महाेत्तरी । पुर्ख्यौली फूल खेती गर्दै आएका महोत्तरी बल्वा नगरपालिका-२ का राम बिनय भण्डारीले यसपालीको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् । भारतवाट आयात भएका फूल कै कारण मुल्यमा आकास पताल फरक पर्ने हुदाँ बेच्न नसक्ने एउटा कारण रहयो भने माली समुदायबाहेक अन्य समुदायले पनि व्यावसायिक फूल खेती गर्दा समस्या बनेको भण्डारीको भनाई छ ।
उन्लाई यो तिहारमा व्यापारले भन्दा पनि पेशा नै धरासयी बन्दै गएको प्रती निक्कै चिन्ता बढाएको छ । `पुर्ख्यौली फूल खेती नै गर्ने हाम्रो पेशा हो तर माली समुदायबाहेक अन्य समुदायहरुले पनि ब्यावसायिक खेती गर्दा हामी समस्यामा पर्दै गएका छौ,´ भण्डारीले भने, `अब त पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था देखा परेकाे छ ।´
उनले तिहार तथा छठलाई मध्यनजर गरि झण्डै १ बिगा क्षेत्रफलमा फूल रोपेका थिए । तर १ कठ्ठाको पनि बिक्री नभएको उनकाे गुनासो छ । भारतीय फूल सिमा, नाकावाट नभित्र्याउने सरकारले निर्णय गरे तापनी अबैधानिक बाटोवाट भित्रिदा मधेशमा माली लगायत किसानहरुलाई ब्यापारमा समस्या भएको भण्डारीको बुझाई छ ।
भण्डारी जस्तै जनकपुर -६ का जितेन्द्र भण्डारीको पनि उहीँ चिन्ता छ । व्यवसायिक रुपमा ६ महिना अगाडी चिस्यानमा स्टोर गर्ने र निक्कै कम मुल्यमा बेच्नेहरुको कारण आफुहरु संकटमा परेको उनले बताए ।
पुर्ख्यौली पेशाको रुपमा अवलम्बन गरिएको कयौ माली समुदाय यो पेशावाट बिस्थापन भएको र पहिचानको लागि भएपनी कमले मात्र फूल खेती गरिरहेको भण्डारीले बताए । नजिकै जानकी मन्दिर भए तापनी पहिलेजस्तो नभएको उनले जनाए ।
पुजा कर्मका लागी दैनिक हजारौ मालाहरु बेच्ने गरेको अनुभव सुनाउदै भण्डारीले फूलको रेटमा मनलाग्दी गरिन थालिएकाे उनकाे भनाइ छ । `सरकारले तरकारीमा जस्तै फूलमा पनि मूल्य निर्धारण गरिदिनु पर्छ,´ भण्डारीले भने, `अनि मात्र हामी जस्तो फूल व्यावसायीहरु मारमा पर्दैनौ ।´
तर फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको सम्भावना बढ्दै गएको फ्लोरिकल्चर एसोसिएसन नेपालको तथ्यांक छ । कृषि विकास मन्त्रालयअन्तर्गत पुष्प व्यवसाय प्रवर्द्धन नीति २०६९ जारी गरिदा यसलाइ उल्लेख गरिएकाे थियाे ।
पुष्प व्यवसाय अनुदान कार्यविधि नआउँदा हरेक वर्ष बजेट फ्रिज भएर जाने गरेको छ । पुस्तौनी फूल व्यवसाय गर्दै आएका समुदाय मात्र हैन, फूल खेतीको अधिक सम्भावनालाई सरकारले वेवास्ता गर्दा भारतिय पुष्प व्यवसायीहरुका लागी नेपाल आकर्षक बजार बनेको छ ।
भारतवाट आयात भएका फूल कै कारण बर्दिवासमा आएर फूल वेच्ने कयौ ब्यापारीले बिक्री नभएपछि हजारौ मालाहरु डस्टविनमा फ्याकेका थिए । तर, बजार आंकलन गरेर फूल वेच्न ल्याउनु पर्ने ठाउँमा अन्धाधुन्ध ल्याएको हुनाले नोक्सान बेहोर्नु परेको कतिपयको भनाई छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...



प्रतिकृया लेख्नुहोस्: