काठमाडौं । उप–सभामुख इन्दिरा राना मगरले बालबालिकामा लगानी बढाउनुपर्ने बताएकी छन् ।
शुक्रबारकाठमाडौंमा आयोजित दुई दिने आदिवासी प्राज्ञिक मगर सम्मेलनमा उनलेबालबालिका नै देशको भविष्य भएकोले उनीहरुलाई आर्थिक,सामाजिक,सांस्कृति सबै पक्षबाट लगानी गर्न आवश्यक भएको बताईन् ।
उनले बालबालिकालाई भाषा,धर्म,संस्कार,संस्कृति सबै कुराबारे अहिलेबाटै सिकाउनुपर्ने भन्दै मगर प्राज्ञिक समूहलाई यसकुरालाई प्राथमिकतामा राख्न आग्रह गरिन् ।
उपसभामुख रानाले भनिन्, ‘हामी ठूलाठूला विकासको कुरा गर्छौ तर,जो भोलिको हाम्रो भविष्य निर्माणका खम्बाहरु हुन् । तीहाम्रा भविष्यका पुस्तालाई विर्सियौं भने राम्रो हुँदैन । त्यसैले हाम्रा भाषा,धर्म,संस्कार र संस्कृतिबारे साना बालबालिकालाई सिकाउनुपर्छ । आज हामीले उनीहरुमाथि लगानी गर्यौं भने सय वर्ष अगाडि जान्छ र त्यसको लेगेसी निरन्तर अगाडि बढ्छ ।’
उनले मगर समुदायले अर्गानिक खेतीपाती गर्दै आएको र हाल त्यसले निरन्तरता पाउन छाडेकोमा चिन्ता प्रकट गरिन । ‘मगर समुदायमापहिला कन्दमूल जस्ता अर्गानिक चिजहरुमात्र खाने प्रचलन थियो । अब त मगरहरुले खेती नै गर्न छाडिसके । क्यामिकलको लागि बजेट छुट्याउनुभन्दा हामीले जहाँ मगर गाउँ धेरै छ,त्यहाँको पुरानो मगर खाना र संस्कृतिको प्रमोट गर्नुपर्छ । जब खानै राम्रो खाएका छैनांै र सफा पानी पिएका छैनौं भने त्यो देशको सम्वृद्धि हुँदैन भन्ने ठान्छु म’ रानाले भनिन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: