Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

सांसदको जिम्मेवारी एक र भूमिका अनेक : सांसद रायमाझी

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (एमाले) का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकामा सन्तुष्ट छैनन् । उनी कानुन निर्माणमा मात्र नभई सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट नै पनि त्यति सहज ढङ्गबाट कार्यान्वयन हुन नसकेकामा स्पष्ट छ ।

‘सांसदसँग रासस संवाद’ मा नेता रायमाझीले बजेट ल्याइएपछि हालसम्मको कार्यान्वयनको अवस्थाले आफूहरूको काम गर्ने ढाँचा र गति किटान गरेको उदाहरण प्रस्तुत गरे ।  उनले कानुन निर्माणका लागि सरकारले सदनमा ठीक समयमा विधेयक नल्याएका कारण यस्तो अवस्था आएको आरोप पनि लगाए ।

सांसद रायमाझीले भने, “विधायकको मूल जिम्मेवारी कानुन बनाउने हो । सदन र समितिमा त्यसकै लागि प्रभावकारी भूमिका खेल्नुपथ्र्यो ।  विजनेस दिने काम त सरकारको हो नि,  त्यो हुँदै भएन ।  अनि सांसदले पनि उत्साहजनक भूमिका खेल्न पाएनन् ।”

पछिल्लो प्रतिनिधिसभाको निर्वाचन भएको आज ठीक एक वर्ष पुगेको छ । यस अवधिमा सदनका दुई अधिवेशन चले । यसबीचमै सदनले सरकार गठन ग¥यो । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र  विषयगत समितिका सभापतिको चयन भयो । सरकारको वार्षिक बजेट र नीति तथा कार्यक्रम प्रस्तुत भई छलफल हुनाका साथै आर्थिकलगायत कतिपय विधेयक पारित भए भने केही सदन र विषयगत समितिमा छलफलका चरणमा छन् ।

विसं २०४३ देखि महेन्द्र बहुमुखी क्याम्पस राजविराजमा विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएका रायमाझीसँग २०५४ सालमा रौता गाविस–५ का निर्वाचित सदस्य तथा पार्टी गाउँ कमिटी र इलाका सचिव भई काम गरेको अनुभव छ । उनले उदयपुर–काठमाडौँ सम्पर्क मञ्च र सगरमाथा अञ्चल सम्पर्क कमिटी अध्यक्ष,  प्रदेश नम्बर १ सम्पर्क कमिटी सचिवालय सदस्य र महाधिवेशन प्रतिनिधिको जिम्मेवारीसमेत सम्हालेका छन्।

विधायक  रायमाझीले सांसदको महत्त्वपूर्ण भूमिका कानुन बनाउनु नै भए पनि नेपाली समाज र भूगोललगायत कारणले तिनले विकासनिर्माणमा नेतृत्व तथा अन्य सामाजिक दायित्वको भूमिका निर्वाह गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको प्रतिक्रिया दिए । उनले भने, “कानुन निर्माणमा भूमिका खेल्दाखेल्दै पनि निर्वाचन क्षेत्रलाई समृद्ध तुल्याउन, चुनावी घोषणापत्र कार्यान्वयन गर्न र ठीक ढङ्गले विकासलाई अघि बढाउन सांसदले अरू जिम्मेवारी पनि लिनुपर्ने अवस्था छ ।”

स्थानीय तह तथा प्रदेश र सङ्घीय सरकारले गर्ने काम फरक फरक रहँदा रहँदै पनि मतदातामा सांसदले सबै खाले भूमिका खेलिदिओस् र सहभागी होइदिओस् भन्ने चाहना रहेको उल्लेख गर्दै उनले जनताका अपेक्षा र निर्वाचनका वाचा पूरा गर्नु आफ्नो बाध्यता रहेको स्पष्ट पारे । 

उदयपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित रायमाझीका अनुसार मदन भण्डारी राजमार्ग, मिर्चैया–कटारी–घुर्मी–हलेसी जोड्ने सडक, सुनकोशी कोरिडोरलगायत सडक र पहुँच मार्ग जिल्लाका प्राथमिकतामा परेका आयोजना हुन् । कमला र त्रियुगालगायत नदी तटबन्ध र एकीकृत आयोजना, बजार बस्ती विकास, नापी र जग्गाधनी प्रमाणपुर्जा वितरण, लिफ्टिङ खानेपानी, उज्यालो २ नम्बर विद्युतीकरण, राष्ट्रिय राजमार्गमा ट्रमा अस्पताल, ५० शय्याको व्यवस्थित जिल्ला अस्पताल र विद्यालय सुधारका कार्यक्रम पनि जिल्लाका उल्लेखनीय कार्यक्रम हुन् ।

संसदीय नियमावलीको पालना गर्दै मर्यादापूर्वक आफ्ना अभिव्यक्ति राख्नेतर्फ जनप्रतिनिधि सधैँ सजग हुनुपर्ने सुझाव दिँदै प्रतिनिधिसभा सदस्य रायमाझीले सांसद देश र जनहितमा दूरगामी असर पु¥याउने कानुन निर्माण र ऐनमा देखिएका अड्चन सुधार गर्नसक्ने हुनुपर्नेमा जोड दिए । एक  जिज्ञासामा एमाले नेता रायमाझीले भने, “भ्रष्टाचार सबैको शत्रु हो, देश र जनतालाई सुशासन र समृद्धि दिने हो भने कुशासन नियन्त्रण र कारबाहीलाई प्रभावकारी बनाइनुपर्छ ।”

आर्थिक सङ्कट तथा बेरोजगारी र भ्रष्टाचारका कारण राज्यप्रति जनताको आशा र भरोसा कमजोर देखिएको बताउँदै उनले नागरिकलाई सेवा प्रवाह दिने विषयमा पनि राज्यले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सांसद रायमाझीले भने, “जनताले विश्वास गर्ने गरी सुधारका कार्यक्रम प्राथमिकताका साथ अघि बढाउनुपर्छ । रोजगारी दिलाउन सक्ने आधार पहिल्याउनुपर्छ, सरकार र राजनीतिक दलले समाजमा सद्भाव एवं विश्वासको वातावरण बनाउनुपर्छ ।”

एमाले नेता रायमाझीले देश विकास र समृद्धिका लागि आफ्नो दलले अघि बढाएको ‘समृद्ध नेपाल: सुखी नेपाली’ को नारा कार्यान्वयन गर्न अघि बढेमा राष्ट्रियता, जनजीविका, सामाजिक सद्भाव, वैदेशिक सम्बन्ध वृद्धि गर्न तथा आर्थिक सङ्कट अन्त्य गर्न सहयोग पुग्ने जिकिर पनि गरे ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending