काठमाडौं । बिहीबार काठमाडौंको बल्खु दिनभर रणभूमि जस्तै बनेको छ । बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरी तथा युवासंघबीच भएको झडपका कारण दिनभर रणभूमी जस्तै भएको हो ।
प्रसाईँको प्रदर्शनको तयारी भइ रहँदा एमाले निकट कार्यकर्ताहरुको मोटरसाइकल जुलुस बल्खु क्षेत्रमा आइपुगेपछि प्रसाईँ समुह युवासंघको जुलुसमाथि आई लागेका थिए । त्यस क्रममा केही घाईते भएका थिए भने आधादर्जन बढी माेटरसाइकल र गाडीमा क्षती पुगेकाे थियाे ।
त्यस पछि पुनः प्रदर्शनकारी प्रहरीको घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि बल्खुमा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले पानीको फोहरा, आधादर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए।
झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । दुर्गा प्रसाईं समूह भने आफूहरूको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन् ।
बल्खुमा भईरहेको प्रदर्शनलाई प्रसाईंले संक्षिप्त सम्बोधन गरेर निस्कना साथ अहिले पुनः बल्खुमा प्रहरी र प्रदर्शनकारीबीच ठेलामठेल भएको छ । प्रसाईँ बाहिरिएसँगै कार्यकर्ताले सुरक्षाघेरा तोडेर सानेपातर्फ जान खाजेपछि प्रहरीसँग झडप भएको हो ।
झडपमा रामकुमार ओझालगायत घाइते भएका छन् । उनी बुधबारमात्र जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर प्रसाईको अभियानमा सामेल भएका थिए ।
प्रसाईं नेतृत्वको आन्दोलन भोलि पनि जारी रहने बताइएको छ । उनले गणतन्त्रलाई उल्ट्याउँदै राजतन्त्र पुनःस्थापना गर्नुपर्ने, नेपाललाई सनातन हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: