Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

युरोप, अमेरिका पुग्छन् भक्तपुरका फूल

खबरडबली संवाददाता

भक्तपुर । बारीभरि ढकमक्क फूलेका सयपत्री र मखमली फूल । बिहानैदेखि बारीका मखमली र सयपत्री फूल टिप्न बस्तीभित्रका सिङ्गो परिवारलाई भ्याइनभ्याइ छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुका घरका आँगन, डिलदेखि खेत र बारीको पाटाभरि फुलेका फूलहरुले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोत समेत बनेको छ । 

भक्तपुरको गुण्डु सबैभन्दा बढी फूल खेती हुने गर्छ । यहाँका किसानले व्यावसायिक रुपमा आधा रोपनीदेखि पाँच रोपनीसम्मको क्षेत्रफलमा फूल खेती गरेका छन् । साउनदेखि टिप्न सुरु भएको मखमली र सयपत्री फूल अहिलेसम्म टिपिरहेका छन् । 

स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो ४० आना अर्थात साडे दुई रोपनी जग्गामा गरेको फूलखेती गरेको बताउछन्  । एक रोपनी जग्गामा लगाएको फूलखेतीबाट रु दुई लाखसम्म आम्दानी हुने बताउदै उहाँले असार महिनादेखि नै मखमली र सयपत्री फूल बिक्री गर्न थालेको बताउछिन् । महिनामा चार पटकसम्म फूल टिप्न मिल्छ भने छ महिनाभन्दा बढी फूलले उत्पादन दिन्छ । 

असारदेखि मंसीरसम्म उत्पादन दिने मखमली फूल असार साउनदेखि टिपेर माला उनेर सुरक्षित राख्ने र तिहार अगाडिसम्म टिपेर उनेका मखमली फूलको माला तिहारका लागि स्वदेश र विदेशका लागि बिक्री गर्ने गरेको उहाँ बताउछन्  । सयपत्री फूल पनि असार/साउनदेखि उत्पादन दिने गर्छ । मन्दिर र पूजाका लागि असारदेखि नै बिक्री हुने सयपत्री फूल मङ्सीर/पुससम्म पनि बिक्री गर्न सकिने उनको भनाइ छ । 

सयपत्री फूललाई स्थानीयले मुठा बनाएर पनि बिक्री गर्ने गर्दछन् । सात आठवटा सयपत्री फूल राखेर मुठा पारेको फूल असार साउनमा एक मुठाको रु। १५ देखि रु। १८ सम्ममा बिक्री हुने गरे पनि अहिले तिहारका लागि भने रु। २० मा तीन मुठा बिक्री गरेको बस्नेत बताउछिन्  ।  

फूललाई पाथी तथा ढ्वाङ्मा भरेर पनि बिक्री गर्ने गरिएको छ । यसरी बिक्री गर्दा पाथीको रु। ५० देखि रु।६० सम्म र एक किलोको रु।२५० मा बिक्री गर्ने गरिएको छ । भारतबाट आउने मखमली र सयपत्रीलाई रोक्न सके नेपाल फूलमै आत्मनिर्भर गर्न सकिने उनको भनाइ छ । 

यहाँका कृषकले वर्षमा कम्तिमा पनि पाँचसय देखि १० हजारसम्म माला उनेर बिक्री गर्ने गरेका छन् । गतवर्ष घरबाटै रु २५ देखि ३५ मा बिक्री गरेको माला यसवर्ष पनि सोही मूल्यमा बिक्री भएको छ । घरमै आउने व्यापारीलाई बिक्री गर्दा मखमली फूलको एउटा माला रु। २० देखि रु। २५ मा बिक्री हुने भए पनि बजारमा लैजादा व्यापारीलाई रु। ४० सम्ममा बिक्री गर्ने गरिएको छ । यही माला खुद्रा बजार पुर्‍याउन सके रु ५० सम्म आउने गर्दछ । 

युरोप, अमेरिका पुग्छन् भक्तपुरका फूल
अन्तर्राष्ट्रिय बजारमा यहाँका फूल माला पुग्ने गरेका छन् । सयपत्रीभन्दा मखमली फूल र माला अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेका छन् । पछिल्ला केही वर्षयता सयपत्री फूल पनि अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको छ । 

नेपालमा भारतीय फूलले बजार ओगटिरहेको बेलामा यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फूलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्‍याउन पाउँदा खुसी लागेको बताउनुहुन्छ । 

उनले भने, “विगत केहीवर्षदेखि मैले सम्पर्क व्यक्तिमार्फत अन्तर्राष्ट्रिय बजारमा पनि यहाँका फूल तथा माला पुर्‍याउने गरेको छु । मेरो उत्पादनले मात्रै नपुग्दा अरुको उत्पादन पनि खरिद गरेर विदेशका लागि फूल तथा माला पठाउँछु ।” सम्पर्क व्यक्तिमार्फत यहाँको फूल तथा मालालाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायतका विभिन्न जिल्लामा पठाउने गरेको उहाँले बताउछन्  । फूलको बजार स्वदेशदेखि विदेशसम्म रहेको र हरेक वर्ष विदेशबाट फूल तथा मालाको माग बढेको उहाँ बताउछन्  ।

घरघरमै आउँछन् फूल किन्न व्यापारी 
दसैँ सकिएपछि घरघरमा फूल किन्न व्यापारीहरु आउने गरेकाले यहाँका कृषकलाई बजार पाउन सहज हुने गरेको छ । घरमा आउने व्यापारीलाई बजारमा भन्दा ३० देखि ४० प्रतिशत सस्तोमा फूल तथा माला बिक्री गर्ने गरेका छन् ।

गतवर्ष १२ सय माला व्यापारीलाई बिक्री गरेकी कृषक मिना नगरकोटीले यसवर्ष पनि फूल र मालाको माग धेरै भएको बताए । एक रोपनी जग्गामा फूलखेती गरेकी उहाँले यसवर्ष करिब १५ सय माला बिक्री गर्न माला गाँसेर बजार लान भ्याइनभ्याई भएको छ । 

गुन्डुमा आठ वर्षदेखि व्यावसायिक फूलखेती सुरु गरेकोे उहाँले माला खोज्न व्यापारीहरू गाउँ पसेपछि यहाँका बासिन्दाले पर्म लगाएर भए पनि माला उन्ने गरेको बताउछन्। यहाँका बासिन्दाले दसैँ सकिएपछि माला गाँस्न पर्म लगाउने र खेताला लगाउने गरेका छन् । खेताला लगाउँदा एउटा मालाको पाँच रुपैयाँ ज्याला दिने गरेका छन् । ज्यालामा माला उन्न स्कुल सिध्याएका बालबालिका धेरै आकर्षित हुने गरेको उनको भनाइ छ । कतिपयले गाउँ पसेका व्यापारीलाई माला तथा फूल बिक्री गर्छन् भने कतिपयले व्यापारीसँग सम्पर्क गरी बजारमै पुर्‍याउने गरेका छन् । 

फागुनमा रोपेर असारदेखि उत्पादन 
मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि अधिकांश किसान मात्रै होइन, फूल खेती गर्नकै लागि जग्गा भाडामा लिएर यहाँ बसाइँ सरेर आउनेहरु पनि उत्तिकै बढेको गुण्डुका स्थानीयवासी एवं जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापा बताउनुहुन्छ । उनका अनुसार गुण्डुमा मात्रै एक हजार पाँच सय घर परिवारले फूल खेती गरिरहेका छन् । कम्तीमा चार आनादेखि बढीमा पाँच रोपनीमा यहाँका बासिन्दाले फूल खेती गरेका छन् ।

धान खेतीबाट भन्दा बढी आम्दानी हुने भएपछि धान खेतदेखि मकैबारी, भिरालो जमिन, खेतको आली, डिलमा जताततै फूलखेतीले ढकमक्क बनेको भन्दै उहाँले एकैपटक दोहोरो आम्दानी हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको बताउछन्  ।  

फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको बेर्ना पनि लगाइन्छ । ‘‘मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल असारको अन्तिम वा साउनको पहिलो साताबाट टिप्न सुरु हुन्छ’’ धेरैवर्ष फूलखेती गर्नु भएकी स्थानीय एवं जिल्ला समन्वय समिति भक्तपुरकी पूर्व उपप्रमुख सरिता कुँवरले बताउनुभयो । फूलसँगै मकै र भटमास पनि फलाउन सकिने भएकाले कृषकहरु यसतर्फ आकर्षित भएको उहाँको भनाइ छ । एउटै जग्गामा एकै पटक मकै, भट्मास र फूल फुलाउन सकिने बताउदै उहाँले व्यावसायिक रुपमा फूल खेती हुन थालेपछि धान खेतमै फूल खेती पनि बढेको बताउनुहुन्छ ।

स्थानीय बासिन्दाले मात्रै नभई २०७२ को भूकम्प पछि विभिन्न जिल्लाबाट यहाँ आएर जग्गा भाडामा लिएर फूल खेती गर्नेहरु पनि धेरै थपिएपछि गुण्डुमा फूल उत्पादन बढेको हो । बाहिर जिल्लाबाट आएर फूलखेती गर्नेले १५० भन्दा बढी टनेलमा फूल खेती गरेको बताउँदै उहाँले फूलखेतीमा भक्तपुर आत्मनिर्भर रहेको बताउनुहुन्छ । भारतबाट फूल नेपाल भित्रिदा यहाँका फूल भने विदेश पठाउन पाउँदा खुसी लागेको बताउँदै उहाँले सबै पालिकाले स्थानीयलाई प्रोत्साहन गर्न सके विदेशबाट फूल आयात गर्नै नपर्ने उहाँको भनाइ छ । 

नगरपालिकाद्वारा अनुदान 
गुण्डुमा फूलखेतीलाई प्रोत्साहन गर्न केही वर्षदेखि सूर्यविनायक नगरपालिकाले ८० प्रतिशत अनुदानमा कृषकलाई फूलको बेर्ना वितरण गर्दै आएको छ । नगरपालिका आफूले बेर्ना उत्पादन गरेर १० रुपैयाँ पर्ने एक बिरुवालाई दुई रुपैयाँमा कृषकलाई बेर्ना वितरण गर्दै आएको नगरपालिकाले यसवर्ष ४५ हजार बिरुवा वितरण गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं। ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिए ।

नगरपालिकाले वितरण गरेको बेर्नाबाट भने यसवर्ष उत्पादन दिन सकेन । ४५ हजार बिरुवा वितरण गरे पनि ८० प्रतिशत बिरुवा मरेको र बाँकी २० प्रतिशत बिरुवाबाट पनि उत्पादन नआएकाले नगरपालिकाले हावापानी र माटो सुहाउँदो बिरुवा ल्याउनु पर्ने किसानको भनाइ छ । विदेशबाट हचुवामा बिऊ ल्याएर उत्पादन गरेर बेर्ना दिनुभन्दा स्थानीय रैथाने सयपत्री फूलको बेर्ना उत्पादन गरेर बिक्री गर्नु उपयुक्त हुने किसानहरुको भनाइ छ । 

यता चाँगुनारायण नगरपालिका–९ ताथलीका वनमाला टोलका बासिन्दालाई यतिखेर माला उनेर  बजारमा लैजान भ्याइनभ्याई भएको छ । बारीभरि लगाएको मखमली फूल टिपेट दिउँसो र साँझ माला उन्दै बस्छन्, यहाँका बनमाला । विगतमा वनमालाहरुले मात्रै व्यावसायिक फूल खेती गर्दै आए पनि यसबाट राम्रो आम्दानी हुने भएपछि पछिल्ला केही वर्षदेखि वनमाला बाहेकका अन्य जातजातिले पनि फूल खेती गर्न थालेका छन् । 

वर्षौदेखि पुख्र्यौली पेशाको रुपमा फूलखेती गर्दै आएका स्थानीय श्याम वनमालाले फूलखेतीबाट चित्त बुझ्दो कमाइ हुने बताउछन्  । धेरै वर्ष यहाँ वनमालाले मात्रै फूल खेती गर्ने गरेको भए पनि अहिले धेरैले फूल खेती गर्न थाले पनि आफूहरुको आम्दानीमा असर नपरेको उहाँ बताउनुहुन्छ । 

दश वर्षदेखि मखमली फूलको खेती गर्दै आउनु भएकी स्थानीय शोभा बालाले यहाँ दुईआना जग्गामा फूल खेती गर्नेले पनि एक याममा ४० हजार कमाउने गरेको बताउनुहुन्छ । राम्रोसँग फूल खेती गर्न सके एक रोपनी जग्गामा डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको भनाइ छ । 

भारतबाट आयात हुने फूल र माला रोकेर सरकारले नेपालकै मात्र फूल बिक्री गर्ने नीति बनाए यहाँ अहिलेको भन्दा दोब्बर आम्दानी हुने उनको तर्क छ । रोजगारीका लागि मलेसिया गएका श्रीमान् नेपाल फर्किएर पाँच वर्षदेखि श्रीमानले पनि फूलखेतीमै साथ दिएपछि उहाँ झनै उत्साहित बनेको छ । 

स्थानीय सन्तमाया बालाले पनि यसवर्ष रु ८२ हजारको माला उत्पादन गर्नुभएको छ । उहाँले भन्नुभयो, “घरघरमै फूलको माला लिन आउनेलाई रु ४२ हजारको माला बेचियो, अझै ३५ हजार जतिको माला तयार छ, दुई दिनमै बिक्री हुन्छ ।” किसानले बजारमा आफैँले माला लैजादा एउटा मालाको रु ४० देखि १०० सम्म बिक्री गर्न सक्छन् भने गाउँमै लिन आउने व्यापारीले भने एउटा मालाको रु ३० देखि ४० सम्म दिने गरेको उहाँको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी जोगाउन अनेक कोसिस गर्दा पनि बचाउन सकिएन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...

१४ संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना, ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम

काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...

सरकारको सय दिन: ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...

शासकीय सुधार कार्यसूचीको प्रगति ८७‍.२ प्रतिशत

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...

जग्गा विवादमा प्रहरी जवानद्वारा युवकमाथि निर्घात कुटपिट, घाइतेको अवस्था गम्भीर

बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...

ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ: मन्त्री रावल

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...

सरकारका सय दिनका उपलब्धि, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...

सरकारको सयदिने उपलब्धि सार्वजनिक: सुशासन र प्रशासनिक सुधारलाई प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...

सरकारको १०० बुँदे कार्यसूची कार्यान्वयन कमजोर रहेको कांग्रेसको निष्कर्ष, संसद्मा सशक्त रूपमा उठाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending