काठमाडौं । नेपाली कथानक चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्ने बताइएको छ ।
अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) ले निर्देशन गरेको यस चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषय वस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए ।
शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।
चलचित्र “यो मन त मेरो नेपाली हो”मा अमेरीका, म्यानमार, भुटान र ईन्डिया गरि चार देशका चार जना नेपाली भाषि अभियन्तारु नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरि नेपाली भाषाको महत्व, नेपाली विरता र गोर्खालीहरु को हुन् ? नेपालीहरु कसरी भुट्टान, म्यानमार, ईन्डियासम्म पुगे र त्यहाका नेपालीहरुको अवस्था कस्तो छ भनेर यो फ्ल्मिले बोल्दछ ।फिल्म विसुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषा प्रति प्रेरित गर्ने फिल्म रहेको लेखक शिवम् अधिकारीले बताए ।
“यो मन त मेरो नेपाली हो” को छाँयाकन मंसिर ६ गतेबाट सुरु हुदैछ । यस फिल्मको पहिलो छायाँङ्कन पाचथरबाट सुरु गरि झापा हुदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगाएतको देशहरुमा हुनेछ ।यस फिल्ममा अध्ययन अनुसन्धान बढि गर्नुपर्ने भएको हुदा निर्माणमा बढिसमय लाग्न सक्ने निर्माण कम्पनीको अनुमान छ । फिल्मको करिव ६० प्रतिशत छायांकनको लागि बुधबारदेखि टिम मुभ हुदैछ ।
यस फिल्मको मुख्य पात्रहरु रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको अभिनय रहने छ ।
मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” मा दिपक शर्माको संगीत ,सौरब लामाको छायांकन ,श्री श्रेष्ठको द्वन्द्व ,कविराज गहतराजको कोरियोग्राफी रहने छ । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: