काठमाडौं । नेपाली कथानक चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लि.को प्रस्तुतीमा मित्र प्रधान (नर) को प्रस्तुतिमा निर्माण हुन् लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” ले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्ने बताइएको छ ।
अमेरीकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर) ले निर्देशन गरेको यस चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषय वस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए ।
शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ ।
चलचित्र “यो मन त मेरो नेपाली हो”मा अमेरीका, म्यानमार, भुटान र ईन्डिया गरि चार देशका चार जना नेपाली भाषि अभियन्तारु नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरि नेपाली भाषाको महत्व, नेपाली विरता र गोर्खालीहरु को हुन् ? नेपालीहरु कसरी भुट्टान, म्यानमार, ईन्डियासम्म पुगे र त्यहाका नेपालीहरुको अवस्था कस्तो छ भनेर यो फ्ल्मिले बोल्दछ ।फिल्म विसुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषा प्रति प्रेरित गर्ने फिल्म रहेको लेखक शिवम् अधिकारीले बताए ।
“यो मन त मेरो नेपाली हो” को छाँयाकन मंसिर ६ गतेबाट सुरु हुदैछ । यस फिल्मको पहिलो छायाँङ्कन पाचथरबाट सुरु गरि झापा हुदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगाएतको देशहरुमा हुनेछ ।यस फिल्ममा अध्ययन अनुसन्धान बढि गर्नुपर्ने भएको हुदा निर्माणमा बढिसमय लाग्न सक्ने निर्माण कम्पनीको अनुमान छ । फिल्मको करिव ६० प्रतिशत छायांकनको लागि बुधबारदेखि टिम मुभ हुदैछ ।
यस फिल्मको मुख्य पात्रहरु रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको अभिनय रहने छ ।
मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहेको चलचित्र “यो मन त मेरो नेपाली हो” मा दिपक शर्माको संगीत ,सौरब लामाको छायांकन ,श्री श्रेष्ठको द्वन्द्व ,कविराज गहतराजको कोरियोग्राफी रहने छ । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का ,कला निर्देशन रोशन रम्तेल ‘दिवाना’ र निर्माण नियन्त्रक सुमन काफ्लेको रहने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - २१:३५
काठमाडौं। राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्...
आषाढ़ १५ गते, २०८३ - २१:२४
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वलाई तत्काल पद छाड्न दबाब दिन आवश्यक नरहेको बताएका छन्। स...
आषाढ़ १५ गते, २०८३ - २१:१४
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै पहिलो पठक रुद्राक्ष रोपण गरिएको छ । उक्त सामुदायिक वनमा करिब दुई हेक्...
आषाढ़ १५ गते, २०८३ - १९:५०
काठमाडौं। विशेष अदालतले राहदानी (पासपोर्ट) भ्रष्टाचार प्रकरणमा मुछिएका पाँच आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले राहदानी विभागका तत्का...
आषाढ़ १५ गते, २०८३ - १९:४५
पाँच पटक म्याद थप्दा पनि ३३ प्रतिशत मात्र काम
आषाढ़ १५ गते, २०८३ - १९:३९
नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ गोहुवाका विनोद चौधरीलाई आज पक्राउ गरेको छ । आइतबार...
आषाढ़ १५ गते, २०८३ - ०९:३१
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। आज गोलभेँडा, भन्टा, करेला र भिण्...
आषाढ़ १५ गते, २०८३ - ०९:२५
काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले वामएकताको बहसलाई लिएर पार्टी नेतृत्वप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले वामएकताको नारा...
आषाढ़ १५ गते, २०८३ - ०९:२३
कास्की । पोखराको शिशुवा–देउराली क्षेत्र आइतबार असारे रोपाइँको उत्साहले गुञ्जियो। स्थानीय किसानसँगै स्वदेशी तथा विदेशी पर्यटक हिलोमा उत्रिएपछि खेतहरू र...
आषाढ़ १५ गते, २०८३ - ०९:१९
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाक...



प्रतिकृया लेख्नुहोस्: