Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

बरेङका किसान बेच्छन् बर्सेनि लाखौँको अलैँची

खबरडबली संवाददाता

बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा आठ वर्षदेखि व्यावसायिक अलैँची खेती हुँदै आएको छ । यहाँका कृषकले ‘नमूना अलैँची उत्पादक कृषक समूह’मार्फत व्यावसायिक अलैँची खेती गर्दै आएका हुन् । 

बसाइँसराइका कारण रित्तिदै गएका जमिनलाई उपयोग गरी बर्सेनि लाखौँको अलैँची यहाँबाट निर्यात गर्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको छ । अलैँची फुल्ने बेला लामो समय खडेरी पर्दा उत्पादनमा ५० प्रतिशतले कमी आएको नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष विमल पौडेलले जानकारी दिए । 

आठ वर्ष अगाडि खेती सुरु गरे पनि छ वर्षदेखि उत्पादन दिन थालेको भन्दै अलैँचीले विस्तारै बजारसमेत पाउन थालेको उनको भनाइ छ । गाउँको तीन सय रोपनीमा गरेको अलैँची खेती किसानको आयआर्जनको माध्यम बनेको उनले बताए । दुई वर्ष अगाडि रु ३५, गत वर्ष रु २८ र यस वर्ष रु २२ लाखको अलैँची निर्यात भएको उनको भनाइ छ । उनले यस वर्ष १६ क्विन्टल अलैँची बिक्री गरेको जनाउँदै रु आठ सयदेखि रु एक हजार पाँच सयसम्म मूल्य पार्न सफल भएको बताए । समयममा पानी परेको भए यस वर्ष झण्डै रु ३५ लाख बढीको अलैँची उत्पादन गर्ने लक्ष्य राखेको उनको भनाइ छ । 

“यो ठाउँमा अलैँची राम्रो उत्पादन भइरहेको थियो, पोहोरपरार साल राम्रो उत्पादन हुँदा मूल्य कम पाइयो, यस वर्ष कम उत्पादन भयो, मूल्य बढी पाइयो, मुख्य समस्या खडेरी बन्यो, चैत–वैशाखमा फूल फुल्ने र दाना हाल्ने गर्छ, त्यसबेला पानी परेन दाना र फूल सकेपछि उत्पादन राम्रो गर्न सकिएन”, अध्यक्ष पौडेलले भने, “तर हामीहरू उत्साहित छौँ, उत्पादन बढाउने गरी काम गरिरहेका छौँ, हामीले उत्पादन गरेको अलैँची धेरै ठाउँमा पुग्ने गरेको छ, किसान पनि यसको खेती गर्नतर्फ आकर्षित भएका छन्, बजार व्यवस्थापनलाई पनि जोड दिएका छौँ ।”

बरेङ गाउँपालिकाले वडा नं २ हुग्दिशिरलाई अलैँची खेतीको पकेट क्षेत्र घोषणा गरी किसानलाई व्यावसायिक बन्न आकिर्षत गरेको छ । पाखोबारीमा पनि अलैँची राम्रो हुने हुँदा वनमाराले ढाक्न थालेका जग्गाको सदुपयोग हुन थालेको स्थानीय कृषक तुलसीप्रसाद शर्माले बताए । हाल तीन सय रोपनी क्षेत्रफलमा अलैँची खेती गरिदै आए पनि आफूहरू यसको क्षेत्र विस्तार गर्ने योजनामा रहेको उनको भनाइ छ । अलैँचीमा ढुसीजन्य रोग लाग्ने र बोट मर्ने हुँदा पालिकाले प्राविधिक सहयोग गरे थप उत्पादनमा टेवा पुग्ने शर्मा बताउछन्। अलैँची खेतीमा बरेङ गाउँपालिकासहित केन्द्र र प्रदेश सरकारले समेत सहयोग गर्दै आएको उनको भनाइ छ ।

उनले भने, “पहिले वनमाराले ढाकेको बाँझो जमिनमा अहिले अलैँचीको व्यावसायिक उत्पादन गर्न थालेका छौँ, खेती सुरु गर्ने बेला राम्रो उत्पादन नभएर लगानी खेर जान्छ कि, बजार पाइँदैन कि भन्ने लागेको थियो, अहिले बजार पनि पाइएको छ, उत्पादन पनि ठिकै छ, त्यसले गर्दा हामीहरू थप उत्साहित भएका छौँ, घरबाटै अलैँचीको गुणस्तर हेरेर ग्राहकले लैजाने गर्नुभएको छ, अन्य बालीलाई जस्तो धेरै समय दिन पर्दैन, गाउँमा समूह बनाएर महिला दिदीबिहिनीलाई समावेश गरेका छौँ, यसबाट गाउँमा दुई–चार जनालाई स्वरोजगार पनि बनाएको छ ।”

अलैँची खेतीसम्बन्धी आफूहरूलाई प्राविधिक ज्ञान नभएको जनाउँदै शर्माले पालिकाले यससम्बन्धी तालिमको व्यवस्था गरिदिन सके उत्पादन अझै बढेर जाने बताए । समूहमा गाउँका सबैलाई समेट्ने र युवा शक्तिलाई परिचालन गर्नका लागि थप योजना बनाएको उनको भनाइ छ । प्राविधिक ज्ञानको कमीका कारण समय–समयमा अलैँचीका बोट मर्ने समस्या आएको शर्माले बताए ।

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले किसानलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि गर्नका लागि पालिकाले हरेक वर्ष लगानी गर्दै आएको बताए । किसानलाई आवश्यक तालिम, पराशर्म र उन्नत जातका बीउबिजन प्रदान गर्दै आएको उनको भनाइ छ । बरेङमा प्रशस्त उत्पादन हुने उर्वर भूमि रहेको हुँदा त्यसको उपयोग गरी रोजगार सिर्जना गर्नतर्फ आफूहरूले जोड दिएको अध्यक्ष शर्माले जानकारी दिए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending