाली लगाउन सहयोग पुर्‍याउने युवाको सङ्ख्या घटेको छ । अहिले फाट्टफुट्टबाहेक एकै याममा मात्रै खेती हुने गरेको र खेत क्रमश: बाँझिदै गएको र परम्परागत खेतीपातीमा युवाको आकर्षण पटक्कै नहुँदा धानखेती घट्दै गएको हो ।”

हिलिहाङका वीरेन्द्र मङ्ग्रातीले धानखेती घट्नुमा युवाको विदेश पलायन, बसाइँसराइ, सिँचाइको अभाव र धानखेतीमा प्रविधिको उपयोग हुन नसक्नु मुख्य कारण रहेको बताए। “धानखेतीमा प्रविधिको उपयोग र राज्यको लगानी छैन । हिउँदे धानखेतीमा त राज्यको लगानी शून्य छ”, उनले भने, “मानिस क्रमश: प्रविधिमैत्री बन्दै जाँदा धानखेती परम्परागतरुपमै गर्नुपर्ने बाध्यता छ ।” सरकारले धानखेती बढाउन बसाइँसराइ रोकथाम, सिँचाइ र प्रविधिमा थप लगानी गर्नुपर्ने मङ्ग्रातीको सुझाव थियो । 

“धानखेती घट्दै जाँदा खाद्य परनिर्भरता बढेको र यसले समाजलाई पनि गरीब बनाउँदै लगेको छ । अहिले गाउँघरमा हुने सबै आम्दानी चामल खरिदमा खर्च हुन थालेको छ । विगतमा निकै कम घर परिवारले मात्रै चामल खरिद गर्दथे”, उनले भने, यसैगरी मकै कोदोलगायत खाद्य बालीको उत्पादन र प्रयोग पनि घटेको छ । खाद्यान्नमा कोदो र मकै प्रयोग हुन्थ्यो । अहिले त्यसको सट्टामा पनि चामल प्रयोग गर्नाले चामलको खपत अत्यधिक बढेको छ । यसले समाजलाई गरिब बनाउँदै लगेको छ । ”

कृषि ज्ञानकेन्द्रको तथ्याङ्कले पनि जिल्लामा धानखेती घट्दै गएको देखाउँछ । गत वर्ष जिल्लामा आठ हजार नौ सय २६ हेक्टर जमिनमा धानखेती भएको थियो । यस वर्ष धान खेती हुने क्षेत्र गत वर्षभन्दा दुई सय ७६ हेक्टर कम भएको छ । ग्रामीण अर्थतन्त्रलाई सबल बनाउने बलियो माध्यम धानखेती भए पनि यस विषयमा स्थानीय सरकारले स्पष्ट नीति र कार्यक्रम तय गर्नसमेत सकेको छैन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

राष्ट्रपतिले प्रचण्ड, देउवा र ओलीलाई शीतलनिवास बोलाए

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। राष्ट्रपतिले नेपाली कांग्रेस सभापति शेरबहादुर ...

काँग्रेस पार्टी कार्यालय पुगेर सञ्चारमन्त्री खरेलले भने : फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैन

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छन् । सर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending