Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

मुगुमा नगरबस सञ्चालन, स्थानीय हर्षित

खबरडबली संवाददाता

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरभित्रका नागरिकलाई यातायात सेवामा सहजता दिन दुईवटा नगरबस सञ्चालनमा ल्याएको छ । 

बिहीबारबाट छायाँनाथ रारा नगरपालिकाले आफ्नो नगर क्षेत्रसदरमुकाम गमगढीबाट छाँयानाथ रारा नगरपालिका–१४ बामा गाँउसम्म २२ किलोमिटर दूरीको रुटमा दुई बस सञ्चालनमा ल्याएर सो सेवाको सुरुवात गरेको हो । 

नगरपालिका भित्रका ३४ रुट मध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट  आठवटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाले जनाएको छ । नगरबस सेवा सञ्चालन गर्न नगर पालिकाले ८४ लाख रुपैयाँमादुई वटा बस खरिद गरेको छ ।

छाँयानाथ रारा नगरपालिकाको १४ वडाका ८७ बस्ति मध्ये दुई बस्तिमा सडक पुगेको छैन । अन्यमा सडक पुगेपनि स्थानीयले निकै महंगो भाडादरमा यात्रा गर्न बाध्य बनेका थिए । नगर बस सञ्चालनमा ल्याएसँगै चर्को भाडादरको सास्तीबाट केही राहत पुग्ने स्थानीयले बताए । 

यस अघि जिपहरुले गमगढी देखी बाम गाँउसम्मको एकतर्फी भाडा नै प्रतिव्यक्ति ६ सय रुपैयाँ लिने गरेको स्थानीयले बताए । नगर बसले भाडादर आधा गरेको छ । अब स्थानीयले गमगढी देखी बाम गाँउ सम्मको एकतर्फी यात्रा गर्दा ३०० रुपैयाँ मात्र तिर्नुपर्ने तथा अपाङ्ग भएकाहरुले कार्यविधि अनुसार छुट पाउने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीले जानकारी दिए । 

उनले भने, ‘पालिकाले आफ्नो सेवा मार्फत प्रति ब्यक्ति ३ सय र अपाङ्गता भएका ब्यक्ति तथा जेष्ठ नागरिकहरुलाई नगरबस संचालन कार्यविधि अनुसार भाडामा छुट दिने व्यवस्था गरेको छ । यसले स्थानीयले खेप्दै आएको यातायात सास्ती कम हुने ठानेका छौं ।’

नगरबस सञ्चालनमा आएसँगै छाँयानाथ रारा नगरपालिका१३ र १४ वडाका सर्वसाधरण हर्षित भएका छन् । आफनो गाँउबाट सदरमुकाम जान आउजाउको १ हजार २ सय भाडातिर्दै आएका थिए ।  नगरबस संचालनमा आएपछी दुई तर्फी यात्रा ६ सयमा गर्न पाउँदा दङ्ग भएकाे  छायाँनाथ –१४ का स्थानीय तिलक बुढाले बताए  । 

उनले भने, ‘पहिला १ हजार २ भाडा तिर्नुपर्थ्यो,अब ६ सयमा सदरमुकाम आउजाउ गर्न पाइने भयो । यतिमात्रै होइन गाँउमा उत्पादितस्याउ ,तरकारी बेचेर  केही आम्दानी भएको रकम बचाएर घर ल्याउन सकिने भैयो ।’

अझै नगरपालिकाले भाडामा केही सहुलियतगरे सबैभन्दा बढी स्थानीय महिलालाईराहत हुने धारणा छाँयानाथ–१३ की सरस्वती रावतले राखिन ।  नगरबस सचालनमा आएसँगै मुगु र छिमेकी जिल्ला हुम्ला जिल्लाका स्थानिय समेतलाभान्वित हुने संघीय सांसद ऐन बहादुर शाहीले बताए ।

‘यो सडक खण्ड सदरमुकाम गमगढी र छिमेकी जिल्ला हुम्ला जोड्ने सडक हो । नगरबस सञ्चालनले मुगुका सर्वसाधरणमात्र नभई हुम्ला जिल्लाका स्थानियले समेत सेवा पाउने भएका छन । छाँयानाथ रारा नगरपालिका स्थानीयलाई नगर यातायात सेवा दिने जिल्लाकै पहिलो स्थानिय तह बनेको छ’ सांसद शाहीले भने । 

नगर प्रमुख बिष्णु कुमार भामले आफ्नो चुनावी नारामा नगरबासीलाई  सहज यातायात पहुँचका लागि  पहल गर्ने प्रतिवद्धता अनुसार काम गरेको बताए । 

पाँच बर्षे कार्यकालमा चार वटा नगरबस खरिद गर्ने प्रतिबद्धता अनुसार पहिलो चरणमा दुई वटा बस सञ्चालनमा ल्याएको र अझै २ वटा थप गर्ने उनले जानकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending