बारा । बारामा प्रहरीले ८ राउन्ड हवाई फायर गरेकाे छ । महाबिरी झन्डा मेला लगाउने विषयमा दुई समूहबिच विवाद भई भएको झडप नियन्त्रण गर्न फायर गरेकाे हाे ।
पचरौता नगरपालिका–७ बेनौलीस्थित झन्डा मेला लगाउने विषयलाई लिएर सोमबार दिउँसो बसेको बैठकमा कसले मेलाको नेतृत्व गर्ने कुरामा वाद–विवाद भई ढुङ्गामुढा हानाहान तथा झडप भएपछि प्रहरीले दुवै पक्षबिच यस विषयमा सहमति गराएर साम्य पारेको थियो ।
हनुमानजीको मङ्गलवार महाबिरी झन्डा मेला लाग्नु अघि सोमबार रातमा गाउँको बह्मबाबाको पूजा अनिवार्य गर्नुपर्ने परम्परा चल्दै आएको छ, सोही पूजामा वडा नम्बर–७ का वडा अध्यक्ष–बनारसी मुखिया बिन र अर्को प्रभु पटेलबिचको समूहले विवाद गरी उग्र रूप लिएपछि प्रहरीले आठ राउन्ड हवाई फायर गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
बह्मबाबाको पुजा को समय सोमबार राती करिब १० बजेदेखि १२ बजेको समयमा भएको ढुङ्गामुढा हानाहानबाट सोही टोलका ४० बर्से लक्ष्मी पटेलको टाउको फुटेको र ४२ वर्षे चण्डीका पटेलको खुट्टा भाँच्चिएको उनले बताए । घाइते दुवै जनको एस.एल.न्युरो अस्पताल परानीपुरमा उपचार भइरहेको छ ।
दुवै समूहले सोही ठाउँमा अलग–अलग मेला लगाउन अडान लिएपछि अर्को कुनै अप्रिय घटना हुन नदिन सो ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी व्यापक रूपमा रातीदेखि नै खटाइएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए ।
परापूर्वकालदेखि सो ठाउँमा पञ्चायतका मुखियाले मेला लगाउँदै आएको थियो, त्यसपछि गा.वि.स.अध्यक्षले मेलाको नेतृत्व गर्दै आएका थिए, सङ्घीयता आइसकेपछि नगरपालिकाको वडा अध्यक्षले मेलाको नेतृत्व गरेको थियो, अब मेरो पक्षका वडाध्यक्षले सोही मेलाको नेतृत्व गर्न खोजेपछि विपक्षी दलका व्यक्तिले विरोध गर्दै विभिन्न प्रपञ्च रच्दै आएको पचरौता नगरपालिकाको नगरप्रमुख जलान्धर सिंहले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: