काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले दक्षिण एसियामै प्रतिव्यक्ति स्मार्ट फोन नेपालमा धेरै भएको बताएका छन् । कर दिवस समापनका अवसरमा बिहीवार आन्तरिक राजश्व बिभागमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सो क्रममा मन्त्री महतले भने ‘नेपालीहरु आफ्नो पेट काटेर पनि स्मार्ट फोन चलाउँछन्, दक्षिण एसियामै प्रतिव्यक्ति स्मार्ट फोन यहाँ धेरै छ, यसैमार्फत यो देशमा केही हुँदैन, यहाँको सत्ता खराब छ भन्ने नेगेटिभिटी फैलाइएको छ ।’
समाजमा नकारात्मक सन्देश फैलाउन अहिले सामाजिक सन्जाल प्रयोग भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । निश्चित नियत राखेर केही जत्थाले नकारात्मकता फैलाइरहेको र यो सामाजिक सञ्जालका माध्यमबाट धेरै जनामा पुगिरहेको उनले बताए । अहिलेको समस्या आत्मविश्वासको अभाव भएको भन्दै कुनै एक व्यक्ति डुब्दैमा देशै डुब्छ भन्न नमिल्ने पनि उनले बताए ।
अर्थतन्त्रमा आजको आजै समस्या नआएको र अब सकारात्मकतर्फ अगाडि बढेको उनले दाबी गरे । सरकारले अनुदानलाई उत्पादनमा आधारित बनाएको भन्दै उनले मुलुकमै ठूलो सम्भावना रहेको बताए । मुलुकमा रहेको सम्म्भावनामा निजी क्षेत्रले नेतृत्व लिएर काम गर्नुपर्ने भन्दै उनले यसमा राज्यले सहयोग गर्ने बताए ।
विगतमा ठूला भवन, जग्गामा धेरै लगानी जाँदा समस्या आएको र शेयर अप्राकृतिक रुपमा बढेको भन्दै उनले अब यसबाट पाठ सिक्नुपर्ने बताए । आँखा चिम्लेर मैले ऋण लिएँ, भोलि फिर्ता गर्नुपर्दैन भन्ने अभियान कसैले पनि थाल्नु नहुँने भन्दै उनले साँच्चिकै अफ्ठ्यारोमा परेकालाई राज्यले सहजीकरण गर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २८ गते, २०८२ - २०:५३
काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...
फाल्गुन २८ गते, २०८२ - २०:५२
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...
फाल्गुन २८ गते, २०८२ - २०:४३
काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...
फाल्गुन २८ गते, २०८२ - २०:३४
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...
फाल्गुन २८ गते, २०८२ - २०:२८
एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...
फाल्गुन २८ गते, २०८२ - २०:२७
काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...
फाल्गुन २८ गते, २०८२ - २०:२४
पोखरा । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...
फाल्गुन २८ गते, २०८२ - २०:१७
हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...
फाल्गुन २८ गते, २०८२ - २०:०८
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...
फाल्गुन २८ गते, २०८२ - १९:५५
सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...


प्रतिकृया लेख्नुहोस्: