महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा पुस्तकालय कार्यक्रमलाई २०८० मंसिर ५ गतेबाट संचालनमा ल्याएको छ ।
विभिन्न किसिमका फौजदारी अभियोगमा कानुनी हिरासतमा रहेका थुनुवाहरूको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले हिरासतमा पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीबीच गत साउन २९ गते भएको कार्य सम्पादन सम्झौताको बुदा नम्बर २५ अनुसार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नव(प्रवर्तनीय कार्य ञहिरासतमा पुस्तकालयझ कार्यक्रमको मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले मंगलबार एक समारोहबीच पुस्तकालय उद्घाटन गरेका हुन् । उद्घाटनसँगै मंगलबारबाटै पुस्तकालयको सेवा प्रारम्भ भएको छ ।
पुस्तकालय स्थापना गर्न जलेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष वरुणकुमार दाहाल र वडा नम्बर ६ का अध्यक्ष रवीन्द्रप्रसाद साहले सहजीकरण गरेका छन् ।
पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला प्रहरी प्रमुख मल्लले पढ्न नपाउनु र नपढ्नुमा तात्विक भिन्नता रहेको बताउँदै यी दुबै परिस्थिति समाजको विकासका लागि बाधक बनिरहेको बताए । यसमा पूर्णरूपमा सुधारको आवश्यकता छ, प्रहरी प्रमुख मल्लले भने मानिसमा चेतनाको विकास नभएसम्म केही पनि सुधार हुन सक्तैन, शिक्षाले मात्रै मानिसलाई चेतनशील बनाउँछ ।
मानिसलाई शिक्षा प्रदान गर्न समाजको तल्लो तहबाटै पहल गरिनुपर्ने उनले बताए । यही सोचका साथ हिरासतमा पुस्तकालय तयार भएको मल्लले बताए । हाल जिल्ला प्रहरी महोत्तरी प्रमुखको जिम्मेवारी
सम्हालिरहेका मल्लले यस अघि पनि आफूले काम गरेका विभिन्न जिल्लामा हिरासतमा पुस्तकालय अभियान स्थापना गराएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: