काठमाडौं । पछिल्लाे समय उत्तरी सीमावर्ती जिल्ला रसुवाका विभिन्न नाकाबाट सुन तस्करी बढिरहेको छ । विगत तीन महिनामा रसुवागढी नाकाबाट सुन तस्करीमा वृद्धि भएको हाे ।
मंगलबार मात्र पैदलयात्रीहरुले सुन ओसारेको जानकारी पाएपछि तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएकाे छ । रुङबाट ल्याइएको १३ लाख ८८ हजार चार सय मूल्य पर्ने १२ तोला सुनका औंठीसहित रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीको गस्तीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय रसुवाका सूचना अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए ।
रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङका सुरेश तामाङ, आमाछोदिङ्मो गापा–५ तातोपानीका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा–३ बृद्धिमका ङवाङ लोप्चन तामाङ सुन सहित समातिएका जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले बताए ।
गएको आइतबार पनि १४ लाख ९१ हजार छ सय ८२ मूल्यका सुनका औँठीसहित तीन व्यक्ति पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई सुन सहित भन्सार कार्यालयमा बुझाउने गरिएको सूचना अधिकारी ज्ञवालीले बताए । नेपाल र चीनको सीमावर्ती गाउँहरुबाट सर्वसाधारण व्यक्तिहरुमार्फत सुन ओसारपसार गराईएको सुरक्षा अधिकारीहरु बताउँछन् । गाउँ र बजार आवतजावत गर्ने सामान्य मानिसहरु प्रयोग गर्दा सुन ओसार्न सहज हुने देखेर तस्करले थोरै परिमाणका सुन बोकाउने गरेको उनीहरुको भनाई छ ।
सूचना अधिकारी ज्ञवालीले आफू सरुवा भै आएको तीन महिनाको अवधिमै चार पटक सुन तस्करीमा संलग्न मानिसहरु समातिएको बताए । केही समयअघि सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले रसुवाका केही सीमावर्ती नाकाहरुको स्थलगत अध्ययन भ्रमण गरेको थियो । ठूलो परिमाणको सुन समातिएपछि गठन भएको आयोगले सुनको तस्करी हुने नाकाहरुको अनौपचारिक भ्रमण गरेको आयोगकै एक सदस्यले बताए ।
दशैं र तिहारको बीचमा रसुवा क्षेत्रको अध्ययन गर्न गएको आयोगको टोलीले अनौपचारिक तरिकाले केरुङ्गसम्मको स्थलगत अध्ययन गरेको थियो । सूचना अधिकारी ज्ञवालीले पनि आयोगको टोलीले त्यसक्षेत्रको भ्रमण गरेको पुष्टि गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: