Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

लेनदेनमा सुचना लुकाएर प्रतिस्पर्धा, भवन कार्यालयको ठेक्कामा चलखेल

सरकारी अधिकारीकै संलग्नतामा दलाली र अनियमितता प्रयास

खबरडबली संवाददाता

ओखलढुंगा । शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाले कात्तिक १२ गते स्थानीय एक पत्रिकामा १५ दिने सुचना प्रकाशित गरेर ठेक्का आह्वान गर्यो । विभिन्न ८ वटा निर्माणका कामका लागि शिलबन्दी दरभाउ पत्र माग गरिएको उक्त सुचना अनुसार  २४ निर्माण कम्पनीहरुले शिलबन्दी दरभाउ पत्र पेश गरे ।

एक वटा ठेक्काका लागि ३ वटाका दरले २४ कम्पनीले दरभाउ पत्र पेश गरेका थिए । त्यसरी पेश गर्नेमा सबैजसो फर्म एक अर्कामा दोहोरिएका छन् । कम्पनीहरु मिलेर अधिकतम अंकमा शिलबन्दी दरभाउप पत्र पेश गरेको स्वय‌ं निमार्ण व्यवसायीहरु बताउँछन् ।

यसरी विदाको समयमा सुचना निकालेर दरभाउ पत्र पेश गरेको सुचना लुकाएको भन्दै निर्माण व्यवसायी स‌ंघ ओखलढुंगाले छानिवन गर्न माग गर्दै उजुरी गरेको छ । स‌ंघका सचिव युवराज गजमेरले उजुरी दर्ता गरेका हुन् । जिल्ला प्रशासन  कार्यलयमा बुधबार निर्माण व्यवसायीका प्रतिनिधीहरु बिच छलफल हुँदा सहमति नभएको गजमेरले बताए । उनले भने ‘सबै मिलेर गैह्र कानुनी काम गर्न भनेकाले सहमति भएन ।’ 

एक ठेक्काका लागि ३ वटा फर्मको प्रतिस्पर्धा अनिवार्य भएकाले मिलेमतोमा ल्याइएका फर्महरुको विवरण । ८ वटै ठेक्कामा ३ वटाको मात्र दर्ता गरिएको अभिलेख छ ।

विदामा सुचना  निकालेर मिलेमतोमा  खुल्ला प्रतिस्पर्धालाई समिति गरेको विषयमा कार्यालयका प्रमुख अनुज श्रेष्ठले त्यस्तो केही नभएको आफ्नो मनसाय स्थानीय व्यवसायीलाई अवसर दिन खोजेको र विगतमा पनि यसरी नै सुचना निकालेर काम गर्ने गरेको दावी गरे । उनले पत्रिकालाई सुचना दिए पनि वितरण गर्ने काम आफ्नो नभएको तर्क गरे ।

यद्यपि पत्रिकामा प्रकािशत सुचनामा १५ दिन म्याद भए पनि सार्वजिनक विदाको दिन परेका कारण कार्यलय खुल्ने समय १२ दिन थियो । यही समयमा कार्यालय प्रमुख अनुज श्रेष्ठस‌ँग निकट केही निर्माण व्यवसायीहरुले ल्याएका फर्मबाट दरभाउ पत्र पेश भयो । रकम लेनदेनमा यसरी दरभाउपत्र पेश गर्ने सहमति अनुसार मिलेमतो गरिएको दरभाउपत्र पेश गरेका एक निर्माण व्यवसायीले बताए ।

उक्त सुचना प्रकाशित भएका पत्रिका बजार तथा कार्यालयहरुमा पुगेको थिएन । स्थानीय पनि उक्त पत्रिका पढ्न नपाएको बताउँछन् । कार्यालय र केही व्यवसायी मिलेर सुचना भएको पत्रिका सबै  किनेको आशंका गरिएको छ ।

यस अघि पनि  कमिसन दिने व्यवसायीलाई ठेक्का दिन कार्यालयले प्रकृया पुर्याउन मात्रै गोप्य रुपमा सुचना प्रकाशित गर्ने गरेको  आरोप लाग्दै आएको थियो । यस पटकको उजुरी उजुरी छानिवन गरेर कारवाही नभए अदालत र अख्तियारमा जान बाध्य हुने संघका पदाधिकारीहरु बताउँछन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिफन्टले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृट...

विदेशी नागरिकता लिने थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार ...

सिमरा सेजको ४९० बिघा जमिन अतिक्रमित

पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहर...

मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ

काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्...

रोल्पा जीप दुर्घटना : मृत्यु हुनेमा एकै घरका ७ सहित १४ आफन्त

राेल्पा  । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइत...

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता...

पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानील...

शल्यक्रियापछि मृत्यु विवाद टुंगियो: १ लाख क्षतिपूर्ति सहमतिपछि परिवारले शव बुझ्यो

काठमाडौं । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। ...

डीएसपीसम्मको सम्पत्ति छानबिन दायरामा, विशेष आयोगलाई व्यापक अधिकार

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...

अपराध बढेको रिपोर्टपछि अनलाइन छली नियन्त्रणमा भारतले कडाइ गर्दै

नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending