Khabar Dabali १ असार २०८३ सोमबार | 15th June, 2026 Mon
Investment bank

भूकम्पपीडितको दैनीकी खुला आकाशमै कट्छ रात, सरकारले त्रिपालसमेत दिएन

खबरडबली संवाददाता
बझाङ  । गत असोज १६ गते आएको भूकम्पले खप्तडछान्ना–५ पिठातोलाकी अम्भिकादेवी जोशीको घर पूर्ण रुपमा क्षति भयो । घरमा बस्ने अवस्था रहेन । लगातार पराकम्प आउन थालेपछि उहाँको परिवार हप्ता दिनसम्मै अस्थायी छानो (गाउँबाट टाढा वस्तुभाउका लागि बनाएको घर/गोठ) मा बस्न थाल्यो ।
पराकम्प कम भएपछि फेरि गाउँमा आएर चिरा परेको घरको तल्लो कोठामा उहाँहरु बस्न थाल्नुभयो । अर्कोपटक भूकम्प आएपछि मथिल्लो तला बस्नै नमिल्ने भयो । केही दिन नजिकैको खलो (अन्नबाली सुकाउने ठाउँ) मा बास बसे पनि बिहान शीत पर्न थालेपछि फेरि त्यही कोठा बस्न थालेको अम्भिकाले बताए । भूकम्प आएको एक सातापछि वडा नं ५ का वडाध्यक्ष रामबहादुर सिंहको टोली गाउँगाउँमा अनुगमनमा आएको उनको भनाइ थियो ।
 
“अनुगमनमा विवरण सङ्कलन गर्‍यो भन्ने सुनेका थियौँ,” अम्भिकाले भने, “विवरण लिएको पनि एक महिना हुन लाग्यो । तर, अहिलेसम्म कसैले त्रिपालसमेत दिएको छैन ।” त्रिपाल पाए खुला ठाउँमै भए पनि बस्ने उनले बताए  ।
 
“हरेक दिन दातृ निकायले राहत सामग्री वितरण गरिएको भन्ने सुनिन्छ,” अम्भिकाले भने, “सरकारले पनि राहत दिने भन्ने रेडियोमा सुनेका थियौँ । तर, अहिलेसम्म पिठातोलामा कसैले पनि राहतको सानो अनुभूतिसमेत गर्न पाएका छैनन् ।” 
सरकारले एउटा÷एउटा त्रिपाल मात्रै दिए पनि गाउँलेहरू पाल टाँगेर बस्ने उनको भनाइ थियो । “अब यस्तो घरमा त कसरी ज्यान जोगाउने ?,” उनले प्रश्न गरे  ।
 
पिठातोलामा अम्भिकाको मात्रै होइन, हरेक घर जोखिममा छन् । “पाँण (माथिल्लो तला) बाट मुज्याला (बीचका कोठा) धेक्किन लाग्यो भनेर फाटेका त्रिपाल जम्मा गर्दै शीत छेक्ने सानो टहरा बनाएर बसेका छौँ । त्यसमा टोलभरकै बस्छौँ”, सोही ठाउँका तिलक जोशीले भने । उनका अनुसार गत महिना आएको भूकम्पले धैरैको घरमा क्षति पुर्याएको छ । “घरमा बस्दा निकै जोखिम भएपछि लेकतिर गएर गोठमा बस्न थाल्यौँ । त्योसमेत आधा भत्किने जस्तो भएपछि कपाल लुकाउने त्रिपाल टाँगेर बसेका छौँ”, उनले भने ।
 
भूकम्प गएपछि अनुगमनमा आएको टोली आफ्नो घरसम्म नआएको तिलकले बताउनुभयो । “यति घरमा क्षति भएको भनेर समाचार सुनिन्छ । तर, हाम्रो घरतिर÷गोठतिर भने कोही आएनन्,” उहाँले गुनासो पोखे । 
 
तिलकका अनुसार अहिलेसम्म गाउँमा कसैले पनि त्रिपालसमेत पाएका छैनन् । उहाँले भन्नुभयो, “एकपटक वडासदस्य वसन्त आग्रीले गाउँमा दुई÷तीन परिवारलाई दाताले दिएको स्लिपिङ ब्याग दिएको भन्ने सुनेका थियौँ । उहाँले पनि त्यो स्लिपिङ ब्याग आफ्नैलाई दिनुभएछ । अरू भने केही सुनिएन ।”
 
थलारा गाउँपालिका–३ का श्याम नेपाली गत महिनादेखि चुहिने त्रिपालमा हुनुहुन्छ । एकसरो त्रिपाल त्यसैमा चुहिने भएपछि उनी रातभर जाग्रामजस्तै बस्छन् । “चिसोले रातभरि सुत्न सकिँदैन । छोराछोरीलाई पनि रुघाखोकी लाग्न थालेको छ । सरकारले केही राहत दिएमा त बाँच्न सकिएला नत्र भन्न सकिँदैन,” उनले भने ।
 
खप्तडछान्ना–१ का मानबहादुर खातीको घर ढल्न मात्रै बाँकी छ । भित्र पूरै चिरा परेर जानै नसकिने अवस्थामा छ । स्थानीय सरकारको नजरमा ‘प्रभावित’ भनेरसमेत नपरेको उनले बताए  । “राति घरभित्र जाउँ कति बेला च्यापिन्छौँ भन्ने डर लाग्छ । बाहिर जाउँ पनि माथिल्लो घरहरू भत्केर ढुङ्गा आउँलान् भन्ने पीर छ । खुला ठाउँमा जान रित्तै आकाश छ । पीडा सुनिदिने कोही छैन,” खातीले भने । 
 
यो समस्या खप्तडछान्नाको मात्रै नभएर हरेक पालिकाको हो । पहुँच भएकाहरूले सबै किसिमको राहत पाउने र पहुँच नहुनेले त्रिपालसमेत पाउन नसकेको बताए ।
 
यता खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशीले राहत वितरणमा राजनीति नगरेको दाबी गरे । वडाध्यक्षको सिफारिसबाट आएका पीडितलाई पालिकाले सके जति सहयोग गरेको उहाँले बताए । “दातृ निकायले दिएको त्रिपाल तथा कम्मल वडाको सिफारिसमा आएका पीडितलाई अवस्था हेरेर वितरण गरेका छौँ”, जोशीले भने, “पीडितको अवस्था छनौट पनि वडाले गरेको हो ।” कुनै पीडितलाई त्रिपालसमेत नपुगेको खबर आए फेरि अनुगमन गरेर राहत दिनेबताए  ।
भिआइपीको तामझाम मात्रै
बझाङमा भूकम्प आएको एक सातासम्म राज्यको ध्यान बझाङ केन्द्रित थियो । राज्यका सबै निकाय गाउँदेखि जिल्लासम्म पुगे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहसहितको टोली भूकम्प आएको तेस्रो दिन दर्जनौँ गाडीसहित बझाङ पुग्यो । दुर्गाथली, थलारा गाउँपालिकामा अनुगमन गरेको प्रदेश सरकारले पीडितका घर बनाइदिने आश्वासनसमेत दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको टोली पनि पीडितलाई भेट्न आएर केही राहत सामग्रीसहित घर निर्माणका लागि सरकारलाई दबाब दिने आश्वासनसहित फिर्ता भयो ।
 
केन्द्र सरकारको टोली आएर पनि राहत घोषणा ग¥यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी सावद, प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीसहितको टोलीले भ्रमण गर्‍यो र पीडितलाई राहत दिने आश्वासन मात्रै दियो ।
 
प्रधानमन्त्रीको घोषणा अधुरै
 
असोज २० गते अर्थात् भूकम्प गएको चौथो दिन प्रधानमन्त्री प्रचण्ड भूकम्पपीडितलाई भेट्न बझाङ पुग्नुभएको थियो । उहाँले सदरमुकाम चैनपुरमा रहेको विक टोलको अनुगमनसमेत गर्नुभयो । लगत्तै जिल्ला प्रशासनमा आएर सर्वपक्षीय बैठक बसालेर राहत घोषणा गरे  ।
 
अस्थायी आवास निर्माणका लागि तत्काल टिनको टहरा बनाउन ५० हजार दिने उनको घोषणा थियो । चर्किएका घरको १५ देखि २० हजार रूपैयाँसम्म राहत दिने घोषणा गरेका प्रधानमन्त्रीले अहिले भने बझाङका भूकम्पपीडितबारे कतै बोलेका छैनन् । यता भूकम्पपीडितहरू भने त्रिपालकै आस गरिरहेका छन्  ।
 
विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा बझाङमा १२ हजार पाँच सय ५९ घरमा क्षति पुगेको थियो । आठ हजार पाँच सय २९ घर बस्न नमिल्ने गरी क्षति भएका थिए भने तीन हजार पाँच सय २४ घरमा सामान्य क्षति भएको थियो । जिल्लाका जयपृथ्वी र बुङ्गल नगरपालिका, मष्टा, छविसपाथिभेरा, दुर्गाथली, खप्तडछान्ना र केदारस्यूँ गाउँपालिकामा बढी क्षति भएको समितिले जनाएको छ । क्षति भएको एक महिनासम्म पनि आधाजसो पीडितले त्रिपालसमेत नपाएको गुनासो गरेका छन् ।
 
समितिका सम्पर्क व्यक्ति नन्दबहादुर धामी पीडितको तथ्याङ्कै यकिन नभएकाले राहत वितरणमा ढिलाइ भएको बताए । प्रहरीको तथ्याङ्कसँग पालिकाको तथ्याङ्क नमिलेका ढिलाइ भएको उहाँको भनाइ थियो । उनले भने, “विश्वास गर्न गाह्रो भएकाले वास्तविक पीडितको पहिचान गरेपछि मात्रै अस्थायी आवास निर्माणका लागि राहत वितरण गरिन्छ ।”
 
ऐडीको समाजसेवा निरन्तर
 
नेपाल तरूण दलका केन्द्रीय सदस्य विष्णु ऐडीको टोली फेरि टहरा निर्माणमा निरन्तर खटिएको छ । भूकम्पले क्षति पुर्याएका निजी संरचनामा अति पीडितका लागि टहरा निर्माणमा जुटेका छन् ।
 
घर भत्केर खुल्ला आकाशमा रात बिताउन बाध्य बेसहारा परिवारको बझाङ तरुण दलले अस्थायी टहरा निर्माण गरिरहेको छ । दसैँअगावै टहरा निर्माण गर्न सुरु गरेको ऐडीको टोलीले फेरि टहरा निर्माणमा जुटेको हो । उहाँको टोलीले दर्जनभन्दा बढी अस्थायी टहरा निर्माण गरिसकेको छ । 
 
“गाउँमा सरकारको उपस्थिति नै छैनजस्तो भएको छ,” ऐडीले भने, “हरेक गाउँको अवस्था चौपट छ । हुनेखानेले आफ्नो व्यवस्था गरिसकेका छन् । कोही नहुनेलाई रोग, शोक, विपद्ले ठगिरहेको छ । त्यस्तै पीडितहरूको घाउमा मल्हम लगाउन हामीले टहरा बनाइरहेका छौँ ।”
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एसएमएस सेवाको दुरुपयोग गरी बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक सन्देश पठाउने गतिविधि बढिरहेको भन्दै ग्राहकहरू...

भू–माफियाको कब्जामा परेको काठमाडौंको बहुमूल्य जग्गा फिर्ता हुने संकेत

काठमाडौं । तीन दशकभन्दा बढी समयदेखि सिंहदरबारको दराजमा थन्किएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउने निर्णयसँगै काठमाडौं महानगर क्षेत्रभित्र अत...

लागुऔषधसहित ३१ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन् । अल्लोको पुवा प्रशोधन गरी विभिन्न किसिमका ...

जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन

काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकता राष्ट्रिय सम्मेलन राजधानीको तीनकुनेस्थित मन्डला ब्याङ्कवेटमा सम्पन्न भएको छ। सम्मेलनले सांस्कृति...

पाँच दलित सङ्गठन एकीकृत, ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन

काठमाडौँ । विभिन्न राजनीतिक दलसँग आबद्ध पाँच दलित सङ्गठनबीच एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गत ५३३ सदस्यीय ‘नेपाल दलित मोर्चा’ गठन गर...

‘देश बनाउने टोली’ भन्दै बालेनको पोस्ट, दुई मन्त्रीसँग तस्वीर सार्वजनिक

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले आफू र दुई मन्त्रीलाई ‘देश बनाउने टोली’ भन्दै सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक ग...

भारतीय कारको ठक्करबाट एकको मृत्यु, एक घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्ग अनतर्गत नवलपुरको गैँडाकोटमा भारतीय नम्बर प्लेटको गाडीले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। अर्का एक जना घाइ...

टेम्पो भीरमा खसालिएको घटनाले तरंग : १२ वन कर्मचारी नियन्त्रणमा

कैलाली । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एक महिलाको जीविकोपार्जनको मुख्य आधार रहेको टेम्पो भीरमा खसालिएको घटनाले व्यापक विरोध र आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending