Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन: अर्थमन्त्री महत

खबरडबली संवाददाता
भक्तपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताएको छन् । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उहाँले ऋण लिएर जथाभावी लगानी गर्ने र अहिले ऋण तिर्दिन भन्न नपाउने बताए । 
 
मन्त्री डा महतले भने, “सबैभन्दा ठूलो रकम ऋण लिने र तिर्दिन भन्ने ? अनि त्यसैलाई भजाएर हिँड्ने, ऋण लिएर १० ठाउँमा जथाभावी लगानी गर्ने अनि ऋण तिर्दिन भन्नेलाई कुनै छुट छैन, तर ऋण लिएर काम गर्दा पनि नोक्सानमा परेर उठ्न नसकेका अप्ठ्यारोमा परेकाको हकमा भने राज्यले हेर्छ ।”
 
अहिलेकै व्यवस्थामा देश र जनताका लागि धेरै काम गरेको र अझै गर्न सकिन्छ भन्दै उनले जनताको अपेक्षाअनुसार केही काम हुन नसके पनि आगामी दिनमा यही व्यवस्थाले देशको आमूल परिवर्तन गर्ने विश्वास व्यक्त गरे।
 
नेपालमा सूचना र प्रविधि, जलविद्युत् तथा पर्यटन क्षेत्रका विकासबाटै आर्थिक विकास गर्न सकिने चर्चा गर्दै मन्त्री डा महतले यही देशमा युवाका लागि धेरै अवसर भएकाले त्यसलाई सुक्ष्म रुपमा खोज्न आग्रह गर्नुभयो । जनताको बलिदानबाट प्राप्त गणतन्त्रात्मक व्यवस्था कसैले खोस्न नसक्ने भन्दै नकारात्मक भावना र्फैलाएर व्यवस्था परिवर्तनको कसैले सोच बनाएको भए त्यो पूरा नहुने बताए। 
 
“विसं २०४६ अगाडिसम्म देशका आधा जनताले चप्पल पनि लाउन पाउँदैनथ्ये, स्वतन्त्र भएर बोल्न पाउदैनथ्ये, देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो जनताको जीवनस्तरमा धेरै परिवर्तन आयो, जनताले बोल्न सक्ने भएका छन्”, मन्त्री डा महतले भने, “जनआन्दोलन र बलिदानबाट आएको अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैको छ भने त्यो सफल हुदैन, त्यस्ता सपना नदेखे हुन्छ ।” सामाजिक सञ्जालमामार्फत भ्रम फैलाउने प्रयास भइरहेको बताए । 
 
शङ्खधर साख्वालको योगदानको चर्चा गर्दै उहाँले अहिलेसम्मको उपलब्धिलाई आत्मसात गर्दै नेपाल संवत्लाई कामकाजमा ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गराउने उनको भनाइ थियो । नेपाल संवत् राष्ट्रिय संवत्को रुपमा स्थापित भएको भन्दै उनले मध्यपुरथिमि नगरपालिकाले ऐतिहासिक नामाकरणको अभियान सुरु गरेर पहिचानलाई स्थापित गर्ने कार्यको थालनी गरेको बताए। 
 
नेवारी सभ्यताबिना नेपालको पहिचान पूरा नहुने भन्दै अर्थमन्त्री डा महतले विश्वलाई यहाँको पहिचान देखाउन, संरक्षण गर्न र विकसित संस्कृतिलाई पहिचानका रुपमा अगाडि लैजानुपर्नेमा जोड दिए।
 
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय सदस्य दिलीप प्रजापति, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, नेपाली कांग्रेस मध्यपुर नगरसभापति हरिदास प्रजापति, इमेज च्यानलका अध्यक्ष आर के। मानन्धर, राष्ट्रिय विभूति शङ्खधर साख्वा: प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले नेपालको आफ्नै मौलिक संवत्को रुपमा रहेको नेपाल संवत् सबै नेपालीको साझा संवत् हो भन्ने सन्देश घरघरमा पुर्‍याएर व्यवहारमै लागू गर्ने अभियान चाल्नुपर्ने बताए ।
 
कार्यक्रममा सभापति एवं मध्यपुरथिमिका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाले साख्वा:को योगदानको स्मरण गर्दै हरेक वर्ष शङ्खधर दिवस मनाउँदै आएको बताउँदै नेपाल संवत्लाई कामकाजमा लागू गर्ने सरकारको निर्णयलाई कार्यान्वयनमा ल्याउन सबै लाग्नुपर्ने बताए।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending