Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

मुगुमा नगरबस सञ्चालन, स्थानीय हर्षित

खबरडबली संवाददाता

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले नगरभित्रका नागरिकलाई यातायात सेवामा सहजता दिन दुईवटा नगरबस सञ्चालनमा ल्याएको छ । 

बिहीबारबाट छायाँनाथ रारा नगरपालिकाले आफ्नो नगर क्षेत्रसदरमुकाम गमगढीबाट छाँयानाथ रारा नगरपालिका–१४ बामा गाँउसम्म २२ किलोमिटर दूरीको रुटमा दुई बस सञ्चालनमा ल्याएर सो सेवाको सुरुवात गरेको हो । 

नगरपालिका भित्रका ३४ रुट मध्ये पहिलो चरणमा सदरमुकाम गमगढीबाट  आठवटा रुटमा नगर बसले सेवा दिने नगरपालिकाले जनाएको छ । नगरबस सेवा सञ्चालन गर्न नगर पालिकाले ८४ लाख रुपैयाँमादुई वटा बस खरिद गरेको छ ।

छाँयानाथ रारा नगरपालिकाको १४ वडाका ८७ बस्ति मध्ये दुई बस्तिमा सडक पुगेको छैन । अन्यमा सडक पुगेपनि स्थानीयले निकै महंगो भाडादरमा यात्रा गर्न बाध्य बनेका थिए । नगर बस सञ्चालनमा ल्याएसँगै चर्को भाडादरको सास्तीबाट केही राहत पुग्ने स्थानीयले बताए । 

यस अघि जिपहरुले गमगढी देखी बाम गाँउसम्मको एकतर्फी भाडा नै प्रतिव्यक्ति ६ सय रुपैयाँ लिने गरेको स्थानीयले बताए । नगर बसले भाडादर आधा गरेको छ । अब स्थानीयले गमगढी देखी बाम गाँउ सम्मको एकतर्फी यात्रा गर्दा ३०० रुपैयाँ मात्र तिर्नुपर्ने तथा अपाङ्ग भएकाहरुले कार्यविधि अनुसार छुट पाउने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पशुपति शाहीले जानकारी दिए । 

उनले भने, ‘पालिकाले आफ्नो सेवा मार्फत प्रति ब्यक्ति ३ सय र अपाङ्गता भएका ब्यक्ति तथा जेष्ठ नागरिकहरुलाई नगरबस संचालन कार्यविधि अनुसार भाडामा छुट दिने व्यवस्था गरेको छ । यसले स्थानीयले खेप्दै आएको यातायात सास्ती कम हुने ठानेका छौं ।’

नगरबस सञ्चालनमा आएसँगै छाँयानाथ रारा नगरपालिका१३ र १४ वडाका सर्वसाधरण हर्षित भएका छन् । आफनो गाँउबाट सदरमुकाम जान आउजाउको १ हजार २ सय भाडातिर्दै आएका थिए ।  नगरबस संचालनमा आएपछी दुई तर्फी यात्रा ६ सयमा गर्न पाउँदा दङ्ग भएकाे  छायाँनाथ –१४ का स्थानीय तिलक बुढाले बताए  । 

उनले भने, ‘पहिला १ हजार २ भाडा तिर्नुपर्थ्यो,अब ६ सयमा सदरमुकाम आउजाउ गर्न पाइने भयो । यतिमात्रै होइन गाँउमा उत्पादितस्याउ ,तरकारी बेचेर  केही आम्दानी भएको रकम बचाएर घर ल्याउन सकिने भैयो ।’

अझै नगरपालिकाले भाडामा केही सहुलियतगरे सबैभन्दा बढी स्थानीय महिलालाईराहत हुने धारणा छाँयानाथ–१३ की सरस्वती रावतले राखिन ।  नगरबस सचालनमा आएसँगै मुगु र छिमेकी जिल्ला हुम्ला जिल्लाका स्थानिय समेतलाभान्वित हुने संघीय सांसद ऐन बहादुर शाहीले बताए ।

‘यो सडक खण्ड सदरमुकाम गमगढी र छिमेकी जिल्ला हुम्ला जोड्ने सडक हो । नगरबस सञ्चालनले मुगुका सर्वसाधरणमात्र नभई हुम्ला जिल्लाका स्थानियले समेत सेवा पाउने भएका छन । छाँयानाथ रारा नगरपालिका स्थानीयलाई नगर यातायात सेवा दिने जिल्लाकै पहिलो स्थानिय तह बनेको छ’ सांसद शाहीले भने । 

नगर प्रमुख बिष्णु कुमार भामले आफ्नो चुनावी नारामा नगरबासीलाई  सहज यातायात पहुँचका लागि  पहल गर्ने प्रतिवद्धता अनुसार काम गरेको बताए । 

पाँच बर्षे कार्यकालमा चार वटा नगरबस खरिद गर्ने प्रतिबद्धता अनुसार पहिलो चरणमा दुई वटा बस सञ्चालनमा ल्याएको र अझै २ वटा थप गर्ने उनले जानकारी दिए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

भोजपुरबाट प्रतिनिधिसभा चुनावका लागि काँग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा ८ जनाको नाम सिफारिस

भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...

जति प्रयास गरे पनि सफिन सकेनन् उपत्यकाका नदी

काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...

नेपाली बजारमा इतिहासकै उच्च मूल्यमा अमेरिकी डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending