भोजपुर । भोजपुर नगरपालिका–७ कोदारमा जिल्लाकै बहुप्रतिष्ठित अन्तराष्ट्रिय स्तरको रङ्गशाला निमार्ण सम्पन्न भएको छ । रङ्गशालाका लागी आवश्यक संरचनाहरु ग्राउन्ड फिलिङ, प्यारापिट, कभर्डहल, रिटेनिङ वाल, कार्यालय भवन, क्यान्टिन भवन, शौचालय निमार्ण सम्पन्नसगैँ रङ्गशालाको निमार्ण कार्य सम्पन्न भएको हो ।
रङ्गशाला निमार्णका लागी शहरी विकास कार्यालय धनकुटा मार्फत रायमाझी मार्सेली जेभीले करिब १४ करोड पाँच लाख २६ रुपियाँ लागतमा २०८० जेठ १८ गते निमार्ण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार काम सम्पन्न भएसगैँ ठेकेदार पक्षले जिल्ला समन्वय समिति भोजपुरलाई रङ्गशालाको चाबी हस्तान्तरण गरेको छ ।
करिब २७ रोपनी क्षेत्रफलमा फैलिएको रंगशालाको दक्षिणतर्फ ८० मिटरको चौडाइ, उत्तरतर्फ ५५ मिटरको चौडाइ, पूर्वतर्फ एक सय दुई मिटरको लम्बाई र पश्चिमतर्फ एक सय पाँच मिटरको लम्बाइ छ ।
रङ्गशालाको चाबी लिएसगैँ रंगशालालाई दिर्घकालीन सञ्चालन तथा संरक्षण गर्न रणनैतीक कार्ययोजना बनाउन आवश्यक रहेको जिल्ला समन्वय समिति भोजपुरका सभापति कमल थुलुङले बताए । रङ्गशाला निमार्णसगै भोजपुरले खेल क्षेत्रमा उत्कृष्ट प्रर्दशन तथा खेलाडी उत्पादनमा टेवा पुग्ने प्रमुख थुलुङ जानकारी दिए ।
यता, भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले रङ्गशालाको पुर्णतासगैँ भोजपुरको खेल क्षेत्रमा एउटा आयाम थपिएको बताए । उनले भने,“जिल्लामा खेल क्षेत्रको विकासका लागी भोजपुर रंगशाला कोसे ढुङगा सावित हुनेछ ।
जिल्लामा भएका खेलाडिहरुको प्रोत्साहन तथा उत्साहका लागी नगरले साना तथा ठुला खेल मैदान निमार्ण गरेको छ तर बार्षीक रुपमा नगरले सञ्चालन गर्दै आएको आमन्त्रीत मेयर गोल्डकप प्रतियोगीता सञ्चालन गर्न लगायत अन्य ठुला खेलकुद प्रतियोगीता सञ्चालन गर्न थप सहजहुने समेत मेयर आलेले बताए ।
रंगशाला निमार्णसगैँ खेलकुद क्षेत्रको विकास, वडास्तरमा आर्थिक तथा भौतीक संरचनाको विकासहुने भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जय बहादुर तामाङले बताए ।
त्यस्तै जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले पुर्वी पहाडि जिल्लामै उत्कृष्ट अर्थात ११ साइजको खेलमैदान निमार्णभएसगैँ खेलाडि तथा आयोजकहरुलाई खेलकुदका कार्यक्रम सञ्चालन गर्न सहजहुने बताए । उनले रंगशालालाई दिर्धकालिन रुपमा सञ्चालन, संरक्षण र सम्र्वधन गर्न सरोकारवालाहरुले विशेष ध्यान दिन आवश्यक रहेको समेत उल्लेख गरे ।
भोजपुरले ब्याटमिन्टनमा एकै परिवारका नङशला देवी, रत्नजित र सरादेवी तामाङ सहित विकास श्रेष्ठ, विवेक श्रेष्ठ र नविन श्रेष्ठ, म्याराथुनमा मिरा राई, करातेका मोहन कुमार राई, भलिवलका जोसन श्रेष्ठ, दुर्ज कुमार राई, उसुका सर्मीला राई लगायत थुप्रै राष्ट्रिय एंव अन्तराष्ट्रिय खेलाडि उत्पादन भएका छन् ।
खेल क्षेत्रमा गर्भीलो इतिहास बोकेको भोजपुरले विगत लामो समयदेखी गुणस्तरीय कर्बडहल, रंगशाला तथा खेलमैदान नहुदा जिल्लामा उत्पादन भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडिहरु पलायन हुने पर्ने अवस्था थियो । भोजपुर रंगशाला निमार्ण भएसगैँ आगामी दिनमा यस्ता समस्या नहुने खेलाडि तथा खेलकुद प्रेमीहरुको अपेक्षा रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: