Ntc summer Offer
Khabar Dabali २१ फाल्गुन २०८० सोमबार | 4th March, 2024 Mon
NIMB

केपी ओली कप क्रिकेट: दोस्रो जितसँगै बागमती सेमिफाइनलमा

सन्दीपले फेरि लिए ४ विकेट

खबरडबली संवाददाता

पोखरा । बागमती प्रदेश पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमती प्रदेश केपी ओली कपको सेमिफाइलनमा प्रवेश गरेको हो ।

बागमती प्रदेशले दिएको १ सय ९० रनको बलियो लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७ ओभर ३ बलमा ९९ रनमै समेटियो । कर्णालीलाई सस्तोमै समेट्न बागमतीका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए ।

३ ओभर ३ बल बलिङ गरेका कप्तान सन्दीपले ९ रन खर्चेर ४ विकेट लिए । प्रतिश जिसी, रिजन ढकाल, सुभाष खत्री र इशान पाण्डेले १-१ विकेट लिए । कर्णालीका लागि कप्तान रविन्द्र शाही २०, अर्जुन घर्ती २४, बिपिन शाहीले २१ र दीपेन्द्र रावतले १२ रन जोडे ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि ओपनर रित गौतम र इशान पाण्डेले उत्कृष्ट अर्धसतक प्रहार गरेका थिए । रितले सर्वाधिक ८२ रन र इशान पाण्डेले ७० रन बनाए । रितले ५९ बलमा २ छक्का र १० चौका प्रहार गरे । प्रतिश जिसीले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ कणरलीका दिनेश अधिकारी र प्रकाश जैसीले ३-३ विकेट लिए ।

बागमतीले पहिलो खेलमा बिहीबार मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रेड’ लाई १ सय ९ रनले पराजित गरेको थियो । एक खेल अगावै कणरली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रेड’ प्रतियोगिताबाट बाहिरिएका छन् । यी दुई टोलीबिचको खेल शनिबार हुनेछ । शुक्रबारको दोस्रो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल (एपीएफ) बीच प्रतिस्पर्धा हुनेछ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता छ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौंका मेयर बालेन्द्र साहलाई मानवअधिकारकर्मीको खुल्ला पत्र

गरिबीमा बाँचेका जनताको टेको बन्ने र सबैको सहअस्तित्व स्वीकार गरी समावेशी सहर बनाउने सपना कहाँ गयाे?

सातौँ चेम्बर एक्स्पो २४ फागुनदेखि भृकुटीमण्डपमा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको “चेम्बर एक्स्पो २०२४” काठमाडौंको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गते सम्म संचालन हुँदैछ । स्थान...

सुन्दर र आकर्षक धार्मीक गन्तव्य छत्रेश्वरी सतिपिठमा महाशिवरात्री मेला व्यवस्थापनको तयारी तिब्र

सल्यान  । सुन्दर र आकर्षक धार्मीक गन्तव्य सल्यानको छत्रेश्वरी सतिपिठमा महाशिवरात्रीको दिन हुने पुजाअर्चना र मेलालाई व्यवस्थित बनाउने विषयमा बैठक सम्पन...

अवैध लागूऔषधसहित ७ जना प्रहरी फन्दामा

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित  ७ जनालाई पकउ गरेको छ । देशका विभिन्न् स्थानबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  प्रहरीले बाँकेको ...

काठमाडाैं र पाेखराबाट १३ जना जुवाडे पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १३ जना पक्राउ गरेको छ । काठमाडौंको मनमैजुबाट ७ जना र पोखरको सभागृह चोक नजिकबाट ६ जना पक्राउ परेका हुन् ...

बर्दीयामा १३ वर्षीया बालीका बलात्कार, एकजना पक्राउ

बर्दिया । बर्दीयामा बालीका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् ।   १३ वर्षीया बालिकालाई बलात्कार आरोपमा बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर...

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नेतृत्वमा शर्मा

काठमाडाैं । नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघको अध्यक्षमा शिब सागर शर्मा  निर्वाचित भएका छन् । शनिबार राजधानीमा आयोजित ७ औं महाधिवेशनमा भएको न...

प्रचण्ड र ओलीबीच बालुवाटारमा १ घण्टा सम्म के कुरा भयाे ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको छ ।...

सूचना प्रविधि राष्ट्रिय सुरक्षाको महत्वपुर्ण अङ्ग हो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था...

बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’मै बुेहुला–बेहुलीको जन्ममिति अनिवार्य

रुकुमपश्चिम ।  रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ  बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता द...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies