Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

कोरिया सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

खबरडबली संवाददाता

काठमाडौँ । गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलव्ध गराएको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण भएको स्वास्थ्य सामग्रीले नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । 

ती बहुउपयोगी सामग्रीहरु आज नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलमार्फत नेपाल सरकारलाई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सामग्रीको मूल्य रु पाँच करोड ३५ लाख ३२ हजार ५०० बराबरको रहेको छ । 

विशेष गरी नेपालभरका प्रदेश तथा जिल्ला तहमा उन्नत चिकित्सा उपकरणहरूको आवश्यकतालाई उक्त बहुउपयोगी स्वास्थ्य सामाग्रीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको दूतावासले जनाएको छ । दूतावासद्वारा आज जारी विज्ञप्तिमा पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्य जाँच उपकरणले प्राथमिक स्वास्थ्य परीक्षणस् कलेजो, मृगौला, र प्यान्क्रियाजसहित महत्वपूर्ण अङ्गहरूको स्वास्थ्य अवस्था परीक्षणमा उपयोगी हुने विश्वास रहेको छ । यस डायग्नोस्टिक उपकरणले सिरम, प्लाज्मा र पिसाबजस्ता बायोकेमिस्ट्री नमूनाहरूको सही विश्लेषण गर्ने छ र रोगको निदानका लागि उपचारमा महत्वपूर्ण भूमिका कोरिया सरकारको यस सहयोगले स्थानीय स्तरमा रहेका अस्पतालहरूलाई प्राथमिक चरणमा नै रोगको सही पहिचान र उपचारका लागि सहज बनाउने छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै सचिव पोखरेलले यस किसिमको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको आधारभूत रोग परीक्षण तथा स्वास्थ्य अधिकारीहरूलाई सुदृढ बनाउन सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिँदै नेपालको स्वास्थ्य क्षेत्रको क्षमता विस्तारमा टेवा पुग्ने अपेक्षा व्यक्त गरे । राजदूत पार्कले कोरियाली सरकारको यस्ता किसिमका सहयोगले नेपाललाई एक स्थिर विकासका लागि सधैँ समर्थन रहने बताए । 

कोरिया सरकारले नेपाललाई १५ वर्षदेखि लगातार विकास साझेदारी प्राथमिक राष्ट्रको सूचीमा समावेश गरेर विभिन्न विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिंदै आएको छ । विकास साझेदारीका प्रमुख क्षेत्रहरुमा स्वास्थ्य, सरसफाइ, कृषि, खानेपानी, शिक्षा, ग्रामीण विकास तथा उर्जा क्षेत्र रहेका छन् ।

कोरिया सरकारले कोइकामार्फत सन् १९९१ देखि नेपाललाई १८८।६ मिलियन अमेरिकी डलर बराबरको सहयोग उपलव्ध गराइसकेको छ । हालसम्म मुगु, नुवाकोट र टीकापुर अस्पतालको स्थापना भएर सञ्चालनमा रहेको छ । त्यसैगरी कोरिया सरकारको सहयोगमा निर्माण सम्पन्न भएर सञ्चालनमा रहेको कोरिया नेपाल मैत्री अस्पतालको क्षमता वृद्धिका लागि दोश्रो चरणको कार्यक्रम अन्तरगत १५० थप शय्याको अस्पताल निर्माण चरणमा रहेको छ ।

साथै, सन् २०१५ मा नेपालमा गएको महाभूकम्प र कोभिड–१९ को महामारी लगायतका कठीन घडीमा पनि कोरिया सरकारले नेपाललाई सहयोग गरेको थियो । कोरियाली सरकारले हालै कर्णालीमा गएको भूकम्पबाट प्रभावित नेपाली जनतालाई तीन लाख अमेरिकी डलर बराबरको मानवीय सहायता पनि  उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी वर्ष सन् २०२४ मा कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा कोरिया सरकारले नेपालमा विभिन्न विकास साझेदारी कार्यक्रम मार्फत दुई देशबीचको सम्वन्धलाई झनै बजबुत गर्ने जनाएको छ । दुई राष्ट्र बीच विभिन्न क्षेत्रहरूमा द्विपक्षीय सहयोगका ढोकाहरु खुल्दै जानेछन र सकारात्मक सम्बन्धले उचाई चुम्ने छ भन्ने विश्वास गरिएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझायो

काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...

कुन कारणले स्थान हद गरियो मैले जानकारी पाएको छैन: रमेश लेखक

काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...

कुलमान घिसिङ पुन: रास्वपासँग संवादमा

काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...

रास्वपाको केन्द्रीय समिति बैठक जारी, समानुपातिक सूचीलाई अन्तिम रूप दिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...

रमेश लेखकले २३ र २४ मा भएका घटनाबारे आयोगमा के भने ?

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...

आयोगमा लेखकको जवाफ: बल प्रयोगको आदेश दिएको छैन, लोकतन्त्रविरोधीले ‘हाइज्याक’ गरी हिंसात्मक बनाए

काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...

जाँचबुझ आयोगमा रमेश लेखकको बयान सकियो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...

इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...

सेयर कारोबारी दीपेन्द्र अग्रवाल ४९ लाख धरौटीमा रिहा

काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ को मृत्यु, ९८ जना घाइते

मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending