Khabar Dabali २८ बैशाख २०८३ सोमबार | 11th May, 2026 Mon

अब सरकारको माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य

खबरडबली संवाददाता

काठमाडौं । सरकारी माइन्युट र दस्तावेजमा नेपाल संवत् अनिवार्य रूपमा उल्लेख गर्ने निर्णयसँगै नेपाल संवत्को राष्ट्रिय मान्यता व्यावहारिक रूपमा कार्यान्वयन हुने चरणमा अघि बढेको छ ।

नेपाल संवत्को राष्ट्रिय मान्यता औपचारिक रूपमा मात्र सीमित भएको गुनासो बढ्दै गएको समयमा गत कार्तिक २७ गते सोमबार मन्त्रिपरिषद्को बैठकले नेपाल संवत्लाई सरकारको माइन्युट र दस्तावेजमा अनिवार्य उल्लेख गर्ने निर्णय गरेको थियो ।

नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएर मात्र नपुगेकोले यसलाई सरकारी दस्तावेजमा पनि अनिवार्य उल्लेख गर्नुपर्ने निर्णय सर्वसम्मत रूपमा गरिएको जिकिर गर्दै सरकारले सो निर्णयले नेपाल संवत्लाई सबैको साझा राष्ट्रिय मान्यताको अनुभूति दिलाउने दिशामा महत्वपूर्ण कदम साबित हुने विश्वास व्यक्त गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो निर्णयले नेपाल संवत्लाई राष्ट्रव्यापी रूपमा सरकारी कामकाजमा प्रयोग गर्ने ढोका खुलेको बताए । 

नेपाल संवत् न्हूदँ समारोह समितिले नेपाल संवत् ११४४ नयाँ वर्षको अवसरमा वसन्तपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने– ‘नेपाल संवत्को पात्रो मिलानको समस्या छ कि भन्ने कहीँकतैबाट प्रश्न पनि उठेको छ । तर निर्णयको मूल पक्ष र मर्म भनेको नेपाल संवत्लाई सरकारी दस्तावेजमा अनिवार्य रूपमा उल्लेख गर्ने हो । अब कुनै पनि बहानामा नेपाल संवत्लाई प्रयोग गर्ने निर्णयलाई रोक्न सकिँदैन । ’

नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिएको १५ वर्षपछि सरकारले यो निर्णय गरेको हो । यी दुवै निर्णय ‘प्रचण्ड’ नेतृत्वको सरकारको पालामा भएको छ । पछिल्लो निर्णय पहिलो निर्णयकै महत्वपूर्ण कडी रहेको पनि प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले उक्त निर्णयले नेपाल संवत् नेवारहरूको मात्र संवत् भन्ने भम्र हटाउन टेवा पु¥याउने विश्वास पनि व्यक्त गर्दै यसले नेपालको इज्जत, मौलिकता र संस्कृतिलाई स्थापित र सम्मानित गरेको बताए । यो समाचार नेपाल समाचार दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending