काठमाडौं । केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश टिमको कप्तानी सन्दीप लामिछानेले गर्ने भएका छन् । बागमती प्रदेश क्रिकेट एसोसियसनले सन्दीपको कप्तानीमा मंगलबार १४ सदस्यीय टोली घोषणा गरेको हो ।
टिममा सन्दीप लगाएत राष्ट्रिय टिमका प्रतिश जिसी, यसअघि राष्ट्रिय टिमबाट खेलिसकेका रामनरेश गिरी, इशान पाण्डे र दिपेश श्रेष्ठलाई समावेश गरिएको छ । बागमती प्रदेशको टीमस् सन्दीप लामिछाने (कप्तान), सुभ कंसाकार, आशुतोष घिरइया, रित गौतम, गौरव खड्का (विकेटकिपर), रोशन विक, प्रतिक श्रेष्ठ, सोनु देवकोटा, इशान पाण्डे, सुबास खत्री, प्रतिश जिसी, रिजन ढकाल, रामनरेश गिरी र दिपेश श्रेष्ठ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा यही मंसिर ७ देखि १५ गतेसम्म पोखरामा आयोजना हुने टी-२० प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र आयोजकको दुई टीम मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो र निलो गरी कूल १२ टिमको सहभागिता रहेको छ । जसलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिता बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो टिम समूह ए मा छन् । यस्तै एपीएफ, गण्डकी र लुम्बिनी प्रदेश समूह बी मा छन् भने नेपाल पुलिस क्लब, मधेश र सुदूरपश्चिम प्रदेश समूह सी मा तथा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलो टिम समूह डी मा रहेका छन् ।
हरेक समूहको समूह विजेता सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनलमा समूह ए को विजेता र समूह डी को विजेता तथा समूह बी को विजेता र समूह सी को विजेताबीच खेल हुनेछ । फाइनल खेल मंसिर १५ गते हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...



प्रतिकृया लेख्नुहोस्: