काठमाडौं । बिहीबार काठमाडौंको बल्खु दिनभर रणभूमि जस्तै बनेको छ । बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरी तथा युवासंघबीच भएको झडपका कारण दिनभर रणभूमी जस्तै भएको हो ।
प्रसाईँको प्रदर्शनको तयारी भइ रहँदा एमाले निकट कार्यकर्ताहरुको मोटरसाइकल जुलुस बल्खु क्षेत्रमा आइपुगेपछि प्रसाईँ समुह युवासंघको जुलुसमाथि आई लागेका थिए । त्यस क्रममा केही घाईते भएका थिए भने आधादर्जन बढी माेटरसाइकल र गाडीमा क्षती पुगेकाे थियाे ।
त्यस पछि पुनः प्रदर्शनकारी प्रहरीको घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि बल्खुमा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले पानीको फोहरा, आधादर्जन बढी अश्रुग्यास प्रहार गरेको थियो भने प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए।
झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् । दुर्गा प्रसाईं समूह भने आफूहरूको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका छन् ।
बल्खुमा भईरहेको प्रदर्शनलाई प्रसाईंले संक्षिप्त सम्बोधन गरेर निस्कना साथ अहिले पुनः बल्खुमा प्रहरी र प्रदर्शनकारीबीच ठेलामठेल भएको छ । प्रसाईँ बाहिरिएसँगै कार्यकर्ताले सुरक्षाघेरा तोडेर सानेपातर्फ जान खाजेपछि प्रहरीसँग झडप भएको हो ।
झडपमा रामकुमार ओझालगायत घाइते भएका छन् । उनी बुधबारमात्र जनता समाजवादी पार्टी नेपाल परित्याग गरेर प्रसाईको अभियानमा सामेल भएका थिए ।
प्रसाईं नेतृत्वको आन्दोलन भोलि पनि जारी रहने बताइएको छ । उनले गणतन्त्रलाई उल्ट्याउँदै राजतन्त्र पुनःस्थापना गर्नुपर्ने, नेपाललाई सनातन हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: